Saturday, November 23सत्यम खबर
Shadow

आयुर्वेद स्वास्थ्य केन्द्रको समिक्षा सम्पन्न

नेपालगन्ज, २३ अषाढ – आयुर्वेद स्वास्थ्य केन्द्र नेपालगन्जको समिक्षा तथा बार्षीक योजना तर्जुमा कार्यक्रम सम्पन्न भएको छ ।
समिक्षा कार्यक्रममा बोल्दै सहायक प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टले अस्पतालमा उत्पादिन फोहोर मैला कहाँ व्यवस्थापन गर्ने समस्या छ तर आयुर्वेदी उपचारमा जडिबुटीको प्रयोग हुने हँुदा यसको प्रयोगबाट फोहोर बस्तु उत्पादन नहुने हुँदा यसको प्रयोग उपयुक्त रहेको बताउनुभयो । उहाँले सरकारले आयुर्वेदलाई महत्व दिएको हुँदा सबै मिलेर आयुर्वेदको विकास र विस्तारमा सहयोग गर्न आग्रह गर्नुभयो ।


प्रमुख अथिति विष्ठले असार मसान्तमा सबै कर्मचारी बजेट फच्युटमा व्यस्त हुने राम्रो किसिमले समय दिएर छलफल गर्न हतार हतार हुने हुँदा बार्षीक समिक्षा आर्थिक बर्षको पहिलो महिना साउनमा राख्नुपर्ने बताउनु भयो ।
सरकारले ल्याएका कार्यक्रम प्रभावकारी हुनु र नहुनुमा कर्मचारीले कतिको इमान्दारीताका साथ काम गर्छन् भन्नेमा भरपर्ने आयुर्वेद स्वास्थ्य केन्द्र विकास समितिका अध्यक्ष जनकराम भण्डारीले जानकारी गराउनुभयो ।


आयुर्वेद स्वास्थ्य केन्द्र बाँकेद्धारा आयोजित बार्षिक समिक्षा तथा योजना तर्जुमा कार्यक्रममा बौल्दै अध्यक्ष भण्डारीले सरकारी कर्मचारी अनुशासन विर्सन नहुने बताउँदै अनुशासनमा बसी सेवालाई प्रभावकारी बनाउनु पर्ने बताउनुभयो । उहाँले स्वास्थ्य क्षेत्रमा रहेका स्वास्थ्यकर्मीहरुले गलत गर्न नहुने भन्दै प्रशासनिक कागत बिग्रे च्यातेर अर्को लेख्न मिल्ने तर डाक्टरले दिएको ओैषधिले कुनै मान्छे मर्यो भने क्षम्य नहुने भन्दै स्वास्थ्य क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मीलाई सतर्क रहेर काम गर्न आग्रह गर्नु भयो ।


अस्पताल विकास समितिका सदस्य अछरी पोखरेल कुनै पनि संस्थालाई बलियो बनाउनको निम्ति समिक्षा आवश्यक पर्ने बताउँदै बर्षभरीमा के राम्रा काम गरियो र के काम गर्न सकिएन ? आगामी योजना र कार्यक्रम के के रहने ? कुन कार्यक्रम प्रभावकारी भयो र कुन कार्यक्रम प्रभावकारी भएन भनी समिक्षा गरी राम्रा कामलाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।
यसैगरी जिल्ला समन्वय समितिका अध्यक्ष अजय श्रीवास्तवले महेन्द्र बहुमुखी क्याम्पसलाई विश्वविद्यालय बनाउने र आयुर्वेद स्वास्थ्य केन्द्रमा अस्पताल बनाउने कुरा मैलै एकै दिनको निर्णयबाट पारित गरेर पठाएको हँु कार्यान्वयन भयो अस्पताल तपाईहरुले बनाउनुस् भन्नुभयो ।

समिक्षा कार्यक्रममा आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख अनिलकुमार चौधरीले बर्ष भरी भए गरेका काम र आगामी बर्षको कार्ययोजना समित प्रगति प्रवेदन प्रस्तुत गर्नु भएको थियो । उहाँले एकजना कर्मचारीको मृत्यु भएका कारण एउटा दरवन्दी खाली रहेको र स्वास्थ्य स्वयंसेवी परिचालन गरी गरिएको कार्यक्रम प्रभावकारी रहेको बताउनु भयो । समिक्षा बैठकमा राप्तीसोनारी, खजुरा, नरैनापुर, आयुवेद स्वास्थ्य केन्द्र नेपालगन्ज गरी ४ वटा गाउँपालिकाका आयुर्वेद स्वास्थ्यकर्मीद्वारा आ–आफ्नो प्रगति प्रतिवेद पेश गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *