‘बाँकेको पत्रकारितामा कोभिड–१९ महामारीको असर’ बारे छलफल
नेपालगन्ज, ३० भाद्र - कोभिड–१९ महामारीमा बाँकेका सञ्चार माध्यमहरुले सहि सूचना वितरण तथा सचेतनाका लागि प्रभावकारी काम गरेको निष्कर्ष निकालिएको छ । 'बाँकेको पत्रकारितामा कोभिड–१९ महामारीको असर’ विषयक सरोकारवाला वीचको छलफल कार्यक्रममा बोल्ने वक्ताहरुले यस्तो धारणा राखेका हुन् ।
कृष्णसार एफएम स्चालन गर्ने संस्था समुदायका लागि सञ्चार अभियान नेपालको १३ औं वार्षिक साधारण सभा तथा ५औं अधिवेशन शुभारम्भको अवसर पारेर नेपालगन्जमा यस्तो छलफल गरिएको हो । कार्यक्रमका सहभागिहरुले कोरोना महामारीको कठिन परिस्थितिमा बाँकेको पत्रकारिताले अहंम भूमिका निर्वाह गरेको धारणा राखेका थिए ।
सामुदायिक रेडियो प्रसारक संघ अकोराबका अध्यक्ष अर्जुन गिरीले महामारीमा सबभन्दा बढि सुचना र सचेतना फैल्याउने काम रेडियोहरुले गरेको तथ्य सार्वजनिक गर्नु भयो । यो अवधिमा सर्वेक्षणहरुले नै सबै भन्दा बढि नेपालीले रेडियो सुन्ने गरेको...








