Sunday, May 10सत्यम खबर
Shadow

आस्था

शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
कोहलपुर, २७ बैशाख – बाँके कोहलपुरको शिखा एकेडेमीले राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि जितेको छ । शिखा एकेडेमी र नेपालगन्ज स्वीमिङ क्लबले शनिबार कोहलपुरमा आयोजना गरेको दोस्रो शिखा स्कुल स्तरीय राष्ट्रिय पौडी प्रतियोगितामा १३४ अंक ल्याएर शिखा स्कुलले उपाधि जितेको हो । प्रतियोगितामा लिटिल एञ्जल्स स्कुल ललितपुर १०१ अंक ल्याएर दोस्रोर १९ अंक ल्याएर बागेश्वरी एकेडेमी कोहलपुर तेस्रो, ८ अंक ल्याएर सोफिया रेसिडेन्सियल स्कुल नेपालगन्ज चौथो र ५ अंक ल्याएर लुम्बिनी वल्र्ड स्कुल रुपन्देही पाँचौं भएको पौडी प्राविधिक चन्द्रराम चौधरीले जानकारी दिनुभयो । प्रतियोगितामा लिटिल एञ्जल्स स्कुलबाट ६/६ वटा स्वर्ण पदक जितेरछात्र विभुषण शाक्य र छात्रा लुनिरा शाक्य सर्वोत्कृष्ट खेलाडी घोषणा भए । प्रतियोगितामा देशभरीका २४ वटा विद्यालयका १०२ जना विद्यार्थीले भाग लिएका थिए । कार्यक्रममा आयोजक शिखा एक...
प्रदेश सुशासन केन्द्र दाङ सार्ने प्रयास, बाँकेमा बिरोध

प्रदेश सुशासन केन्द्र दाङ सार्ने प्रयास, बाँकेमा बिरोध

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २६ बैशाख - प्रयाप्त पूर्वाधार र संरचना हुँदा-हुँदै नेपालगन्ज १४ महेन्द्रनगरमा रहेको प्रदेश सुशासन केन्द्रलाई बाँकेबाट दाङ सार्ने तयारी भईरहेको छ । लुम्बिनी प्रदेश सरकारले बिना कारण दाङ सार्न थालेको हो । मूख्य मन्त्री कार्यालयको मातहतमा सो केन्द्र रहेको छ । २०७६ सालमा संघीय सरकारले स्थानीय बिकास प्रशिक्षण केन्द्र अन्तरगतका प्रशिक्षण केन्द्रहरु सम्बन्धित प्रदेशलाई हस्तान्तरण गरेको थियो । महेन्द्रनगरमा रहेको ग्रामिण प्रशिक्षण केन्द्रमा लामो समय देखि प्रदेश सुशासन केन्द्र संचालन हुँदै आएको थियो । प्रदेश सुशासन केन्द्रको लागि प्रदेश सरकारले करोडौं खर्च गरेर भवन, हल पुननिर्माण गरेकोमा एकाएक दाङ सार्ने गरि निर्णय हुन लागेको जानकारी प्राप्त भएपछी सो को बिरोध गरिएको छ । आज नेपालगन्जमा सम्पन्न सरोकारवालाहरुको बैठकका सहभागिहरुले बिना कारण केन्द्र सार्न खोज्नु गलत भएको भन...
उपमहानगरद्वारा खेलाडीहरुलाई सम्मान (फोटोफिचरसहित)

उपमहानगरद्वारा खेलाडीहरुलाई सम्मान (फोटोफिचरसहित)

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २५ बैशाख – नेपालगन्ज उपमहानगरपालिकाले स्थानिय, राष्ट्रिय, अन्तर्राष्ट्रिय खेलाडीहरुलाई एक साथ सम्मान गरेको छ । नेपालगन्ज उपमहानगरपालिकामा आज आयोजित सम्मान कार्यक्रममा २०२५ जुलाई १६ देखि १९ सम्म थाईल्याण्डको पटायामा सम्पन्न १२ औं वल्र्ड स्टे«न्थ लिफ्लि· तथा इन्फलाइन बेन्च प्रेश प्रतियोगितामा बाँके जिल्लाबाट प्रतिनिधित्व गरी पदक प्राप्त विजयी खेलाडीहरुमा सन्तोष काजी श्रेष्ठ -सिल्भर), मोहित गुप्ता -गोल्ड तथा कास्य) र करण बाडिया -गोल्ड र सिल्भर) मेडललाई उपमहानगर प्रमुख प्रशान्त बिष्ट, ओम फिटनेश सेन्टरका लाभराज श्रेष्ठ लगायतले सम्मान गरेका छन् । उक्त सम्मान कार्यक्रममा स्थानिय स्तरमा अन्य खेलमा सहभागी खेलाडीहरुलाई समेत सम्मान गरिएको थियो । सम्मान कार्यक्रमका प्रमुख अतिथि उपमहानगर प्रमुख बिष्टले – खेलाडीहरुको प्रोत्साहन स्वरुप आउने बजेटमार्फत बजेट बिनियोजित गरिनुका ...
१८ नं. वडामा २४५ मिटर आरसीसी नाला तथा सडक स्तरोन्नति कार्यको शिलान्यास

१८ नं. वडामा २४५ मिटर आरसीसी नाला तथा सडक स्तरोन्नति कार्यको शिलान्यास

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २४ बैशाख - नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ का वडा अध्यक्ष दीपककुमार बर्माले पशुपति नगर क्षेत्रमा रु २१ लाखको लागतमा निर्माण हुन लागेको २४५ मिटर आरसीसी नाला तथा सडक स्तरोन्नति कार्यको आज एक कार्यक्रम बीच शिलान्यास गर्नुभएको छ। स्थानीय बासिन्दाको उपस्थितिमा सम्पन्न शिलान्यास कार्यक्रममा वडा अध्यक्ष बर्माले वडा नं. १८ मा तीव्र रूपमा विकास निर्माणका कार्य अगाडि बढिरहेको बताउनुभयो। उहाँले यसअघि पनि विभिन्न टोल तथा क्षेत्रमा सडक, नाला तथा पूर्वाधार निर्माणका योजनाहरूको शिलान्यास गरिसकिएको र अधिकांश योजनाहरू निर्माणको चरणमा रहेको जानकारी दिनुभयो। वडा अध्यक्ष बर्माका अनुसार चालु आर्थिक वर्ष भित्र वडा नं. १८ मा अझ डेढदेखि दुई दर्जनसम्म नयाँ सडक तथा पूर्वाधार योजनाहरू शिलान्यास गर्ने तयारी रहेको छ। “जनतासँग गरेका प्रतिबद्धता पूरा गर्ने लक्ष्यसहित विकास निर्माणलाई प्र...
विशेष खोज: भेरी अस्पतालको ‘अपरेशन लुट’— ५० लाखको खरिदमा ३५ लाख नाफा, कमिसनकै लागि १ करोडका औषधि कुहाइयो !

विशेष खोज: भेरी अस्पतालको ‘अपरेशन लुट’— ५० लाखको खरिदमा ३५ लाख नाफा, कमिसनकै लागि १ करोडका औषधि कुहाइयो !

अपराध, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगञ्ज, बाँके। बाहिरबाट हेर्दा भेरी अस्पताल लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हजारौं गरिब बिरामीहरूको ‘जीवनदायिनी’ संस्था हो। तर, यसका बन्द कोठाहरूभित्र पसेर हेर्दा यो अस्पताल बिचौलिया, भ्रष्ट कर्मचारी र माफियाहरूको ‘लुटको स्वर्ग’ बनिसकेको छ। ​हाम्रो खोजमूलक डेस्कले महिनौं लगाएर संकलन गरेका गोप्य सरकारी कागजात, स्वास्थ्य मन्त्रालयका पत्र, अख्तियारको अनुसन्धान विवरण, चुहावट भएका ह्वाट्सएप संवाद र गोदामभित्रका तस्बिरहरूले भेरी अस्पतालभित्रको डरलाग्दो ‘मेडिकल क्राइम’को पर्दाफास गरेका छन्। यस महाघोटालाका मुख्य योजनाकार हुन्— अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) र उनका विश्वासपात्र तत्कालीन फार्मेसी/स्टोर इन्चार्ज उदय वीर शाही। ​एक सामान्य कर्मचारीदेखि ‘BYD’ गाडी चढ्ने करोडपतिसम्मको उदय वीर शाहीको यात्रा र भेरी अस्पतालको बर्बादीको पूर्ण फेहरिस्त यस प्रकार छ: ​१. मेहलकुनादेखिको ठगी र भ...
राष्ट्रिय पौडी प्रतियोगिता २६ वैशाखमा हुँदै

राष्ट्रिय पौडी प्रतियोगिता २६ वैशाखमा हुँदै

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
कोहलपुर, २३ बैशाख – बाँकेमा आगामी २६ वैशाखमा अन्तर विद्यालय स्तरीय राष्ट्रिय पौडी प्रतियोगिता हुने भएको छ । शिखा एकेडेमी कोहलपुर र नेपालगन्ज स्वीमिङ क्लबले संयुक्त रुपमा दोस्रो शिखा अन्तर विद्यालय स्वीमिङ च्याम्पियनसीप २०८३ आयोजना गर्न लागेका हुन् । मंगलबार कोहलपुरमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगितामा देशभरका १८ विद्यालयका एक सय बढी खेलाडीले भाग लिने निश्चित भइसकेको खेल संयोजक सूर्यमणि अधिकारीले जानकारी दिनुभयो । प्रतियोगितामा ८, १०, १२, १४, १७ र सो भन्दा माथि उमेर समूहका छात्र र छात्राबीच पौडीका २४ वटा इभेन्टमा प्रतिष्पर्धा हुने प्रतियोगिताका प्राविधिक चन्द्रराम चौधरीले बताउनु भयो । ८ र १० वर्ष मुनिका खेलाडीले २५ मिटर र सो भन्दा माथिका उमेर समूहले ५० मिटर र १०० मिटरमा प्रतिष्पर्धा गर्नेछन् । खेलाडीले फ्रि स्टाइल, ब्याक स्टोक, बेस्ट स्टोक र बटर फ्लाइ गरी चार वटा स्टोकमा सहभागिता...
क्रिकेट खेलाडीहरुलाई गौर स्मृतिद्वारा सम्मान (फोटोफिचरसहित)

क्रिकेट खेलाडीहरुलाई गौर स्मृतिद्वारा सम्मान (फोटोफिचरसहित)

आर्थिक, आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २० बैशाख – नेपालगन्ज उपमहानगरपालिका वडा नं. ५ को वडा कार्यालयद्वारा खेलाईएको वडा स्तरीय क्रिकेट प्रतियोगितामा वडा नं. ४ को टीम प्रथम भएको छ । शनिबार सम्पन्न फाईनल क्रिकेट प्रतियोगितामा वडा नं. ४ को क्रिकेट टीम प्रथम भएपछि गौरव स्मृति तथा विओर सेल्फ फाउण्डेशनद्वारा प्रथम हुने टीमका विजयी खेलाडीहरुलाई सम्मान गरिएको छ । आज आईतबार गौरव स्मृति तथा विओर सेल्फ फाउण्डेशनको कार्यालयमा एक कार्यक्रमको आयोजना गरी विजयी खेलाडीहरुलाई दोसल्लाह ओढाई सम्मान गरिएको छ । प्रमुख अतिथि एवम् जग्गादाता बर्माले खेलाडीहरुको उ्रत्कृष्ट क्रिकेट खेलको प्रशंसा गर्दै आउने दिनमा थप सफलताको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा गौरव स्मृति तथा विओर सेल्फ फाउण्डेशनका संरक्षक प्रदीप शाहले हाम्रो वडा नं. ४ का खेलाडीहरुले आज जिल्ला मै वडाको नाम बनाउन सफल भएकोमा हार्दिक बधाई तथा आउने दिनमा देश मै उक्...
हुलाकी राजमार्ग खजुरा खण्डको सडक फराकिलो बनाउन माग गर्दै हस्ताक्षर संकलन

हुलाकी राजमार्ग खजुरा खण्डको सडक फराकिलो बनाउन माग गर्दै हस्ताक्षर संकलन

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
खजुरा, २० बैशाख – स्तरोन्नतीको चरणमा रहेको नेपालगन्ज–गुलरिया सडक खण्डको खजुरा बजार क्षेत्रको सडक फाराकिलो बनाउन माग गर्दै स्थानीयबासीले पहल सुरु गरेका छन् । ठेक्का सम्झौता भएर हाल निर्माणाधीन अवस्थामा रहेको खजुरा बजार खण्डको १८०० मिटर सडक फराकिलो बनाउन माग गर्दै स्थानीयबासीले पहल सुरु गरेका हुन् । खजुरा बजार क्षेत्रको दाँया र बाँया दुबैतर्फ ४ लेन सडक सहित फराकिलो सडक निर्माण सम्पन्न हुँदा बजार क्षेत्रमा साँघुरो र अब्यवस्थित सडक बन्दै गरेको भन्दै फराकिलो सडक निर्माणका लागि पहल स्वरुप स्थानीयले हस्ताक्षर संकलन गरेका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा)का स्थानीय नेताहरुको अगुवाईमा हस्ताक्षर अभियान थालिएको रास्वपाका खजुरा गाँउ समितिका नेता विजय गुरुङले बताए । उनले हाललाई सडक किनारमा रहेको फुटपाथलाई ढलदेखि पछाडी सारेर दुबै तर्फ १–१ मीटर सडक पराकिलो बनाएर कालोपत्रे गर्न हुलाकी ...
वडा नं. १८ मा २० लाखको लागतमा नाला तथा पीसीसी सडक निर्माण कार्यको शिलान्यास (फोटोफिचरसहित)

वडा नं. १८ मा २० लाखको लागतमा नाला तथा पीसीसी सडक निर्माण कार्यको शिलान्यास (फोटोफिचरसहित)

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १७ बैशाख – नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ का वडा अध्यक्ष दिपक वर्माले माथिल्लो तेजनगरमा रु २० लाखको लागतमा नाला तथा पीसीसी सडक निर्माण कार्यको शिलान्यास गर्नु भएको छ । उक्त आयोजना अन्तर्गत १६० मिटर नाला र १३० मिटर पीसीसी सडक निर्माण गरिने बताईएको छ । शिलान्यास कार्यक्रममा स्थानीय टोलबासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो भने उनीहरूमा खुसी र उत्साह देखिएको थियो । कार्यक्रममा बोल्दै वडा अध्यक्ष वर्माले विकास निर्माणका काममा आफू सधैं जनताप्रति प्रतिबद्ध र सक्रिय रहने बताउनुभयो । वडाअध्यक्ष वर्माले ‘विकास भनेको हाम्रो साझा सपना हो र त्यो सपनालाई वास्तविकतामा रूपान्तरण गर्ने यात्रामा हामी निरन्तर अघि बढिरहेका छौं’ भनी बताउनुभयो । महँगीका कारण धेरै स्थानमा विकास निर्माणका काम प्रभावित भइरहेको अवस्थामा वडा नं. १८ मा भने सक्रियताका साथ कामहरू अगाडि बढिरहेको स्थानी...
सन्त निरंकारी मण्डलद्वारा ८५ जनाले गरे रक्तदान

सन्त निरंकारी मण्डलद्वारा ८५ जनाले गरे रक्तदान

आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १३ बैशाख – æरगत नालीमा होइन, नाडीमा बगाऔंÆ मूल नाराका साथ मानव एकता दिवस -२५ अप्रेल) को अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरी ३० जना महिला सहित ८५ जनाले रक्तदान गरेका छन् । सन्त निरंकारी मण्डल नेपाल नेपालगन्ज शाखाका अध्यक्ष -मुखी) शिवप्रसाद गोडियाका अनुसार २०औं पटक आयोजित रक्तदान कार्यक्रममा बाँके जिल्ला बाहेक अन्य जिल्लाको बिभिन्न स्थानबाट र छिमेकी मित्र राष्ट्र भारतको बहराइच र रुपैडिहा लगायत स्थानबाट महिला पुरुष गरी ८५ जनाले रक्तदान गरेका छन् । नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.६ फुल्टेक्रा स्थित रहेका सन्त निरंकारी मण्डल नेपाल, नेपालगन्ज शाखाको आफ्नै भवनमा आयोजना गरिएको रक्तदान कार्यक्रममा सन्त निरंकारी मण्डल नेपाल नेपालगन्ज शाखाका अध्यक्ष -मुखी) शिवप्रसाद गोडिया, माया बस्याल, लक्ष्मी पुन मगर, राहुल कश्यप, गौतम कश्यप, लक्ष्मी बिष्ट, दिपेन्द्र नाउँ, सुरजप्रकाश गोडि...