
कोहलपुर, ३१ असार – नेपाली नक्कली नोट तथा आगू औषधि अफिमसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । १९ किलो ३२५ ग्राम अफिम तथा नेपाली नक्कली नोटसहित कोहलपुरबाट आफुलाई पत्रकार भनि चिनाउने मनबहादुर सहकारी र बाफेकोट नगरपालिका वडा नम्बर १० रुकुमकी सपना पुन पक्राउ परेका छन् ।
लागुऔषध नियन्त्रण ब्यूरो नेपालगन्ज र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको संयुक्त टोलीले कोहलपुर ११ न्यूरोडमा रहेको जनगर्जन नेटवर्क प्रालिको शाखा कार्यालयबाट १००० का ५१ नक्कली नोट र १९ किलो ३२५ ग्राम अफिम सहित उनीहरुलाई पक्राउ परेको प्रहरी स्रोतले जनाएको छ ।

कपिलवस्तुस्थित शिवराज नगरपालिका–९ घर भएर हाल कोहलपुर ११ बस्दै आएका मनबहादुर सहकारीले कोहलपुरमा सञ्चालनमा ल्याएको जनगर्जन नेटवर्क प्रालिको कार्यालय भित्र ठुलो परिमाणमा लागु औषध अफिम र नक्कली नोट फेला परेको हो । प्रहरीले मानबहादुर सहकारीको कोठाबाट अफिमसहित ५१ हजार नेपाली नक्कली नोट, नक्कली नोट छाप्ने मेसिन, एउटा मोटरसाइकल र एक थान मोबाइल बरामद गरेको जनाएको छ ।
बाँके प्रहरीले दिएको जानकारी अनुसार केही दिनअघि जिल्ला प्रहरी कार्यालय सुर्खेतले एक व्यक्तिलाई नक्कली नोटसहित पक्राउ गर्दा प्रहरीसँगको बयानमा पक्राउ परेका व्यक्तिले कोहलपुरमा साथी रहेको जानकारी दिए पश्चात् लागुऔषध नियन्त्रण ब्यूरो नेपालगन्जको टोलीले कोहलपुर आएर खानतलासी गर्दा उक्त अफिमसहितका नक्कली नोट लगायतका सामग्री बरामद गरेको बताईएको छ ।

बाँकेको कोहलपुरस्थित जनगर्जन नेटवर्क प्रालिबाट रु १००० का ५१ वटा नक्कली नोट र १९ किलो अफिम सहित मनबहादुर सहकारीलाई सुर्खेत प्रहरीले पक्राउ गरेका छ । उनी अनलाइन टिभि पत्रकार लुम्बिनीका सहसचिव रहेको बताइएको छ ।
