‘बिरामीलाई नेपालगन्ज अब कुनै समस्या उत्पन्न नहुने’ सेवा नेपाल
नेपालगन्ज, ६ असोज – सेवा नेपाल बाँकेले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ०५ वडा प्रहरी कार्यालय नजिकै रहेको मजिष्टिक पाटी प्यालेसमा उदघाटन कार्यक्रम भव्यताका साथ सप्पन्न गरेको छ ।सेवा नेपाल बाँकेले विभिन्न सामाजिक कार्य गर्न नेपालगन्ज उपमहानगरपालिका उप प्रमुख उमा थापा मगरको प्रमुख अतिथि र संस्थाका अध्यक्ष लाल माया शाहीको कार्यक्रम सभापतिमा पानसमा बत्ती बाली उदघाटन गरेको हो ।
कार्यक्रममा बाँके लगाएत देश भरी विपन्न परिवारलाई गाँस, वास, कपास शिक्षा, स्वास्थमा जोड दिएर र शारीरिक अशक्त भएका मानिसलाई विशेष केन्द्रित रहेर समाजिक कार्य गर्न थालेकोमा कार्यक्रमका प्रमुख अतिथी थापा मगर खुसी ब्यक्त गर्दै नेपालगन्ज उपमहानगरपालिकाले पनि सहकार्य गरेर अगाडि जाने बताउनु भएको थियो ।संस्थाका सल्लाहकार डा.प्रकाश नागले सेवा नेपाल बाँके स्वास्थमा प्राथमिकता राखेर आर्थिक रुपमा कमजोर र कर्णाली प्रदेश र सु...








