
नेपालगन्ज, ४ श्रावण – १२औं बिश्व स्ट्रेन्थ लिफ्टिङ्ग एण्ड आई बि पि च्याम्पियनसिप (१६ देखी १९ जुलाई २०२५) थाईलेण्डको पटायामा नेपालबाट ९ जाना खेलाडिले विभिन्न तौल समुहमा भाग लिएकोमा नेपालले १४ पदक जित्दै टिम इभेन्टमा दोस्रो स्थान हासिल गरी देशको नाम उच्च गर्न सफल भएको छ ।
पुरुष तर्फसिनियर ६० के जि करन बाडिया आईबिपिमा सिल्बर मेडल र स्ट्रेन्थ लिफ्टिङ्ग (हेक लिफ्ट) मा गोल्ड मेडल जित्न सफल भएका छन् भने २२० केजी उचालेर बिश्व रेकर्ड समेत कायम राखेका छन् ।

यसैगरी, सिनियर ६८ के जि मोहित गुप्ता आईबिपिमा गोल्ड मेडल र स्ट्रेन्थ लिफ्टिङ्ग (हेक लिफ्ट) मा ब्राउच मेडल जित्न सफल भएका छन् भने सानू कान्छा लामा आईबिपिमा सिल्बर मेडल र स्ट्रेन्थ लिफ्टिङ्ग (हेक लिफ्ट) मा सिल्बर जित्न सफल भएका छन् ।
यसैगरी केदार मान स्थापित आईबिपिमा गोल्ड मेडल जित्न सफल भएका छन् भने सन्तोष काजी शाक्य आईबिपिमा सिल्बर मेडल जित्न सफल भएका छन् ।
यसैगरी, राजेश श्रेष्ठ आईबिपिमा ब्राउन्च मेडल जित्न सफल भएका छन् भने कृष्ण सिह शाहि आईबिपिमा सिल्वर मेडल र स्ट्रेन्थ लिफ्टिङ्ग (हेक लिफ्ट) मा गोल्ड मेडल जित्न सफल भएका छन् ।

यसैगरी, महिला तर्फ सिनियर ५८ के जि अमृता खडका आई बिपिमा गोल्ड मेडल र ७२.५ के जि उठाएर बिश्व रेकर्ड पनि कायम राखेका छन् । स्ट्रेन्थ लिफ्टिङ्ग (हेक लिफ्ट) मा गोल्ड मेडल जित्न सफल भएका छन् । सिनियर +८० के जि दिपा बिस्ट आईबिपिमा गोल्ड मेडल जित्न सफल भएका छन् । जम्मा गरि नेपाल टिमले १४ मेडल भिœयाउन सफल भएको छ । जसमा गोल्ड मेडल ७, सिल्बर मेडल ५, ब्राउन्च मेडल २ रहेको छ ।
यसैगरी महिलामा स्ट्रेन्थ लिफ्टिङ्ग (हेक लिफ्ट) च्याम्पियन अफ च्याम्पियन कप जित्न नेपालको अमृता खडकाले हासिल गरेको छ् ।
३३ महिलामा आईबिपि (ईन्क्लाईन बेन्च प्रेस) मा ओभर अल बिजेता हुन दिपा बिस्ट सफल भएका छन् । टिम ईभेन्ट मा नेपाल दोस्रो स्थान प्राप्त गर्न सफल भएका छन् ।
