Tuesday, November 4सत्यम खबर
Shadow

भुवर भवानी मन्दिरमा कल्पवृक्ष !

नेपालगन्ज, १० श्रावण – धार्मिक, वातावरणीय र सांस्कृतिक महत्व बोकेको कल्पवृक्ष हिन्दू धर्मग्रन्थहरूमा वर्णित एक दैवीक वृक्ष हो, जसलाई “इच्छा पूरा गर्ने वृक्ष” (Wish-fulfilling Tree) मानिन्छ। यो वृक्ष स्वर्गमा उत्पत्ति भएको र भगवान विष्णु तथा देवी लक्ष्मीको नजिक हुने विश्वास गरिन्छ।

मनुस्मृति, पुराण र महाभारत लगायतका शास्त्रहरूमा यसको महिमा उल्लेख गरिएको छ। यो केवल वृक्ष नभई आस्था, समृद्धि, स्वास्थ्य र शान्तिको प्रतीक हो। यो बिरुवा जर्मनी मा बस्ने साधना अधिकारी रानाले बीउ पठाएर हेमन्त राज काफले ले बिरुवा बनाएका थिए ।

यही धार्मिक र वातावरणीय महत्त्वलाई आत्मसात् गर्दै राप्ती सोनारी गाउँपालिकामा अवस्थित भुवर भवानी मन्दिर माताको परिसरमा कल्पवृक्षको बिरुवा लगाईयो । कल्प वृक्ष मन्दिरका पुजारीले विधिपूर्वक भूमिपूजन गरेर लगाएका थियो।

कल्प वृक्ष लगाउनु पर्यो भनेर दामोदर भण्डारीको अनुरोधमा बिरुवा लगाईयो सो कल्प वृक्ष लगाउन लुम्बिनी प्रदेश सांसद अम्बिका काफ्ले, हेमन्त राज काफ्ले , अशोक कुमार श्रेष्ठ, श्री सपना भट्टराई, तथा कमल काफ्लेलगायतले संयुक्त रूपमा कल्पवृक्षको बिरुवा लगाएका छ्न ।

यो कल्प वृक्ष लगाउनुले केवल वातावरण संरक्षण मात्र नभई धार्मिक चेतना, हरियालीको संवर्द्धन र सामाजिक एकताको सशक्त प्रतीक बनेको छ। भुवर भवानी मन्दिर आफैमा ठूलो महत्त्व बोकेको मन्दिर भएको हुनाले मन्दिर परिसरमा कल्पवृक्ष ले धार्मिक पर्यटनको प्रवर्द्धन, हरित वातावरण निर्माण, र भावी पुस्ताका लागि प्रेरणादायी सन्देश दिने विश्वास गरिएको छ भनेर हरित अध्यता हेमन्तराज काफलेले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *