Sunday, May 31सत्यम खबर
Shadow

आस्था

खुम्चिदै गईरहेको प्रतिभालाई उजागर गर्न, एक पाईला !

अवधी, आर्थिक, आस्था, कला/साहित्य, खेल, धार्मिक, प्रदेश ५, बिचार, यता पनि, राजनीति, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
महेश बर्मा ।बाँके, २५ अषाढ –नेकपा एमाले डुडुवाले खेलकूद सामग्रीको अभावमा प्रतिभा खुम्चिंदै गई रहेका युवाहरुलाई खेलकूद सामग्री हस्तान्तरण गरेको छ । डुडुवा गाऊँ पालिका वडा नं.३ मा रहेका युवाहरुलाई उनीहरुको प्रतिभा प्रस्फुटनका लागि उक्त सामग्री बितरण गरिएको बताईएको छ । ब्याट थान २, स्ट्याम्प थान ३, मेट्रिक्स बाल थान ३, ग्लब्स एक जोडी लगायतका सामग्रीहरु हस्तान्तरण गरिएको हो । स्थानीय खेलाडी अर्जुन बर्माले हर्षित हुंदै अब हामीहरु यस गाऊँ पालिका अन्तर्गत हुने सबै क्रिकेट प्रतियोगितामा उत्कृष्ट आएर देखाउने छौ । हामीहरु संग खेल सामग्रीको अभावका कारण प्रतियोगितमा भाग लिंदा खेल सामग्रीका लागि अरु टीमको मुख हेर्ने दिन गयो । हाल सम्म हामी स्थानीय सरोकारावाला निकायहरु सम्म पुगी पटक पटक उक्त सामग्री नियमानुसार मांग गर्दा पनि बहाना बनाई आलटाल गर्दै आएको, के हामी डुडुवा गाऊँ पालिकाका वासी होइनौ ? क...
महिला स्वास्थ्य स्वयमसेविकालाई साईकल

महिला स्वास्थ्य स्वयमसेविकालाई साईकल

CoVid19, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
नेपालगन्ज, २३ अषाढ – महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई प्रोत्साहनका लागि नेपालगन्ज उपमहानगरपालिकाले साईकल उपलब्ध गराइएको छ । नेपालगन्जमा कार्यरत २०१ जना मध्ये १६८ जनालाई बुधबार नगर प्रमुख डा. धवलशम्शेर राणाले साईकल हस्तान्तरण गर्नुभयो ।यसबाट महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई काम गर्न सहज हुने र समग्रमा नगर कै स्वास्थ्य क्षेत्र सुधार हुने अपेक्षा सहित साईकल सहयोग गरिएको नगर प्रमुख राणाले बताउनुभयो । ३३ जना महिला स्वास्थ्य स्वयमसेविकाहरु ६० वर्ष उमेर पुरा भएका कारण असारपछि अवकाश पाउने उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख रामवहादुर चन्दले जानकारी दिनुभयो ।मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम अन्तर्गत महिला स्वास्थ्य स्वयम्सेविकाहरुलाई साईकल उपलब्ध गराइएको हो । सहभागी महिला स्वास्थ्य स्वयमसेविकाहरुले उपमहानगरले गरेको सहयोगले आफुहरुलाई जिम्मेवार बनाएको बताउनुभयो ।...
आयुर्वेद स्वास्थ्य केन्द्रको समिक्षा सम्पन्न

आयुर्वेद स्वास्थ्य केन्द्रको समिक्षा सम्पन्न

CoVid19, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २३ अषाढ – आयुर्वेद स्वास्थ्य केन्द्र नेपालगन्जको समिक्षा तथा बार्षीक योजना तर्जुमा कार्यक्रम सम्पन्न भएको छ ।समिक्षा कार्यक्रममा बोल्दै सहायक प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टले अस्पतालमा उत्पादिन फोहोर मैला कहाँ व्यवस्थापन गर्ने समस्या छ तर आयुर्वेदी उपचारमा जडिबुटीको प्रयोग हुने हँुदा यसको प्रयोगबाट फोहोर बस्तु उत्पादन नहुने हुँदा यसको प्रयोग उपयुक्त रहेको बताउनुभयो । उहाँले सरकारले आयुर्वेदलाई महत्व दिएको हुँदा सबै मिलेर आयुर्वेदको विकास र विस्तारमा सहयोग गर्न आग्रह गर्नुभयो । प्रमुख अथिति विष्ठले असार मसान्तमा सबै कर्मचारी बजेट फच्युटमा व्यस्त हुने राम्रो किसिमले समय दिएर छलफल गर्न हतार हतार हुने हुँदा बार्षीक समिक्षा आर्थिक बर्षको पहिलो महिना साउनमा राख्नुपर्ने बताउनु भयो ।सरकारले ल्याएका कार्यक्रम प्रभावकारी हुनु र नहुनुमा कर्मचारीले कतिको इमान्दारीताका साथ काम...
कर नबढाउने राप्ती सोनारी गाउँपालिका निर्णय

कर नबढाउने राप्ती सोनारी गाउँपालिका निर्णय

CoVid19, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
राप्तीसोनारी, २२ अषाढ – राप्ती सोनारी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८÷७९ मा कुनै पनि कर नबढाउने भएको छ । गाउँपालिकाको जारी नवौं गाउँ सभाले यस्तो निर्णय गरेको हो । गाउँपालिकाको कार्यालय अगैयामा मंगलबार गाउँपालिका अध्यक्ष लाहुराम थारुको अध्यक्षतामा सभा बसेको गाउँसभाले कुनैपनि बस्तुमा कर नबढाउने निर्णय गरेको हो ।कर नबढाउने प्रस्तावलाई गाउँसभाका बहुमत सदस्यले सर्मथन गर्नु भएको थियो । सभालाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष थारुले आगामी वर्षका लागि करको दायरा नबढाउने बताउनु भयो । गतवर्ष कै करलाई यथावत गरिएको उहाँको भनाई थियो । ‘हामीलाई प्राप्त सुझाव अनुसार आगामी वर्षको लागि कुनैपनि कर बढाएका छैनौ, गतवर्ष कै करलाई यथावत राखेका छौँ,’ उहाँले भन्नुभयो ।सो क्रममा बोल्दै सभाका सदस्य टिकाराम बस्नेतले जनताको ढाँड सेक्ने गरी गाउँपालिकाले आगामी वर्षका लागि कर बढाउन नहुने धारणा राख्नु भएको थियो । जनप्...
न्यायिक प्रक्रियाबारे निरिक्षण, डुडुवा उत्कृष्ट

न्यायिक प्रक्रियाबारे निरिक्षण, डुडुवा उत्कृष्ट

CoVid19, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
डुडुवा, २२ अषाढ – स्थानीय तह अन्तर्गत रहेका न्यायिक समितिहरुको काम कारवाही प्रक्रिया तथा सेवालाई थप गणस्तरिय र प्रभावकारी बनाउन बाँके जिल्ला अदालतको टोलीले निरिक्षण गरेको छ । जिल्ला न्यायधिससहितको टोलीले आज मंगलबार बाँके डुडुवा गाउँपालिकाको न्यायिक समितिको निरीक्षण तथा छलफल गरेको छ ।गाउँपालिका अन्तर्गत रहेको न्यायिक समितिले प्रदान गर्ने सेवा, मुद्दा तथा विवाद दर्ता, मिसिलको व्यवस्थापन, राय तथा निर्णय र फैसलालगायत विभिन्न प्रक्रियाका बारेमा उपाध्यक्ष तथा न्यायिक समितिका संयोजक शाहिदा बानोले जानकारी गराउनु भएको थियो । त्यस अवसरमा जिल्ला अदालतका न्यायधिस दुर्गाबहादुर भुषालले न्यायिक समितिको काम कर्तव्य अधिकार, न्यायिक प्रक्रिया, मुदा दर्ता, मिसिल, निवेदनका ढाँचा, मुद्दाका विषय लगायत विभिन्न अदालती प्रक्रियाका बारेमा जानकारी दिनुभएको थियो । न्यायधिस भुषालले न्यायिक सम्पादनका क्रममा उत्प...
नेपाली काँग्रेसको जन्म दुई पार्टी बीचको मिलन थियो, टुटफुट र आन्तरिक कलहकाबीच नेपाली काँग्रेस यहाँसम्म आईपुगेको छ

नेपाली काँग्रेसको जन्म दुई पार्टी बीचको मिलन थियो, टुटफुट र आन्तरिक कलहकाबीच नेपाली काँग्रेस यहाँसम्म आईपुगेको छ

CoVid19, आस्था, प्रदेश ५, बिचार, राजनीति, विचार/अन्तर्वार्ता
२०७८ अषाढ २१ गतेमनिष राज रेग्मीबी.पी. कोइराला र सूवर्ण शमशेर राणाको पहलमा नेपाली राष्ट्रिय काँग्रेस र नेपाल प्रजातन्त्र काँग्रेस बिच एकता कायम भयो ।१२ फागुन, २००६ –२७ मार्च १९५० मा दुइ संस्थाका सभापतिहरू मातृका प्रसाद कोइराला र महेन्द्र विक्रम विक्रम शाहले संयुक्त प्रेश विज्ञप्ति जारी गरी दुबै संस्थाको एकिकरण गरेर मजवुत पार्टी निर्माणको आवश्यकता महशुस गरे पश्चात काँग्रेसको उदय शक्तिका रुपमा भयो । त्यसअघि अखिल भारतीय काँग्रेसका नामले राजनीतिक गतिविधि सञ्चालन गर्दै नेपाल प्रजातन्त्र कांग्रेस र नेपाली राष्ट्रिय काँग्रेसको शुरुवात भएका थिए । नेपाली राष्ट्रिय काँग्रेस–जेलमा रहेका नेता टंक प्रसाद आचार्यलाई सभापति बनाउँदै बी.पी.कोईरालालाई कार्यवहाक सभापति चयन गरिएको थियो । नेपाली राष्ट्रिय कांग्रेसमा फुट हुँदा नेपाल प्रजातन्त्र कांग्रेसको जन्म भयो । २००५ साउन १गते कलकत्ता स्कुल स्ट्रिटमा ग...
अन्तरपार्टी महिला संजालद्धारा श्रेष्ठ र गुप्ता सम्मानित

अन्तरपार्टी महिला संजालद्धारा श्रेष्ठ र गुप्ता सम्मानित

CoVid19, आस्था, प्रदेश ५, राजनीति, समाचार
नेपालगन्ज, २० अषाढ - अन्तरपार्टी महिला संजाल बाँकेले एक कार्यक्रम बीच कोरोना संक्रमित भइ जित्न सफल २ जना सदस्यलाई सम्मान गरेको छ । सम्मान हुनेहरुमा अन्तरपाटी महिला संजालका निवर्तमान अध्यक्ष रेखा गुप्ता र सदस्य मिना श्रेष्ठ रहेको अन्तरपार्टी महिला संजाल बाँकेका सचिव अछरी पोखरेलले जानकारी दिनुभयो । अन्तरपार्टी महिला संजालका निवर्तमान अध्यक्ष रेखा गुप्ता र सदस्य मिना श्रेष्ठलाई अन्तरपार्टी महिला संजालका अध्यक्ष अम्बीका काफ्ले पुर्व अध्यक्ष नारायणी रुपाखेति, उपाध्य गीता राना र सचिव अछरी पोखरेलले संयुक्त रुपमा खादा ओढाएर सम्मान गरेका थिए । सम्मान पश्चात आज बसेको संजालको बैठकले ३ वटै निर्वाचन क्षेत्रमा क्षेत्रिय कमिटि, स्थानिय निकाय र उप–महानगरपालिका स्तरीय संजाल गठन गर्ने निर्णय गरेको छ । यसरी गठन गरिने संजालमा सबै राजनीति पार्टीका महिलाहरुलाई समेटेर संजाल निर्माण गरिनेछ । अन्तरपार्...
महासंघद्वारा विधेयक पुर्नलेखनको माग गर्दै ज्ञापनपत्र

महासंघद्वारा विधेयक पुर्नलेखनको माग गर्दै ज्ञापनपत्र

CoVid19, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २० अषाढ – प्रेस स्वतन्त्रता माथि अंकुश लगाउने खालका कानून बनाउनका लागि लुम्बिनी प्रदेश सरकारले प्रदेश सभामा पेश गरेको संचारमाध्यम ऐन २०७७ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पुर्नलेखन गर्न बाँकेका पत्रकारहरुले माग गरेका छन् ।नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीले बाँकेका प्रमुख जिल्ला अधिकारीमार्फत लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई आज आईतबार ज्ञापनपत्र बुझाएका बुझाएका छन् । ज्ञापनपत्र बुझाउँदै महासंघ बाँकेका अध्यक्ष भण्डारीले बिधेयक फिर्ता नलिएर यही अवस्थामा अघि बढेमा थप चरणबद्ध आन्दोलनका कार्यक्रमहरु प्रदेशभरी नै सञ्चालन गर्न बाध्य हुने चेतावनी समेत दिएका छन् ।महासंघका लुम्बिनी प्रदेश समितिका उपाध्यक्ष शुक्रऋषी चौलागाईले विधेयकको प्रस्तावनादेखि अधिकांस धारा उपधारमा सञ्चार माध्यम र सञ्चारकर्मीहरुलाई दण्ड जरिवानादेखि जेल संजायसम्मको प्रावधान राख...
भुसा राख्ने ठाऊँमा, बस्दै सुरक्षा कर्मी !

भुसा राख्ने ठाऊँमा, बस्दै सुरक्षा कर्मी !

अपराध, आस्था, धार्मिक, प्रदेश ५, बिचार, यता पनि, राजनीति, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
विनय त्रिपाठी डुडुवा, २० अषाढ-डुडुवा गाऊँ पालिका वडा नं.१ अन्तर्गत पर्ने प्रहरी चौकी का प्रहरीहरु अशुरक्षित भएको स्थानियहरुको गुनासो रहेको छ । सुरक्षा गर्ने निकाय नै असुरक्षित भए पछि हामी आमजनता कसरी सुरक्षित हुने ? भन्दै राम कुमार बाहुनले भने, प्रहरी चौकी भवन धेरै पुरानो भएकोले पानी चुहिनु र उक्त भवनमा संकटकाल देखि प्रहरी नआउंजेल भुसा रहेकोले उक्त भवनमा सर्पहरु पनि धेरै भएको कारण दिनहु सर्पहरु देखा परिरहेका छन, जसको कारण भवनमा बस्ने प्रहरीहरु असुरक्षित रहेका छन । हाल डुडुवा–१ मा अपराधिक गतिबिधीमा कमी आउनुका साथै समाजमा प्रहरी प्रतिको सकारात्मक छबी झन बढदै गईरहेको छ । यसै सन्दर्भमा सुरक्षा निकायका कारण हामी सुरक्षित भएको महसुस गरी रहेका छौ, भनि ओमकार बनियाले भन्दै, यदि सुरक्षा निकाय नै असुरक्षित छ भने हामी कसरी सुरक्षित हुने, दिन रात खटी हामी आम जनसमुदायलाई सुरक्षा दिने निकाय कै ...
शिक्षक आन्दोलन बारे ध्यानाकर्षण गराउन अन्तर्क्रिया

शिक्षक आन्दोलन बारे ध्यानाकर्षण गराउन अन्तर्क्रिया

CoVid19, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
नेपालगन्ज, २० अषाढ – नेपाल शिक्षक महासंघ, नेपालगन्ज नगर समितिले आफ्ना शैक्षिक मुद्दाबारे स्थानीय राजनैतिक दलहरुका नेतृत्वसँग शनिबार छलफल तथा अन्तरक्रिया गरेकोछ ।शिक्षक महासंघले शिक्षा, विद्यालय शिक्षक–कर्मचारी, बालविकास लगायतका विषयमा सारेको आफ्ना विभिन्न ३४ बुँदे माग तथा औचित्यता बारे जानकार तथा त्यस उपर गम्भीर ध्यानाकर्षण गराउन स्थानीय राजनैतिक दलहरुसँग सो अन्तक्रिया गरेको हो ।सरकारले आफुहरुसँग गरेका महत्वपूर्ण केही सम्झौताहरु अझै कार्यान्वयन नगरेको, शिक्षक तथा उमेर पुगेका विद्यार्थीलाई कोरोना विरुद्धको खोप अविलम्ब लगाइनु पर्ने लगायतका विभिन्न ३४ बुँदे मागहरु राख्दै शिक्षक महासंघले देशभर चरणबद्ध आन्दोलन जारी राखेको छ । तालिका अनुसार आन्दोलनको चौथो चरणमा शुक्रबार मात्रै स्थानीय पालिका स्तरमा तीन घण्टा धर्ना प्रदर्शन गरेको शिक्षक महासंघद्वारा शनिबार आयोजित उक्त छलफल तथा अन्तक्र्रिया...