Sunday, June 28सत्यम खबर
Shadow

श्रम/रोजगार

नेपाली पत्रकारिता तथा सञ्चार उद्योगमा कोभिडको असर विषयक राष्ट्रिय गोष्ठी सम्पन्न

नेपाली पत्रकारिता तथा सञ्चार उद्योगमा कोभिडको असर विषयक राष्ट्रिय गोष्ठी सम्पन्न

CoVid19, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, सूचना-प्रबिधि
नेपालगन्ज, १५ भाद्र – नेपाल प्रेस इन्स्टिच्यूट काठमाण्डौंको आयोजनामा आज मंगलबार दूर प्रविधिमार्पmत कोभिड—१९ ले नेपाली पत्रकारिता तथा सञ्चार उद्योगमा पारेको असरबारे राष्ट्रिय स्तरको गोष्ठी सम्पन्न भएको छ । दूर प्रविधि मार्फत् भएको उक्त गोष्ठीमा कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले—अन्तरक्रियामा उठेको सवाललाई नेपाल प्रेस इन्स्टिच्यूटको रिपोर्टको आधारमा सम्बोधन गरिने कुरा बताउनु भएको छ । कोभिडको बेला समाचार कम हुन थालेको र पत्रिकाहरु बन्द हुन थालेकोमा आफू चिन्तित रहेको कुरा व्यक्त गर्नुभयो । साथै, कोभिडको बेलामा पनि सूचना समाचार प्रसारण गरेर योग्दान दिनु भएकोमा सञ्चारकर्मीलाई सम्मान व्यक्त गर्नुभयो । कार्यक्रमका मुख्य अतिथि तथा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले—कोभिडले सञ्चारलाई मात्रै होइन संसारलाई असर पार...
भगवान श्रीकृष्ण जन्माष्टमी आजदेखि मनाइने

भगवान श्रीकृष्ण जन्माष्टमी आजदेखि मनाइने

CoVid19, आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १४ भाद्र – श्रीहरि विष्णुका अवतार योगीराज भगवान श्रीकृष्णको जन्मोत्सव आज सोमवार दिनदेखि मनाउने तयारी रहेको छ ।आजदेखि करीब ५ हजार वर्ष पूर्व द्वापरकालमा भगवान श्रीकृष्णको मथुरा नगरीमा जन्म भएको थियो । सो समय राजा कंश लगायतको धेरै नै अत्याचार थियो । यस्तो पापाचारको अन्त गर्न भगवान श्रीकृष्णको अवतार भएको थियो ।उहाँको जन्म माता देउकीको कोखबाट कारागारमा आधी रातमा भएको थियो । उहाँको बुवा बसुदेव रहेका थिए देउकीको कोखबाट जन्मेको पुत्रले कंशको अन्त गर्नेछ यो भविष्यवाणी रहेकोले कंश देउकीको कोखबाट जन्मेकी कैयन छोरीको हत्या गरी सकेको थियो । जब अन्तिम कन्याको जन्म भयो सो समय कंशले त्यसको पनि हत्या गर्ने प्रयास गरे यस समय सो कन्या विलिन हुँदै भनिन्, हे कंश श्रीहरि विष्णुको कृष्णको रुपमा अवतार भइसकेको छ उनीले छिट्टै नै तिम्रो वद्य गर्नेछन् । यस समय कंश धेरै नै आक्रान्त बनी त्यस दिन जन्म...
मुद्रण महासंघको प्रदेश समिति गठन

मुद्रण महासंघको प्रदेश समिति गठन

CoVid19, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
नेपालगन्ज, १४ भाद्र – नेपाल मुद्रण उद्योग महासंघ लुम्विनी प्रदेश कमिटी गठन गरिएको छ । लुम्विनी प्रदेशका मुद्रण व्यवसायीहरुलाई संगठित गर्नका लागि प्रदेश राजधानी दाङको भालुवाङमा सम्पन्न प्रदेश स्तरीय भेलाले महासंघको २१ सदस्यीय प्रदेश समिति गठन गरेको हो ।नेपाल मुद्रण उद्योग महासंघका केन्द्रिय उपाध्यक्ष तथा प्रदेश संयोजक विष्णु तिवारीको अध्यक्षतामा सम्पन्न लुम्विनी प्रदेश स्तरीय भेलाले रुपन्देहीका मुद्रण व्यवसायी कृष्ण पराजुलीको नेतृत्वमा सर्वसम्मत रुपमा गठन भएको समितिको प्रथम उपाध्यक्षमा बाँकेका पूर्णलाल चुके र उपाध्यक्षमा रुपन्देहीका घनश्याम घिमीरे, सचिवमा बाँकेका सि.एम. उपाध्याय, कोषाध्यक्षमा दाङका गिरिराज आचार्य र सह–सचिवमा रुपन्देहीका डिल्ली नारायण पाण्डे चयन भएका छन् । नवनिर्वाचित सचिव उपाध्यायका अनुसार शुक्रवार सम्पन्न प्रदेश स्तरीय भेलाद्वारा प्रदेश भित्रका १२ जिल्लाका १÷१ जना स...
कृषि तथा आधुनिक उपकरण

कृषि तथा आधुनिक उपकरण

CoVid19, आर्थिक, प्रदेश ५, बिचार, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाज
मिति २०७८ भाद्र १४कृष्ण दर्शनविगत ५ वर्षदेखि निरन्तर कृषि अध्ययन, कृषि सम्बन्धि विभिन्न कार्ययोजना बनाएर लागि रहेका कृषि प्राविधिक कृष्ण दर्शन यस्तो भन्छन् – केही दशक अघिसम्म बर्षामा धान खेति गरेपछि अरु बेला बाँझो पल्टिने जमिनमा आजकल प्लाष्टिकका आधुनिक टनेल देखिन थालेका छन् । कुटो, कोदालो, बाउसे, हलो, जुवा र गोरुको भरमा खनजोत हुने खेतबारीमा आजकल हाते ट्याक्टर र ठुलो ट्याक्टर दर्गुन थालेका छन् ।कृषि कर्ममा रम्दै खाद्यान्न उत्पादनमा जुट्ने किसानहरुलाई आधुनिक उपकरणले परम्परागत औजारले भन्दा धेरै सुविधा र उत्पादन समेत बढाएको छ । खोल्सा र पहराबाट चौबिसै घण्टा बगिरहने कंचन पानीमा अनेक जातिका माछाहरु पालिन थालेका छन् । ठाउँ ठाउँमा भैसी, बाख्राको गोठदेखि आधुनिक ढंगका कुखुराका खोरहरु पनि बनेका छन् । परदेशमा पसिना बगाएर थाकेको ज्यानलाई स्वदेशमै कृषि कर्म गरेर आफु, परिवारको उज्यालो भविष्य खोज्द...
बेतहनीमा बृहत सरसफाई

बेतहनीमा बृहत सरसफाई

CoVid19, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
बेतहनी, १२ भाद्र - एक पाईला परिवर्तनका लागि भन्ने मुल नाराको साथ डुडुवा गाउँपालिकाको वडा नं.२ बेतहनी बजारमा पहिलो पटक सरसरफाई गरिएको छ । बेतहनी प्रहरी चौकी र सहयोगी युवाहरुको सन्जाल, बेतहनीको सक्रियतामा आज शनिवार बृहत सरसफाई कार्यक्रम गरेको हो । बेतहनी प्रहरी चौकी र सहयोगी युवाहरुको सन्जाल, बेतहनीका युवाहरु मिलेर आफनो क्षेत्रमा कृष्णजन्माष्टमीको अवसर पारेर सरसफाई गरेका छन् । सो सरसफाई कार्यक्रममा पूवमन्त्री बिजयबहादुर यादव, कार्यपालिका सदस्य लिलावती यादव, वडा नं.२ का गजेन्द्र प्रसाद कैराती, नेकपा एमालेका जिल्ला सदस्य सत्यनारायण बर्मा, बेतहनी प्रहरी चौकीका ईन्चार्ज कुलबहादुर विक, नेपालगन्ज साईक्लीङ क्लबका विजेन्द्र जिसी, नेपाल युवा परिषद, लुम्बिनी प्रदेशका संयोजक सोम गुरुङ, बाल अधिकारकर्मी सल्मान सल्मानी, ऋतिक शाही, सहयोगी युवाको सन्जालका सदस्य मेराज दर्जी, रविन्द्र चौधरी(बर्मा) लगायत...
जपसाद्वारा राँझामा बृक्षारापण

जपसाद्वारा राँझामा बृक्षारापण

CoVid19, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १२ भाद्र - "रुख रोपौ वातावरण, अक्सिजन, मानव जिवन र धर्ती मातालाई बचाउ" भन्ने अभियान अन्तर्गत ज.स.पा. बाँकेद्वारा नेपालगन्ज उप-महानगरपालिका वडा न.२० काे आर्दश उच्च मा.बि.राँझा गायत्री धाममा बृक्षारोपण गरेको छ । जसपा नेपालका जिल्ला अध्यक्ष मोहम्मद कम्ररुद्दिन राई, आदर्श माबीका प्रधानाध्यापक प्रकाश आचार्यको प्रमुख आतिथ्यमा ७० बढी रुख लगाईएकाे थियाे । रुख लगाउँदा प्रमुख अतिथि आचार्यले बिधालयले भोगेको चरम समस्या तथा अब यो बिधालयलाई एक हरित बिधालय बनाउने र बिधालयमा आई बिरुवा लगाई सहयोग गरेकोमा जसपा पार्टीका अध्यक्षलाई धन्यवाद दिँदै रुख बन जङ्गलले बाताबरण बचाउनलाई निकै टेवा दिने भन्नुभयो । उक्त कार्यक्रममा हरित हेमन्त काफ्लेले, पुर्बमन्त्री मोहम्मद ईस्तियाक राईको हरित अभियानलाई साथ दिदै रुख भनेको सबैको लागि हो र रुख लगाउन निकै जरुरी घरका परिवार जस्तै रुखलाई पनि प्रेम गर्नु पर्छ ।...

अबिरल बर्षाले घरहरु भस्किंदै !

अपराध, अवधी, आर्थिक, आस्था, कला/साहित्य, खेल, धार्मिक, प्रदेश ५, बिचार, मौसम, यता पनि, राजनीति, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
महेश चौधरीडुडुवा, भाद्र ११–अबिरल बर्षाका कारण बाँकेको डुडुवा गाऊँ पालिका वडा नं.१, २, ३, ४ र ५ को अधिकतर गाऊँहरु डुबानमा पर्ने सम्भावना बढदै गईरहेको छ । वडा नं.१ स्थित पिपरहवा र कन्धैपुर्वाको बीचमा रहेको सडक डुडुवा खोलाले कटान गरी रहेको कारण स्थानीयहरु आवत जावतमा समस्या हुने भनी गुनासो गरेका छन । उक्त बाटो कटे हाम्रो गाऊँ डुबानमा पर्ने भनि स्थानिय वासीहरुको भनाई रहेको छ । डुडुवा खोला नजीक रहेको प्रायः जसो गाऊँहरु डुबानमा पर्ने सम्भावना बढीरहेको देखिन्छ । यसै गरी अबिरल बर्षाले गर्दा गाऊँ भित्र पानी जमी घरहरु भस्किरहेका छन । डुडुवा वडा नं.३ स्थित बनकटवा गाऊँमा आज परेको पानीले गर्दा गणेश खटिकको घर भस्किएको हो । राती पानी पर्दा घरको दिवाल खस्ने आवाज आउने बित्तिकै घरबाट बाहिर भागी आएको, घरमा रहेको लत्ता कपडा, धान गहूं समेतको नोक्सानी भएता पनि मानवीय क्षति नभएको कुरा खटिकले बताउनु ...
कृष्णनगरमा सुविधा युक्त दाँत अस्पताल सञ्चालन

कृष्णनगरमा सुविधा युक्त दाँत अस्पताल सञ्चालन

CoVid19, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
कपिलवस्तु, ८ भाद्र – कपिलवस्तु जिल्लाको कृष्णनगर नजिक रहेको बजार भारतको सिद्धार्थनगर जिल्लाको बढ्नीमा सुविधा सम्पन्न श्री दाँत का अस्पताल सञ्चालनमा रहेको छ ।दाँत एवम् मुख रोग सम्बन्धी राम्रो ज्ञान भएका दक्ष तथा अनुभवी डा. चन्द्रशेखर शुक्ल श्री दाँत का अस्पतालका कुशल सञ्चालक एवं डा. हुन् । बी. डी. एस., एम. आई. डी. ए. गोरखपुर दन्त एवं मुख रोग बिशेषज्ञ रहेका उहाँको अस्पताल नेपालको कृष्णनगर लिंकगेटबाट भारत जाँदा नेपाल रोड, कस्टम आफिसभन्दा पहिले, सेक्रेड हार्टस स्कूल नजिकै रहेको छ । श्री दाँत का अस्पतालमा दिनहु जसो नेपाल तथा भारतका दाँत एवम् मुख रोगबाट समस्यामा परेका मानिसहरूको निकै भिडभाड देखिनु र धेरै व्यक्तिको दाँत तथा मुख रोगको उपचार सफलता पूर्वक भएकाले पनि डा. कुशल र अनुभवी रहेको सेवाग्राहीहरु बताउँछन् ।श्री दाँत का अस्पतालमा बिग्रिएको दाँत सिधा गर्ने, कास्मेटिक फिलिंग, फिक्स दाँत र...
‘पिच बाटो र ढक्कन निर्माण कार्य असोज–कार्तिकबाट शुरु हुने’– वडाअध्यक्ष सिंह

‘पिच बाटो र ढक्कन निर्माण कार्य असोज–कार्तिकबाट शुरु हुने’– वडाअध्यक्ष सिंह

CoVid19, अवधी, आर्थिक, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ७ भाद्र – वर्षौदेखि जिर्ण रहेको नाला र बाटो निर्माणको योजना बनाई नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ ले अषाढ महिनामा ५ सय ७८ मिटर दुबै तर्फ नाला निर्माण कार्य सम्पन्न गरेको छ ।नाला निर्माण कार्य सम्पन्न भईसकेपछि सोही ५ सय ७८ मिटरमा दुबैतर्फ नालाको ढक्कन र पिच बाटो बनाउने भनी वडा नं. ६ का वडाअध्यक्ष समिरप्रताप सिंहले पटक–पटक प्रतिबद्धता दोहोर्याएको वडाबासीको भनाई रहेको छ । तर यस पटकको वर्षायाम अषाढमा शुरु नभई श्रावणमा शुरु भएको हुँदा हाल निर्माण गरिएको दुर्बतर्फ नालाको अवस्था दयनीय रहेको स्थानीयहरु बताउँछन् ।स्थानीय छोटकु सोनखरका अनुसार करीब २ महिना बितिसक्दा समेत वडाले ढक्कन र पिच बाटो बनाउने प्रतिबद्धतातर्फ ध्यान नदिएको गुनासो पोख्छन् ।यसैगरी उक्त ५ सय ७८ मिटर दुबैतर्फ निर्माण गरिएको नालाको ढक्कन नहुँदा स्थानीयहरुलाई बाटोमा आवत–जावत गर्न समस्या हुनुका साथै नाला गन्हाउने ग...
निर्दाेष पत्रकार फसाउने घुमुवा प्रहरीलाई कानुनी कठघरामा ल्याउन महासंघको कडा चेतावनी

निर्दाेष पत्रकार फसाउने घुमुवा प्रहरीलाई कानुनी कठघरामा ल्याउन महासंघको कडा चेतावनी

CoVid19, अपराध, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
रौतहट, ५ भाद्र - निर्दाेष पत्रकार फसाउने घुमुवा प्रहरीलाई कानुनी कठघरामा ल्याउन महासंघको कडा चेतावनी दिएकाे छ । निर्दोष पत्रकारलाई लागु औषधको केसमा देशका रक्षक नेपाल प्रहरीले नै फसाएको सत्य-तथ्य सिसिटिभी फुटेजबाट बाहिरिएपछि नेपाल पत्रकार महासंघ राैतहट शाखाको गम्भीरतापूर्वक ध्यानाकर्षण भएको जनाईएको छ । नेपाल पत्रकार महासंघ राैतहट शाखाद्वारा जारी प्रेस विज्ञप्तीमा रौतहटबाट सञ्चालित रौतहट एक्सप्रेसका सञ्चालक एवम् पत्रकार महम्म्द मोजिबुल्लाह तथा सोही मोटरसाइकलमा सवार चालक रौतहटको राजपुर नगरपालिका वडा नम्बर ७ का शेष गुलावलाई साउन ३२ गते राति ८ बजेको समयमा गौर नगरपालिका वडा नम्बर १ स्थित होटल ग्रीन सिग्नलबाट नेपाल बैंक जाने रोडमा नेपाल प्रहरीले १०५ थान नाइट्राभेट ट्याबलेट लागु औषध सहित पक्राउ गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएकाे जनाईएकाे छ । उक्त होटल अगाडी रोकी राखेको पत्रकार मोजिबुल्...