Monday, November 3सत्यम खबर
Shadow

श्रावण सोमबारको महिमा तथा भगवान शिवको नयाँ र पुरानो मुर्ति व्यवस्थापन

नेपालगन्ज, ५ श्रावण – श्रावण महिनाको सोमबार हिन्दुधर्मालम्बीहरू यस महिनालाई विशेष महिनाको रूपमा मनाउने गर्दछन् । हिन्दु धर्मावलम्बीहरुका लागि सोमबारको दिन विशेष महत्वको दिन हो । यस दिन धेरै महिलाहरू भगवान शिवको व्रत बस्दछन् । तर केवल हिन्दु धर्मावलम्बी भएका देशमा मात्र होइन मध्य युरोपका देशहरूमा समेत सोमवारको खास महत्व छ । श्रावण महिनाको सोमबार नेपालगन्जको एतिहासिक धार्मिक शक्तिपिठ बागेश्वरी मन्दिरमा विभिन्न ठाउ“बाट श्रदालु भक्तजनहरूको घुइँचो लाग्ने गर्दछ ।

मुख्य रूपमा नेपालको जुनसुकै भूभागमा बस्ने मानिसहरूले पनि यस श्रावण महिनालाई विशेष रूपमा भगवान् शिवको पुर्जा अर्चनाका साथ ब्रत बस्ने परम्परा रही आएको छ । महिलाहरू हरियो पहिरनमा सजिनुका साथै, हरियो चुरा र हातमा मेहन्दी लगायर श्रावण महिना आएको महसुस गराउ“दछन् । भगवान् शिवको पूजा गरी ब्रत बस्ने गर्दछन् भने पुरुषहरू पनि पहेलो वस्त्रमा सजियर शिवको मन्दिरमा पूजा अर्चनाका लागि जाने गर्दछन् । सोमबार ब्रत बसेर दिनभर भगवान् शिवको पूजा आराधना गरी बेलुका चोखो खानेकुरा खाने गर्दछन् ।

अविवाहित महिलाहरुले भगवान शिव जस्तै वर (दुल्हा) पाम भनी पनि ब्रत बस्ने गरेको पाइन्छ । विवाहित महिला आफ्नो घरपरिवार र श्रीमानको स्वास्थ्य लाभको कामना गदै ब्रत बस्ने गर्दछन् तथा शिवजी जस्तो वरपाम भनी ब्रत बस्नुको साथै आफ्नो परिवारको सुख शान्तिको कामना गर्दै ब्रत बस्ने गर्दछन् । सनातनीहरु श्रावण महिना भर चोखो खाएर माछामासु नखाई शुद्ध भएर बस्ने गर्दछन् भने कतिजना त लसुन प्याज नखाइकन पुरा १ महिना शुद्ध चोखो खाएर श्रावण महिना भर बस्ने गर्दछन् । यसरी १ महिनासम्म ब्रत बसेर श्रावण महिना मनाउने गर्दछन् । बोलबम पनि यही श्रावण महिनामा जाने गर्दछन् ।

श्रावणको सोमवार व्रत नबसे पनि कुनै पनि अनैतिक कार्यबाट टाढा रहनुपर्छ । गलत विचार र आचरणबाट टाढा रहनुपर्छ । ब्रह्मचर्यको पालना गर्नुपर्छ । श्रावणको सोमवार छिटै उठेर भगवान् शिवको ध्यान गर्नुपर्छ । ठूलालाई सम्मान गर्नुपर्छ भने कुनै पनि असहायको अवहेलना गर्नुहुँदैन । श्रावणमा मांस मदिराबाट टाढा रहनुपर्छ, यसले जीवहत्याको पाप लाग्नुका साथै तन, मन पनि अशुद्ध हुन्छ । श्रावण हरियालीको मौसम हो, हरियाली शिवजीलाई अत्यन्त मन पर्छ, त्यसैले श्रावणमा रुखबिरुवा काट्नु अशुभ मानिन्छ ।

यही मान्यताका साथ श्रावण महिनाको महिमालाई चित्रण गर्न सकिन्छ भने शक्तिपिठ बागेश्वरी मन्दिर प्रा·णमा नवनिर्मित भगवान शिवको अष्टधातुको मुर्तिका विषयमा हाल उपमहानगर भित्र चर्चा चलिरहेको पाईन्छ । कतिपयले राजनीतिक रंग दिने प्रयास समेत गरेका छन् भने कतिपयले ऐतिहासिक धरोहरको मेटाउन पाईन्न भनिरहेका छन् । हुन पनि हो इतिहास मेटाउनु भन्दा व्यवस्थापन गरेर कसरी संरक्षण गर्न सकिन्छ भन्ने तर्फ लाग्नु अतिआवश्यक हुन्छ । हाल भगवान शिवको नयाँ र पुरानो मुर्तिको विषयमा उठेको विषयलाई ध्यानमा राखी उपमहानगरपालिका मेयर प्रशान्त विष्ट, मन्दिर व्यवस्थापन समिति, धार्मिक अगुवाहरुलाई एक ठाउँमा राखी इतिहास नमेटिने गरी पुरानो मुर्तिलाई कसरी व्यवस्थापन गर्न सकिन्छ तथा धार्मिक अस्थावानहरुलाई सहज रुपमा दर्शन गराउन सकियोस भन्नेतर्फ पहलकदमी गर्न जरुरी देखिएको छ ।

भिडियो हेर्न तलको लिंकमा क्लीक गर्नुस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *