Friday, June 26सत्यम खबर
Shadow

श्रम/रोजगार

गोपाल नीना फाउण्डेसनमा ९ महिला सहित ४९ जनाले गरे रक्तदान

गोपाल नीना फाउण्डेसनमा ९ महिला सहित ४९ जनाले गरे रक्तदान

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ७ असार – गोपाल–नीना फाउण्डेशन, नेपाल र जनमत अद्र्धसाप्ताहिकद्वारा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । æजनमत रक्तदान अभियानको ६९ औं श्रृङ्खलाÆमा शनिवार सम्पन्न उक्त कार्यक्रममा ९ जना महिला सहित ४९ जनाले रक्तदान गरेका हुन् । उक्त त्रैमासिक रक्तदान कार्यक्रमको गोपाल-नीना फाउण्डेशन, नेपालका संस्थापक अध्यक्ष वरिष्ठ पेटरोग विशेषज्ञ डा. गौरव श्रेष्ठ, जनमत अद्र्ध साप्ताहिकका सम्पादक पूर्णलाल चुकेले नेरेसो, प्रादेशिक रक्त सञ्चार केन्द्रका प्रमुख उपेन्द्र रेग्मी र प्राविधिक होमराज गिरीलाई रगत संकलन गर्ने पाकेट हस्तान्तरण गरी शुभारम्भ गरिएको हो । æरक्तदान जीवन दानÆको महान उद्देश्यका साथ जनमत अद्र्ध साप्ताहिकको रजत उत्सवको अवसरमा वि.सं. २०६३ साल वैशाख २९ गतेदेखि निरन्तर रुपमा सञ्चालन गर्दै आएको æत्रैमासिक जनमत रक्तदान कार्यक्रमको ६९ औं श्रृङ्खलाÆ मा जनमत रत्तलदान अभियानमा रक्तदा...
नेपालगन्जको न्युरोडमा ‘द दरबार रेष्टुरेन्ट एण्ड क्याफे’ सञ्चालनमा, उद्घाटनमा २०% सम्म छुट

नेपालगन्जको न्युरोडमा ‘द दरबार रेष्टुरेन्ट एण्ड क्याफे’ सञ्चालनमा, उद्घाटनमा २०% सम्म छुट

आर्थिक, प्रदेश ५, श्रम/रोजगार, समाचार, सम्पादकीय
नेपालगन्ज ६ असार - पश्चिम नेपालको प्रमुख व्यापारिक केन्द्र नेपालगन्जको न्युरोडमा अत्याधुनिक सेवा र पारिवारिक वातावरणसहितको नयाँ स्वादको गन्तव्य ‘द दरबार रेष्टुरेन्ट एण्ड क्याफे’ सञ्चालनमा आएको छ। स्थानीय युवा कमल पौडेल र एन बि क्षेत्रीको संयुक्त लगानीमा स्थापित यस रेष्टुरेन्टको धार्मिक अनुष्ठान र पूजापाठ गरि विधिवतरुपमा शनिबार उद्घाटन गरिएको हो। करिब २० लाख रुपैयाँभन्दा बढीको प्रारम्भिक लगानीमा निर्माण गरिएको यस रेष्टुरेन्टले नेपालगन्जको बढ्दो शहरीकरण र उपभोक्ताहरूको आधुनिक जीवनशैलीलाई सम्बोधन गर्ने लक्ष्य राखेको छ। ग्राहकको सन्तुष्टिलाई सर्वोपरि ठान्दै उद्घाटनको अवसरमा मेनुका विभिन्न स्वादिष्ट परिकारहरूमा २० प्रतिशतसम्मको आकर्षक छुटको व्यवस्था समेत गरिएको संचालक पौडेलले जानकारी दिएका थिए । काठमाण्डौ तथा अन्तर्राष्ट्रिय स्तरका क्याफेहरूको झल्को दिने गरी संचालनमा आएको यस रेष्टुरेन्टको...
प्रथम मेयर कप महिला तथा पुरुष ५ एसमा महेन्द्र पार्क क्लब र त्रिभुवन चोक क्लब प्रथम

प्रथम मेयर कप महिला तथा पुरुष ५ एसमा महेन्द्र पार्क क्लब र त्रिभुवन चोक क्लब प्रथम

आस्था, खेल, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ५ असार – नेपालगन्जमा शुक्रवार सम्पन्न प्रथम मेयर कप महिला तथा पुरुष ५ एस हक्की प्रतियोगितामा पुरुषतर्फ महेन्द्र पार्क क्लब र महिलातर्फ त्रिभुवन चोक क्लब प्रथम भएका छन । पुरुषतर्फ महेन्द्र पार्क क्लबले बाँकेगाउँ क्लबलाई शुन्यको बिरुद्ध १ गोल अन्तरले पराजित गर्दै प्रथम हुन सफल भयो भने महिलातर्फ त्रिभुवन चोकले बाँके गाउँ क्लबलाई १ को बिरुद्ध ३ गोलले पराजित गर्दै प्रथम हुन सफल भयो । प्रतियोगिता अवधिभर राम्रो प्रदर्शन गरेका मोहम्मद अनस अन्सारी पुरुषतर्फ उत्कृष्ट खेलाडी घोषित भए भने, महिलातर्फ तनीसा अंसारी उत्कृष्ट खेलाडी घोषित भइन । त्यस्तै प्रतियोगिता अवधिभर ८ गोल गर्न सफल अनन्या बर्नवाल महिलातर्फ सर्बाधिक गोलकर्ता घोषित भईन भने पुरुषतर्फ ४ गोल गर्न सफल भएका रेहान अन्सारी सर्बाधिक गोलकर्ता घोषित भए । बिजयी खेलाडीहरुलाई समाजका अध्यक्ष प्रकाशबहादुर श्रेष्ठ , प्रमुख अत...
प्रथम मेयर कप महिला तथा पुरुष ५ हक्की प्रतियोगिता–२०८३ सुरु

प्रथम मेयर कप महिला तथा पुरुष ५ हक्की प्रतियोगिता–२०८३ सुरु

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ४ असार – नेपालगन्ज उपमहानगरपालिकाको सहयोग तथा पूर्व खेलाडी समाज बाँकेको आयोजनामा प्रथम मेयर कप महिला तथा पुरुष ५ हक्की प्रतियोगिता–२०८३ आजदेखि नेपालगन्जमा सुरु भएको छ । प्रतियोगिताको उद्घाटन कार्यक्रम पूर्व खेलाडी समाज बाँकेका अध्यक्ष प्रकाशबहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रमका प्रमुख अतिथि नेपालका पूर्व अन्तर्राष्ट्रिय भलिबल रेफ्री अजीत कुमार शर्मा रहनुभएको थियो । प्रतियोगिता असार ४ र ५ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । प्रतियोगितामा ४ महिला तथा ४ पुरुष टोलीको सहभागिता रहेको छ । खेलहरू लिग कम नक–आउट प्रणालीमा सञ्चालन भइरहेको छ । आज सम्पन्न खेलहरूको नतिजाअनुसार महिलातर्फ पहिलो खेलमा त्रिभुवन चोक क्लबले बाबु गाउँ क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै महत्वपूर्ण ३ अंक हात पार्यो । दोस्रो खेलमा बाँके गाउँ क्लबले महेन्द्र पार्क क्लबलाई १–० ग...
डुडुवा सूचना आदान प्रदान तथा मिडिया नीतिबारे कार्यपालिकासँग छलफल

डुडुवा सूचना आदान प्रदान तथा मिडिया नीतिबारे कार्यपालिकासँग छलफल

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
डुडुवा, ३ असार - बाँकेको डुडुवा गाउँपालिकाले तयार गरेको ‘डुडुवा सूचना आदान प्रदान तथा मिडिया नीति २०८३’ बारे कार्यपालिकाका पदाधिकारी तथा शाखा प्रमुखहरुसंग छलफल गरिएको छ । कार्यक्रममा मिडिया नीतिको मस्यौदामा समेटिएका विभिन्न व्यवस्था, स्थानीय सञ्चारमाध्यमको प्रवद्र्धन, सूचना प्रवाह प्रणालीको सुदृढीकरण, पत्रकारिता क्षेत्रको विकास तथा सञ्चारमैत्री स्थानीय शासनको अवधारणाका विषयमा विस्तृत छलफल गरिएको थियो । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरीले स्थानीय सरकार र सञ्चारमाध्यमबीचको सहकार्यलाई थप प्रभावकारी बनाउन मिडिया नीति महत्वपूर्ण आधार बन्ने बताउनुभयो । उहाँले सूचना तथा सञ्चारको अधिकारलाई सुनिश्चित गर्दै गाउँपालिकाका गतिविधिलाई नागरिकसम्म पारदर्शी र उत्तरदायी ढंगले सत्य तथ्य रुपमा पु¥याउन नीति निर्माण गरिएको उल्लेख गर्नुभयो । अध्यक्ष चौधरीले स्थानीय तहका गतिबिधी तथ...
“अन्तर्राष्ट्रिय पत्रकार सम्मेलन–२०२६” सम्पन्न, नेपालका चार जना पत्रकार सम्मानित

“अन्तर्राष्ट्रिय पत्रकार सम्मेलन–२०२६” सम्पन्न, नेपालका चार जना पत्रकार सम्मानित

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २ असार – हिन्दी पत्रकारिताको २०० वर्ष पूरा भएको ऐतिहासिक अवसरमा छिमेकी मित्रराष्ट्र भारतको बहराइचमा आयोजित æअन्तर्राष्ट्रिय पत्रकार सम्मेलन–२०२६Æ भव्य रूपमा सम्पन्न भएको छ । बहराइज जिल्लाको मान्यता प्राप्त पत्रकार एशोसिएसन, बहराइचद्वारा आयोजित उक्त सम्मेलनले पत्रकारिता, साहित्य, अभिव्यक्ति स्वतन्त्रता तथा लोकतान्त्रिक मूल्यहरूको संरक्षणमा सञ्चार क्षेत्रको भूमिकाबारे गहन विमर्श गरेको छ । सिआर रिसोर्टको हलमा सम्पन्न सो कार्यक्रममा भारत र नेपालका पत्रकार, साहित्यकार, तथा सामाजिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो । सम्मेलनमा विचार गोष्ठी, लघु हाँस्य–व्यंग्य कविता वाचन, सम्मान तथा पत्रकारिता सम्बन्धी अन्तरक्रियात्मक वृहत् छलफल गरिएको थियो । प्रेस काउन्सिल अफ इण्डियाका पूर्व सदस्य सैइयद हुसैन रिजवीको अध्यक्षतामा सम्पन्न उक्त सम्मेलनका प्रमुख अति...
नेपालगन्जमा प्रथम वडा कप शारीरिक सुगठन प्रतियोगिता–२०८३ सम्पन्न, ओम फिटनेस टिम च्याम्पियन

नेपालगन्जमा प्रथम वडा कप शारीरिक सुगठन प्रतियोगिता–२०८३ सम्पन्न, ओम फिटनेस टिम च्याम्पियन

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १ असार – पूर्व खेलाडी समाज बाँकेको आयोजनामा प्रथम वडा कप शारीरिक सुगठन प्रतियोगिता–२०८३ आइतबार नेपालगन्जमा सम्पन्न भएको छ । पूर्व खेलाडी समाज बाँकेका अध्यक्ष प्रकाशबहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न प्रतियोगिताको उद्घाटन नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्टले पानसमा दीप प्रज्वलन गरी गर्नुभएको थियो । कार्यक्रममा विशेष अतिथिका रूपमा ओलम्पियन तथा समाजका सल्लाहकार सुरेन्द्र हमाल, सल्लाहकार गोबर्धन सिंह सम्झना लगायतको उपस्थिति रहेको थियो । प्रतियोगितामा नौ वटा फिटनेस क्लबका ४० जना खेलाडीहरूले विभिन्न तौल समूहमा प्रतिस्पर्धा गरेका थिए । प्रतिस्पर्धामा खेलाडीहरूले उत्कृष्ट शारीरिक बनावट, मांसपेशीको विकास, प्रस्तुति कला तथा समग्र फिटनेस प्रदर्शन गर्दै दर्शकहरूको मन जितेका थिए । टिमतर्फ ओम फिटनेसले उत्कृष्ट प्रदर्शन गर्दै २ स्वर्ण, २ रजत र १ कांस्य पदकसहित प्रथ...
सुरक्षित बैदेशिक रोजगार सम्वन्धी डुडुवामा समुदायस्तरिय अभिमुखीकरण

सुरक्षित बैदेशिक रोजगार सम्वन्धी डुडुवामा समुदायस्तरिय अभिमुखीकरण

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
डुडुवा, ३१ जेठ – बाँकेको डुडुवा गाउँपालिकाले सुरक्षित बैदेशिक रोजगार सम्वन्धी समुदायस्तरिय सचेतना अभिबृद्धि कार्यक्रम गरेको छ । रोजगारीका लागि विदेश जानुभन्दा अघि थाहा पाउनु पर्ने कुराहरुको बारेमा घर परिवारका सदस्यलाई जानकारी दिइएको छ । नेपालबाट रोजगारीका लागि जाने अधिकाँस युवाहरु दुःख पाउने र केहीको अनाहकमा ज्यान जाने घटनाहरु बढीरहेकाले विदेश जानुभन्दा अघि सबै जानकारी भएमा जोखिमबाट बच्न सकिने बारे जानकारी गराइएको छ । डुडुवा गाउँपालिका रोजगार शाखाले आज वार्ड नंं. २ को बेतहनी, नौरीगौढी र बाणीमा सामुदायिक अभिमुखीकरण गरेको छ । कार्यक्रममा सहभागी अभिभावक, युवा, तथा विदेशबाट फर्किएका युवाहरुको सहभागिता रहेको थियो । सुरक्षित आप्रवान -सामी) कार्यक्रम अन्तर्गत सुरक्षित बैदेशिक रोजगार सम्वन्धी विभिन्न जानकारी प्रदान गरिएको थियो । वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बन...
नेकपा एमाले डुडुवा गाउँपालिका–५ को आयोजनामा २३ जनाले गरे रक्तदान

नेकपा एमाले डुडुवा गाउँपालिका–५ को आयोजनामा २३ जनाले गरे रक्तदान

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ३१ जेठ – रक्तदान जीवनदान भन्ने उद्देश्यका साथ नेकपा एमाले डुडुवा गाउँपालिका कमिटी बाँकेको आयोजनामा, नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्त संचार केन्द्र नेपालगन्जको प्राविधिक सहयोगमा शनिवार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । डुडुवा गाउँपालिका वार्ड नं.५ किमु कटुजमा आयोजित रक्तदान कार्यक्रममा शिक्षक, समाजसेवी, स्वयंसेवी रक्तदाता लगायत २३ जनाले रक्तदान गरेका छन् । नेकपा एमाले डुडुवा गाउँपालिका कमिटी बाँकेका अध्यक्ष महेश चौधरी, डुडुवा गाउँपालिका वार्ड नं.–५का वडाध्यक्ष झंकबहादुर थापा र डुडुवा गाउँपालिका वार्ड नं.–६ का वडाध्यक्ष मोहनराम मिश्र लगायतले प्रादेशिक रक्त संचार केन्द्र नेपालगन्जका प्रमुख उपेन्द्र रेग्मी, वरिष्ठ प्राविधिक सोमप्रकाश सापकोटा, सुनिता कुमाईलाई रगत संकलन गर्ने पाकेट हस्तान्तरण गरेर कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । आयोजित रक्तदान कार्यक्रममा डुड...
डुडुवा सञ्चार नीतिको मस्यौदामाथी परामर्श

डुडुवा सञ्चार नीतिको मस्यौदामाथी परामर्श

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज २९ जेठ – डुडुवा गाउँपालिकाको सञ्चार नीति निमार्णका क्रममा विभिन्न चरणमा छलफल तथा परामर्श गरिएको छ । संचार नीतिको मस्यौदा माथी पत्रकार तथा सञ्चार गृहका प्रकाशन सम्पादकसंग नेपालगन्जमा विहीबार सुझाव तथा परामर्श गरिएको छ । डुडुवा गाउँपालिकाले आयोजना गरेको परामर्श कार्यक्रममा मस्यौदा निर्माण समितिका विज्ञ सदस्य राकेश कुमार मिश्रले नीतिको मस्यौदा प्रस्तुतीकरण गर्नुभएको थियो । प्रस्तुत गरिएको मस्यौदामाथी पत्रकारहरुले सञ्चारसंग सम्वन्धित विभिन्न कानूनी कुराहरुमा सुझाव दिएका थिए । स्थानीय तहको सञ्चार तथा सूचना प्रवाहलाई व्यवस्थित, प्रभावकारी र उत्तरदायी बनाउन नीति निर्माण गर्न लागेको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो । उहाँले स्थानीय तहमा सञ्चार क्षेत्र तथा पत्रकारहरुको विकासका लागि नीतिगत रुपमा अघि बढने उद्देश्यले कानून बनाउन लागेको बताउनुभयो । कार्य...