लियो क्लब अफ नेपालगन्ज सेन्टूल गठन
नेपालगन्ज, १ श्रावण – नेपालगन्ज स्थित एस.ओ.एस. युवालयका युवाहरुको भेलालले लियो क्लब अफ नेपालगन्ज सेन्ट्रल गठन गरेको छ ।लायन्स क्लब अफ नेपालगन्ज सेन्ट्रलका अध्यक्ष ला. विष्णुबहादुर रिमालको अध्यक्षतामा सम्पन्न लायन्स क्लब अफ नेग सेन्ट्रलको पहिलो कार्य विभाजन कार्यक्रममा लियो क्लब अफ नेपालगन्ज सेन्ट्रल गठन गरिएको हो ।सो लियो क्लब लायन्स क्लब अफ नेपालगन्ज सेन्ट्रलका पूर्व अध्यक्ष तथा वर्ष २०२१ तथा २२ एरिया नं. ६ का रिजन चियर पर्सन तुलाराम विश्वासको संयोजकत्व खुलेको तथा ज्ञानेन्द्र श्रेष्ठ तथा अध्यक्ष रिमाल लगायत ला. सेन्ट्रलको सदस्यहरुको सल्लाहकार रहने गरी गठन गरिएको जानकारी गराउनु हुँदै रिजन चियर पर्सन विश्वासले यस लियो क्लबको गतिविधिमा ध्यान दिई समाजमा उल्लेखनीय कार्य गर्नु पर्नेमा जोड दिनुभयो ।
सर्वसम्मत रुपमा लियो अनिता शाही अध्यक्षतामा गठन भएको उक्त क्लबको प्रथम उपाध्यक्ष इन्द्र बु...








