
गोधूलि कला साहित्य प्रतिष्ठानको वार्षिकोत्सवमा अभिनन्दन, सम्मान तथा पुरस्कार
काठमाडौं, ३० बैशाख – गोधूलि कला साहित्य प्रतिष्ठानले आफ्नो वार्षिकोत्सवको अवसरमा यहाँँ साहित्यकारहरुलाई अभिनन्दन, सम्मान तथा पुरस्कार वितरण कार्याक्रमको आयोजना गरेको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानको सभाकक्षमा आयोजना गरिएको प्रतिष्ठानको उन्नाइसौँ वार्षिकोत्सव कार्यक्रममा पुरस्कार, सम्मान तथा अभिनन्दन अर्पण गरिएको हो ।
वरिष्ठ कवि तथा संस्कृतिविद् तुलसी दिवसको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका संस्थापक अध्यक्ष होमनाथ सुवेदीलाई गोधूलि वाङ्गमय शिखर अभिनन्दनले अभिनन्दित गरिएको थियो । सुवेदीलाई अरनिको अभियान, नोवेल साकोस साहित्य संस्था, संस्कार समाज नेपाल, एन्जल्स् वल्र्ड इन्टरनेशनल एकेडेमी, पौरखी हातहरू राष्ट्रिय पत्रिका परिवार लगायत संघसस्थाहरुले सामूहिक रुपमा अभिनन्दन गरेका थिए ।
त्यसैगरि वरिष्ठ कवि लक्ष्मी मालीलाई गोधूलि काव्यश्री सम्मान...