श्रमजिवि सिलाई व्यवसायीहरुको समस्या समाधानका लागि ज्ञापनपत्र
नेपालगन्ज, २४ असार – भारतीय कालोबजारीलाई रोक्न नेपाल कपडा तथा सिलाई व्यवसायी संघमा आबद्ध श्रमजिविहरुको समस्या समाधानका लागि प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीलाई आज ज्ञापनपत्र बुझाएका छन् ।
ज्ञापन पत्रमा ‘मानव सभ्यताको विकासको चरणमा वस्त्रालयबाट उत्पादित बस्त्र पूर्ण तयारी अवस्थामा नआउने हुँदा प्रत्येक मानिसलाई आफ्नो चाहाना अनुसारको बस्त्र तयार गर्न जान्ने मानिसको सुरुवात सँगसगै वस्त्र तयार गर्नको लागी सिलाई व्यवसायको सुरु भएको हो । सिलाई व्यवसायको हक हित र संरक्षण स्वनिर्भरको निम्ति नेपाल कपडा तथा सिलाई व्यवसायी संघको स्थापना भएको हो । पेशा तथा व्यवसायलाई देशका आम नागरिक तथा अन्तर्राष्ट्रिय स्तरमा समेत पुर्याउनको लागी नेपाल कपडा तथा सिलाई व्यवसायी संघलाई चिनाउन र संस्थागत बिकासको निम्ति अति आवश्यक रहेको विषयलाई नेपाल कपडा तथा सिलाई व्यवसायी संघको विधान २०७५ जारी भएको छ । नेपालको ७० जिल...








