
नेपालगन्ज, २६ असार – नेपालगन्ज भान्सारमा खुलआम तस्करसँग बार्गेनि· हुँदै तस्करी हुने गरेको पाईएको छ । सीमा सुरक्षाको लागि नेपाल सरकारद्वारा सशस्त्र प्रहरी बललाई जिम्मेवारी सुम्पिएको छ । तर सोहीको फाईदा उठाउँदै हाल सीमानाका भान्सारमा केही समय अगाडी मात्र सरुवा भई आएका सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) सोमराज शर्माले खुलेआम सेटिङ्ग गर्दै तस्करै गराउने गरेको तथ्य खुलेको छ ।
केही तस्करहरुले नाम नबताउने सर्तमा मासिक ५ देखि १० हजार सम्म दिने सर्तमा सेटिङ्ग गरिएको बताईएको छ । तस्करका अनुसार असई सोमराज शर्मा सिविल डे«समा आई हामीसित सेटि· गर्ने गरेको बताएका छन् ।
बर्दिया जिल्लाबाट केही दिन अगाडी मात्र सरुवा भई आएका सशस्त्र प्रहरी सहायक निरीक्षक शर्मामाथि डिआईजी दिपेन्द्र कुँवरको कृपा दृष्टि रहेको हुँदा यसरी खुलेआम सानो–ठूलो तस्करहरुबाट सेटिङ्ग गर्ने गरेको बताउँछन् ।
यसबारे जानकारीको लागि सत्यतखबरले लुम्बिनी प्रदेश प्रमुख डिआईजी कुँवरलाई सम्पर्क गर्दा सम्पर्क हुन सकेको थिए ।
यसतर्फ सम्बन्धित पक्षको बेलामा ध्यान केन्द्रित नहुँदा आउने समयमा खुलेआम तस्करी हुने निश्चित रहेको भन्सारमा सुरक्षार्थ खटिएका सुरक्षाकर्मीहरुबाट नै भनाई आईरहेको छ ।