आजदेखि खजुरा मार्ट सञ्चालनमा
नेपालगन्ज, ५ भाद्र - बाँकेको खजुरामा पहिलो मार्ट खुलेको छ । ५० लाख बढी लागतमा सञ्चालनमा आएको खजुरा मार्टको शनिबार घरेलु तथा साना उद्योग महासंघका केन्द्रीय उपाध्यक्ष पूर्णबहादुर भण्डारी र लायन्स क्लव अफ खजुराका अध्यक्ष विज्ञान कक्षपतिले संयुक्त रुपमा रिवन काटेर उद्घाटन गरेका छन् ।
खजुरा मार्टमा दैनिक उपभोग्य र घरायसी प्रयोगका सामान सुपथ मूल्यमा उपलब्ध गराइने सञ्चालकहरुले जानकारी दिएका छन् । लक्ष्मी गौतम, राजु पौडेल, विष्णु पौडेल, अरुण सुवेदी सञ्चालक रहेको उक्त मार्टले खजुरा क्षेत्रका ग्राहकको सुविधालाई मध्येनजर गर्दै खजुरामा पहिलो मार्ट सञ्चालनमा ल्याएको जनाएका छन् ।
एकै ठाउँमा धेरै किसिमका बस्तुहरुको उपलब्ध गराउनुका साथै उपभोक्तालाई सुपथ मूल्यमा बस्तुको आफ्नै ठाउँमा उपलब्ध गराएर सुविधा प्रदान गर्ने उद्देश्यका साथ मार्ट सञ्चालनमा ल्याइएको सञ्चालक राजु पौडेलले जानकारी दिए । खजुरा क्षेत...









