‘प्रेम प्रकाश मल्ल मधुकर स्मृति पुरस्कार’बाट हरिप्रसाद तिमिल्सिना पुरस्कृत
नेपालगन्ज, ११ श्रावण – सुप्रसिद्ध साहित्यकार, गजलकार, गायककार, संगीतकार तथा गीतकार स्व. प्रेम प्रकाश मल्लको स्मृतिको नाममा स्थापना गरिएको प्रेम प्रकाश मल्ल “मधुकर” को ९०औं जन्मजयन्तीको अवसरमा पुरस्कार अपर्ण तथा सम्मान कार्यक्रममा यस वर्षको पुरस्कार महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका पुरस्कार तथा सम्मान प्राध्यापक डा. हरि प्रसाद तिमिल्सिनालाई श्रावण १० गते शनिवार प्रदान गरिएको छ ।
भेरी साहित्य समाज केन्द्रीय समितिले आयोजना गरेको कार्यक्रममा ५१ हजार १ सय ११ रुपैयाँ सहितको ‘प्रेम प्रकाश मल्ल मधुकर स्मृति पुरस्कार’ साहित्यकार डा. हरिप्रसाद तिमिल्सिनालाई प्रदान गरिएको छ । पुरस्कृत साहित्यकार डा. हरिप्रसाद तिमिल्सिनालाई कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार तथा प्राज्ञ सनत कुमार रेग्मीले दोसल्ला ओढाएर पुरस्कार तथा सम्मान पत्र प्रदान गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि सनत कुमा...









