
कपिलवस्तु, ८ भाद्र – कपिलवस्तु जिल्लाको कृष्णनगर नजिक रहेको बजार भारतको सिद्धार्थनगर जिल्लाको बढ्नीमा सुविधा सम्पन्न श्री दाँत का अस्पताल सञ्चालनमा रहेको छ ।
दाँत एवम् मुख रोग सम्बन्धी राम्रो ज्ञान भएका दक्ष तथा अनुभवी डा. चन्द्रशेखर शुक्ल श्री दाँत का अस्पतालका कुशल सञ्चालक एवं डा. हुन् । बी. डी. एस., एम. आई. डी. ए. गोरखपुर दन्त एवं मुख रोग बिशेषज्ञ रहेका उहाँको अस्पताल नेपालको कृष्णनगर लिंकगेटबाट भारत जाँदा नेपाल रोड, कस्टम आफिसभन्दा पहिले, सेक्रेड हार्टस स्कूल नजिकै रहेको छ ।
श्री दाँत का अस्पतालमा दिनहु जसो नेपाल तथा भारतका दाँत एवम् मुख रोगबाट समस्यामा परेका मानिसहरूको निकै भिडभाड देखिनु र धेरै व्यक्तिको दाँत तथा मुख रोगको उपचार सफलता पूर्वक भएकाले पनि डा. कुशल र अनुभवी रहेको सेवाग्राहीहरु बताउँछन् ।
श्री दाँत का अस्पतालमा बिग्रिएको दाँत सिधा गर्ने, कास्मेटिक फिलिंग, फिक्स दाँत राख्ने, टुटेका जबडोंका उपचार, पायरिया दाँत तथा मुख रोगसँग सम्बन्धित बिरामीहरूको उपचार अत्याधुनिक मशीनद्वारा गर्ने गरिएको डा. चन्द्रशेखर शुक्लले बताए ।
साथै त्यहाँ चेक जाँच गरे वापत शुल्क समेत निशुल्क रहेको जानकारी गराउनुका साथै दाँत तथा मुख रोग सम्बन्धित थप जानकारी तथा परामर्शका लागि ००९१९९१८९०५०५७ (भारत) ९८२१५४४६८९ (नेपाली) मोबाइल नम्बरमा सम्पर्क गर्न सकिने बताए ।