Wednesday, April 15सत्यम खबर
Shadow

अन्तरपार्टी महिला संजालद्धारा श्रेष्ठ र गुप्ता सम्मानित

नेपालगन्ज, २० अषाढ – अन्तरपार्टी महिला संजाल बाँकेले एक कार्यक्रम बीच कोरोना संक्रमित भइ जित्न सफल २ जना सदस्यलाई सम्मान गरेको छ ।

सम्मान हुनेहरुमा अन्तरपाटी महिला संजालका निवर्तमान अध्यक्ष रेखा गुप्ता र सदस्य मिना श्रेष्ठ रहेको अन्तरपार्टी महिला संजाल बाँकेका सचिव अछरी पोखरेलले जानकारी दिनुभयो ।

अन्तरपार्टी महिला संजालका निवर्तमान अध्यक्ष रेखा गुप्ता र सदस्य मिना श्रेष्ठलाई अन्तरपार्टी महिला संजालका अध्यक्ष अम्बीका काफ्ले पुर्व अध्यक्ष नारायणी रुपाखेति, उपाध्य गीता राना र सचिव अछरी पोखरेलले संयुक्त रुपमा खादा ओढाएर सम्मान गरेका थिए ।

सम्मान पश्चात आज बसेको संजालको बैठकले ३ वटै निर्वाचन क्षेत्रमा क्षेत्रिय कमिटि, स्थानिय निकाय र उप–महानगरपालिका स्तरीय संजाल गठन गर्ने निर्णय गरेको छ । यसरी गठन गरिने संजालमा सबै राजनीति पार्टीका महिलाहरुलाई समेटेर संजाल निर्माण गरिनेछ ।

अन्तरपार्टी महिला संजाल विभिन्न राजनीतिक दलका महिलाहरुको साझा थलो हो । यो संजाल लामो समय राजनीति गर्दै आएका विभिन्न राजनीति पार्टीमा आबद्ध महिलाहरुको संजाल हो । यो संजालले यस अघि महिला उद्यमी सत्य देविकुर्मी र समाजसेवी क्रान्ति भट्टलाई सम्मान गरेको थियो ।

यसैगरी संजालमा आबद्ध महिलाहरुलाई समेटेर अन्तररार्ष्ट्रिय श्रमिक महिला दिवशमा नेपालगन्ज उपमहानगरपालिकाबाट आयोजना गरिएको फुटसलमा फुटबल खलेर तृतिय स्थान प्राप्त गर्न सफल भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *