Friday, March 14सत्यम खबर
Shadow

फुल्टेक्रा तालको बृहत सरसफाईतर्फ अग्रसर युवा नागरिक समिति (फोटोफिचरसहित)

नेपालगन्ज, २६ भाद्र – फुल्टेक्राको बृहत विकासका लागि युवा नागरिक समिति वडा नं. ६ ले सक्रियतापूर्वक सकारात्मक पहलतर्फ अग्रसर हुँदै कार्य गर्दै जाने क्रम जारी रहेको छ । प्रत्येक हप्ताको शनिबार स्थानीय पर्यटकीय स्थल हडियाबाबा आश्रममा नियमित बैठक बसी छलफलको माध्यमद्वारा वडाभित्र रहेका समस्याहरुलाई पहिचान गरी कसरी समाधान गर्न सकिन्छ । त्यसतर्फ निरन्तर कार्य गर्दै आईरहेको समितिका संयोजक मदनराज शर्माले बताउनुभयो ।


सोही अनुसार आज शनिबार स्थानीय पर्यटकीय स्थल हडियाबाबा आश्रममा युवा नागरिक समिति वडा नं. ६ को बैठक बसी विभिन्न निर्णयहरु गरेको छ । जसमा भाद्र २४ र २५ गते उच्च अदालत तुलसीपुर नेपालगन्जद्वारा जारी बहस तथा जारी गरिएको आदेश बारे छलफल गरिएको थियो ।


सोही अनुसार फुल्टेक्राबासीको शान फुल्टेक्रा ताल बारे विगतदेखि अदालतबाट जारी आदेशहरुलाई नेपालगन्ज उपमहानगरपालिकाबाट गरिएको अवज्ञा सम्बन्धी समेत छलफल गरिएको थियो । अतिक्रमण गरिएको जग्गा छुटाउन समेत सम्बन्धित नेपालगन्ज उपमहानगरपालिकाले कुनै पहल नगरेपनि मौखिक रुपमा पत्र काटिएको झुट समेत फैलाउँदै गएको छलफल गरिएको थियो ।


सोही अनुसार फुल्टेक्रा तालको बृहत सरसफाईको थालनी समेत आजबाट गरिएको सचिव बृजेशकुमार त्रिपाठीले जानकारी गराउनुभयो । सचिव त्रिपाठीका अनुसार फुल्टेक्रा तालको संरक्षण गर्ने जिम्मेवारी नेपालगन्ज उपमहानगरपालिकाको भएपनि उसले कुनै चासो समेत नदिएको आरोप लगाउँदै आजबाट हामी फुल्टेक्राका युवाहरु तालको सरसफाई गरी कसरी सुन्दर र सफा बनाउन सक्छौं त्यसतर्फ अग्रसर भएको बताउनुभयो ।


आज सम्पन्न बैठकमा संयोजक मदनराज शर्मा, सहसंयोजकद्वय दीलिप रेग्मी, सचिव बृजेशकुमार त्रिपाठी, कोषाध्यक्ष अनुप अधिकारी, सदस्यहरुमा सुभाष गुप्ता, शिव भारती, माधवराम बर्मा, भरतबहादुर बर्मा, हितेश भारती, दुर्गेश शाह, शुभाषचन्द्र गुप्ता, प्रमोद सोनी, दिलिप दिक्षित, नबिन थापा लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *