अबिरल बर्षाले घरहरु भस्किंदै !
अपराध, अवधी, आर्थिक, आस्था, कला/साहित्य, खेल, धार्मिक, प्रदेश ५, बिचार, मौसम, यता पनि, राजनीति, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
महेश चौधरीडुडुवा, भाद्र ११–अबिरल बर्षाका कारण बाँकेको डुडुवा गाऊँ पालिका वडा नं.१, २, ३, ४ र ५ को अधिकतर गाऊँहरु डुबानमा पर्ने सम्भावना बढदै गईरहेको छ ।
वडा नं.१ स्थित पिपरहवा र कन्धैपुर्वाको बीचमा रहेको सडक डुडुवा खोलाले कटान गरी रहेको कारण स्थानीयहरु आवत जावतमा समस्या हुने भनी गुनासो गरेका छन । उक्त बाटो कटे हाम्रो गाऊँ डुबानमा पर्ने भनि स्थानिय वासीहरुको भनाई रहेको छ । डुडुवा खोला नजीक रहेको प्रायः जसो गाऊँहरु डुबानमा पर्ने सम्भावना बढीरहेको देखिन्छ ।
यसै गरी अबिरल बर्षाले गर्दा गाऊँ भित्र पानी जमी घरहरु भस्किरहेका छन । डुडुवा वडा नं.३ स्थित बनकटवा गाऊँमा आज परेको पानीले गर्दा गणेश खटिकको घर भस्किएको हो । राती पानी पर्दा घरको दिवाल खस्ने आवाज आउने बित्तिकै घरबाट बाहिर भागी आएको, घरमा रहेको लत्ता कपडा, धान गहूं समेतको नोक्सानी भएता पनि मानवीय क्षति नभएको कुरा खटिकले बताउनु ...









