Friday, March 14सत्यम खबर
Shadow

११ संस्थाहरुद्वारा बृहत रक्तदान

नेपालगन्ज, १५ भाद्र – बाँकेको नेपालगन्जमा रक्तदान जीवनदान मूल नाराका साथ कोरोना महामारीको कारण रक्त सञ्चार सेवाहरुमा भई रहेको रगत अभावलाई ध्यानमा राखी विभिन्न ११ वटा संघ संस्थाहरुद्वारा आयोजित रक्तदान कार्यक्रममा ४१ जनाले भाद्र १५ गते मंगलवार रक्तदान गरेका छन् ।
सो कार्यक्रममा नेपालगन्ज मेडिकल कलेज नेपालगन्जका वरिष्ठ फिजिसियन डा. सुभाष योगीले १ पिन्ट रगत दिएर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । भने रक्तदान जीवनदान मूल नाराका साथ आयोजित रक्तदान कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्र नेपालगन्जका अध्यक्ष दिपेन्द्र श्रेष्ठले रगत संकलन गर्ने पाकेट प्राविधिकलाई हस्तान्तरण गर्नुभएको थियो ।


सो रक्तदान कार्यक्रममा राजेश शर्मा, टंक बोहरा, महेन्द्र बिष्ट, आशीष जायसवाल, रवि थापा, मोहम्मद करीम मियाँ, अनुज शर्मा, रोशन केसी, बिजय चौधरी, पूजा कडेल, पूजा चन्द, मुस्कान रिजाल, शरद रिजाल, धिरज कुमार दास, प्रकाश थारु, बिशाल थारु, भुवन खडका, दिपेश गजमेर, अदित थारु, किरन ओली, अमृत तामाङ्ग, सिद्धाथ थापा, डा. मनजीत कुमार, नितिन कार्की, नरेन्द्र शाह, बिशेष भुषाल, कल्पना केसी, व्यापक राज शोली, तिलक नाथ यादव, हरि राना, राजु सुवेदी, मनोज ओली, निराजन शाही, संदिप श्रेष्ठ, निलराज अधिककारी, माधव प्रसाद बेल्वासे, प्रिन्स गुप्ता, मिथिलेश कुमार चौरसिया, दिपक गिरी लगायतले रक्तदान गर्नुभएको थियो । रक्तदान कार्यक्रमको संयोजकमा जेसी आदित्य गुप्ता, सहसंयोजकमा जेसी प्रकाश कुवँर र नेपालगन्ज जेसीज २०२१ का अध्यक्ष रेशमलाल चपागाई लगायतको सहभागिता रहेको थियो भने सो कार्यक्रममा प्राविधिकलाई मायाको चिनो पनि प्रदान गरिएको थियो ।


नेपालगन्जको सुर्खेतरोडमा रहेको वेष्टर्न मलमा रक्तदान कार्यक्रमको आयोजना गरिएको, प्रायोजकमा सामानता बचत तथा ऋण सहकारी संस्था लिमिटेड नेपालगन्ज रहेको, आयोजकमा नेपालगन्ज जेसीज, कसौंधन बैश्य समाज युवा मञ्च नेपालगन्ज, बास, सामुदायिक प्रहरी सेवा केन्द्र नेपालगन्ज, नेपाल मानव धर्म नेपालगन्ज, बेटर बाँके लगायत संघ संस्थाको आयोजनामा रक्तदान गरिएको थियो ।
सो रक्तदान कार्यक्रममा प्रादेशिक रक्त सञ्चार सेवा केन्द्र नेपालगन्जका होमराज गिरी, सुनिल रत्गैया, महेश राना क्षेत्री, खगेन्द्र भट्टराई, केसरसिंह डाँगी, प्राविधिकमा सहयोग गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *