पार्टीमा ३३ प्रतिशत महिला सहभागीता हुनुपर्ने जाेड
नेपालगन्ज, १९ अषाढ - राजनीति पार्टीमा ३३ प्रतिशत महिला सहभागीता गराउने कुरा संविधानमा नै उल्लेख गरीसकेको हुँदा हामीले मागी राख्ने होइन पार्टीले अनिवार्य रुपमा पुरा गर्ने कुरा हो । हामीले माग्ने भनेको ५०प्रतिशत हो त्यसको निम्ति हामी महिलाहरुले पनि पार्टीका नीति, विधि, पार्टी पद्धतिका सवालमा चासो राख्ने, अध्ययन गर्ने, जिम्मेवारी लिने र पुरा गर्ने गर्नु पर्छ यसको साथै महिला नेताहरु जबजको बारेमा पनि जानकार हुनुपर्ने भन्दै प्रमुख अथिति तथा अनेमसंघ केन्द्रिय सचिवालय सदस्य दिपा शर्माले अनेमसंघले जनताको बहुदलिय जनबादका बारेमा प्रशिक्षण दिनुपर्ने बताउनु भयो ।
अनेमसंघ बाँकेद्धारा आयोजित केन्दिय सदस्यहरुको बैठकमा बोल्दै उहाँले अगामी चुनावमा महिला सहभागीता बढाउन आजैदेखि महिलाको क्षमता बढाउनतिर लाग्नु पर्ने बताउनु भयो ।
अनेमसंघ केन्द्रिय सदस्य अछरी पोखरेलले महिलाको क्षमता बढाउनको निम्ति पार्टीले ...









