
नेपालगन्ज, २५ असार – नेपालगन्ज उपमहानगरपालिका वडा नं. १ र १८ नं. वडाको सीमामा रहेको पर्यटकीय स्थलको रुपमा पहिचान कमाउन सफल वाटरपार्कमा हाल फोटो सुट गर्नेहरुले गर्दा बदनाम हुन थालेको छ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नं. १७ जयसपुरबाट केही युवाहरुको समूह सोमबार घुमघाम गर्ने उद्देश्यका साथ वाटरपार्क पुगेको बोटि· गरेको थियो । सो बोटि· पछि साथीहरु मिलेर फोटोसुट गर्ने विचार गरी २–३ थान फोटोसुट गर्न त्यहाँ रहेको क्यामरामेनलाई भनेर मेरो २–३ थान फोटो निकालिन दिनुस भनी अनुरोध गरेको बताउँछन् समिर अन्सार ।
समिर अन्सारीका लागि मैले २–३ थान फोटो मात्र सुट गर्न भनेको भएपनि पछि मेरो मोबाईलमा दर्जनबढी फोटोहरु उठाएर त्यसवापत प्रतिफोटो ४० का दरले ११ सय रुपैयाँ सम्बन्धित क्यामरा मैनले माग गर्दा मैले २–३ थान मात्र भनेको हजुरले यति धेरै किन फोटो निकाल्नुभयो भनी प्रश्न गर्दा मलाई गालीगलौज गरेको बताउँछन् ।
अगाडी आफ्नो भनाई थप्दै समिर अन्सारीले भने त्यतिसम्म गाली गलौज गर्दा समेत पछि मलाई डर धाक देखाउँदै ११ सय नदिए मोबाईल खोसि दिने भन्दै मेरो मोबाईल सम्बन्धित क्यामरा मैनले खोसेर जबर्जस्ती ११ सय दिन बाध्य बनाएको बताउँछन् । त्यति बेला मैले झगडा नहोस् भनी कानूनी बाटो जाने निधो गरी त्यहाँबाट घरतर्फ फर्केको तथा त्यसको कानुनी उपचारको लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा निवेदन दिने तयारी गरेको बताउँछन् अन्सारी ।

नाम नबताउँने सर्तमा एकजना व्यवसायीले दैनिक फोटो संख्या कै बारेमा झगडा हुने गरेको बताउँछन् ।