Friday, March 14सत्यम खबर
Shadow

जसपाद्वारा भवानी प्राविमा बृक्षारोपण

नेपालगन्ज, १८ भाद्र – नेपालगन्ज उपमहानगरपालिका २० मदनापुरस्थित श्री भवानी प्राविमा आज शुक्रबार बृक्षारोपण गरिएको छ । जनता समाजवादी पार्टी (जसपा)ले ‘रुख रोपौ वातावरण, अक्सिजन, मानव जिवन र धर्ती मातालाई बचाउ’ भन्ने अभियान अन्तर्गत विभिन्न जातका ५१ वटा रुख रोपिएको हो ।


एक महिने अभियान अन्तर्गत अभियानको तेस्रो चरणमा श्री भवानी नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा बृक्षारोपण गरिएको जसपा बाँकेका जिल्ला अध्यक्ष मोहम्मद कमरुद्दिन राईले बताए । उनले रुखले वातावरणलाई स्वच्छ र सफा राख्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।
उनले बृक्षारोपणले विद्यालयलाई फाइदा पुग्ने जानकारी गराउँदै विद्यालयमा मात्र नभएर टोल–टोल हुँदै घरघरमा विरुवा रोप्न सम्पूर्ण नगरबासीलाई आग्रह गरेका छन् ।


संघीय सांसद तथा पूर्वमन्त्री मोहम्मद इस्तियाक राइको नेपालगन्जलाई हरित नगर बनाउने सपनालाई साकार पार्न रुख रोप्ने अभियान सुरु गरिएको उनले बताए ।
यसअघि उक्त वडाकै आदर्श उच्च मावि गायत्री धाममा ७० विरुवा रोपिएको थियो । वृक्षारोपण कार्यक्रममा जसपा बाँकेका उपाध्यक्ष राजन रानामगर, सचिव राजेन्द्र बिश्वकर्मा, नगर अध्यक्ष श्रवण यादव, जसपा लुम्बिनी प्रदेश लेखा संयोजक कौशल धोबी, बाँके क्षेत्र न ३ का अध्यक्ष राजीव बर्मा, क्षेत्र न २ ख इन्चार्ज रमारानी वैश्य, विद्यालय व्यवस्थापन समितिका सदस्य भुवन बुढाथोकी र सुनिता बिक, पुर्व अध्यक्ष रुपलाल थापा बिद्यालयका प्रधानाध्यापक दिलमाया पुनलगायतको सहभागीता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *