Friday, November 22सत्यम खबर
Shadow

खुम्चिदै गईरहेको प्रतिभालाई उजागर गर्न, एक पाईला !

महेश बर्मा ।
बाँके, २५ अषाढ –नेकपा एमाले डुडुवाले खेलकूद सामग्रीको अभावमा प्रतिभा खुम्चिंदै गई रहेका युवाहरुलाई खेलकूद सामग्री हस्तान्तरण गरेको छ ।

डुडुवा गाऊँ पालिका वडा नं.३ मा रहेका युवाहरुलाई उनीहरुको प्रतिभा प्रस्फुटनका लागि उक्त सामग्री बितरण गरिएको बताईएको छ । ब्याट थान २, स्ट्याम्प थान ३, मेट्रिक्स बाल थान ३, ग्लब्स एक जोडी लगायतका सामग्रीहरु हस्तान्तरण गरिएको हो । स्थानीय खेलाडी अर्जुन बर्माले हर्षित हुंदै अब हामीहरु यस गाऊँ पालिका अन्तर्गत हुने सबै क्रिकेट प्रतियोगितामा उत्कृष्ट आएर देखाउने छौ । हामीहरु संग खेल सामग्रीको अभावका कारण प्रतियोगितमा भाग लिंदा खेल सामग्रीका लागि अरु टीमको मुख हेर्ने दिन गयो । हाल सम्म हामी स्थानीय सरोकारावाला निकायहरु सम्म पुगी पटक पटक उक्त सामग्री नियमानुसार मांग गर्दा पनि बहाना बनाई आलटाल गर्दै आएको, के हामी डुडुवा गाऊँ पालिकाका वासी होइनौ ? किन हामीहरुलाई हेला गरेको ? भनी दुःख ब्यक्त गर्दै नेकपा एमालेलाई धन्यवाद दिनु भएको हो ।

बिगतमा यि युवाहरुको समुहले अन्य वडा, गाऊँ पालिका, नगर पालिका लगायत पडोसी राष्ट्र भारतबाट बिभिन्न क्रिकेट प्रतियोगिता जीत हासिल गरी मेडल, कप र शील्डहरु प्राप्त गरेता पनि हाल सम्म स्थानिय सरकार ध्यान पुग्न सकेको छैन । प्रत्येक बर्ष बजेट बिनियोजन हुंदा खेलकूदमा बिनियोजित बजेटबाट हाल सम्म यस्ता धेरै युवाहरु बञ्चित हुंदै आएको हुनाले यस तर्फ स्थानीय सरकारले ध्यान दिन जरुरी रहेको स्थानीय बासीहरुको भनाई रहेको छ ।

उक्त हस्तान्तरण कार्यक्रममा नेकपा एमाले डुडुवा गाऊँ पालिकाका अध्यक्ष सकील खाँले उक्त सामग्री हस्तान्तरण गर्दै नेकपा एमाले र आफुले सके सम्म युवाहरुलाई कुनै पनि समस्या आउन नदिने प्रतिबद्धता ब्यक्तm गर्नु भएको छ । आजका युवा हाम्रो गाऊँ पालिकाको मात्र नभई देश कै उन्नतीमा बल पु¥याउने शसक्त आधार हुन तसर्थ युवाहरुलाई बेस्ता गर्नेहरु आफै समाप्त भएर जाने कुरा भनेका हुन ।

उक्त कार्यक्रममा नेकपा एमाले डुडुवा ३ का इन्चार्ज मो.सगीर खाँ, अनेरस्वबियूका जिल्ला सदस्य मेहश बर्मा, नेकपा एमाले जिल्ला कमिटी सदस्य जमील खाँ, संचारकर्मी विनय राज त्रिपाठी र स्थानीय अधिकार कर्मी शिव जयसवाल लगायतको उपस्थित रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *