Sunday, September 27सत्यम खबर
Shadow

आस्था

सन्त शिरोमणि तुलसीदासजीको ५२४ औं जयन्ती मनाईयो

सन्त शिरोमणि तुलसीदासजीको ५२४ औं जयन्ती मनाईयो

CoVid19, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १ भाद्र – बाँके जिल्लाको नेपालगन्जमा अवधी (हिन्दी भाषा सँस्कृतिका महान पण्डित, भक्त कवि, सन्त शिरोमणि तुलसीदास जी महाराजको ५२४ औं जयन्ती तथा अवधी दिवसको रुपमा अवधी महोत्सव –२०७८ श्रावण ३१ आइतवार मनाईएको छ ।अवधी साँस्कृतिक प्रतिष्ठान केन्द्रिय कार्य समितिको आयोजनामा सम्मान, बिचार गोष्ठी तथा बहुभाषिक कविता, गोष्ठी सम्पन्न भएको थियो ।नेपालगन्ज उद्योग बाणिज्य संघका निर्वतमान अध्यक्ष तथा कसौंधन बैश्य सेवा समाजका अध्यक्ष नन्दलाल बैश्यको अध्यक्षतामा मधेशी आयोग नेपालका सदस्य बिजयकुमार गुप्ताको प्रमुख आतिथ्यमा, बिशिष्ठ अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव तथा वरिष्ठ कथाकार सनतकुमार रेग्मी, अतिथि भेरी अस्पताल नेपालगन्जका वरिष्ठ चिकित्सक तथा नेपाल भारत मैत्री समाजका अध्यक्ष डा. श्यामसुन्दर यादव, अतिथि गुल्जारे अदब नेपालगन्जका अध्यक्ष हाजी अव्दुल लतीफ शौक, अन्जुमन शाहकारे उत्तर...
डुडुवा-५ लाई बालविवाह मुक्त वडा घोषणा गरिंदै

डुडुवा-५ लाई बालविवाह मुक्त वडा घोषणा गरिंदै

CoVid19, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
डुडुवा, ३२ श्रावण - बाँकेको डुडुवा गाउँपालिका वडा नं. ५ लाई बाल विवाह मुक्त वडा घोषणा गर्न डुडुवा गाउँपालिका अहिले प्रयासरत छ । आज बसेको पालिका स्तरीय बाल अधिकार समितिका संयोजक उपाध्यक्ष शाहिदा बानोको अध्यक्षतामा बसेको बैठकले वडा नं. ५ लाई बाल विवाह मुक्त वडा घोषणा गर्ने निर्णय गरेको छ । पालिका स्तरीय बाल अधिकार समितिका संयोजक उपाध्यक्ष शाहिदा बानोले अन्य पालिकाले आफनो वडा बाल विवाह मुक्त वडा घोषणा गरे पनि डुडुवा गाउँपालिका मधेशी बस्ती भएको हुदाँ अहिले सम्म वडा बाल विवाह मुक्त हुन नसकेको तर पनि वडा नं.५ मिश्रित बस्ती भएकोले घोषणा गर्न लागेको बताउनु भयो । डुडुवाको वडा नंं.५ मा गठन भएको जनचेतना किशोरी क्लबका किशोरीहरुको सक्रियतामा घरदैलो अभियानमा सक्रिय भई लागि पछि वडा नं.५ लाई असोज महिना भित्र बाल विवाह मुक्त वडा घोषणा गने बाल अधिकार समितिले निर्णय गरेको छ । पालिका स्तरीय बाल अधिकार स...
छात्रा कलेज सञ्चालनका लागि समिति गठन

छात्रा कलेज सञ्चालनका लागि समिति गठन

CoVid19, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ३० श्रावण – नेपालगन्जमा सञ्चालन गर्न लागिएको छात्रा कलेज सञ्चालनका लागि सञ्चालक समिति गठन गरिएको छ ।नेपालगन्ज उपमहानगरपालिकामा शनिबार आयोजित कार्यक्रममा नगर प्रमुख डा. धवलशम्शेर राणा र उपप्रमुख उमा थापा मगरले सञ्चालक समितिका अध्यक्ष विजय गुप्ता लगायत समितिका पदाधिकारी र सल्लाहकार समितिका सदस्यहरुलाई औपचारिक पत्र हस्तान्तरण गर्नुभयो ।सो अवसरमा नगर प्रमुख राणाले महिला कलेज सञ्चालनका लागि भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको जानकारी दिंदै उपमहानगरपालिकाको परियोजना भएपनि यसको सञ्चालन उपमहानगरपालिकाको प्रत्यक्ष नियन्त्रण भन्दा स्वायत्त होस भन्ने चाहना आफुहरुको रहेको बताउनुभयो । उपप्रमुख थापा मगरले समाजमा पछाडी परेका समुदायका छात्राहरुलाई उच्च शिक्षामा प्रवेशका लागि कलेज सञ्चालन गर्न लागिएको राजनीतिक प्रभाव विना निष्पक्ष भएर काम गर्न आग्रह गर्नुभयो ।नेपालगन्ज उपमहानगरपालिकाले ...
कोभिड–१९ बारे सचेतना अभियान

कोभिड–१९ बारे सचेतना अभियान

CoVid19, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ३० श्रावण – विश्व कोभिड–१९ कोरोना भाईरसको संक्रमणबाट ग्रस्त भएको अवस्थामा बाँके जिल्लामा समेत विगतले भयावाह अवस्था देखाईएकोलाई ध्यानमा राखी कोभिड–१९ कोरोना भाईरसको तेस्रो भेरियन्टबाट जोगिन सचेतना अभियानको आयोजना गरिएको छ । नेपालगन्ज उपमहानगरपालिका भन्सार कार्यालय अगाडी हुँदै सीमानाका सम्म कोभिड–१९ सचेतना अभियानको आयोजना बि¥योंसेल्फ नेपालगन्ज बाँके लुम्बिनी प्रदेशको आयोजनामा आज शनिबार सम्पन्न गरिएको छ ।आज आयोजना गरिएको अभियानमा तपाईको मास्क खोई ? मास्क लगाऔं, जीवन बचाऔंलगायतको स्लोगन लगाईएको ब्यानर टाँगी युवाहरु सचेतना ¥याली आयोजना गरी मास्क बाड्दै अभियान सञ्चालन गरिएको संस्थाका अध्यक्ष अनुपा चौधरीले बताउनुभयो । आयोजक संस्थाका उपाध्यक्ष प्रेक्छा के.सी., सचिव शिवम् शाह, कोषाध्यक्ष विजय कोरी, सदस्यहरुमा मधु शाह, रोशी श्रेष्ठ, सुप्रिया शाह, दिलिप शाह, रविन आचार्य, अमित...
गुठीको नयाँ सञ्चालक समिति गठनप्रति ध्यानाकर्षण

गुठीको नयाँ सञ्चालक समिति गठनप्रति ध्यानाकर्षण

CoVid19, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ३० श्रावण – नेपालगन्ज उपमहानगरपालिका वडा नं. १७ परसपुरमा रहेको सहादत मस्जिद गुठीको नयाँ सञ्चालक समिति गठनप्रति नेपाल मुस्लिम ईत्तेहाद संगठनको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।नेपाल मुस्लिम ईत्तेहाद संगठन बाँकेका अध्यक्ष मो. उमर हल्वाई कवाडीले एक विज्ञप्ती जारी गर्दै नेपालगन्ज–१७ का वडा अध्यक्ष अजय पाठकको रोहबरमा केही ब्यक्ति बोलाई राजनीतिक पूर्वाग्रह राखेर नयाँकार्य समिति गठन गरेको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाउनु भएको छ । ‘सहादत मस्जिद गुठीको नाममा दर्ता रहेको जग्गा सन्दर्भमा निजामुद्दीन इद्रीसीका पूर्खाले दान दिएको कुरा ध्रुव सत्य नै हो तर समाजमा लडाई झगडा गराउने राजनैतिक तवरले भोट बैंकको फोहरी खेल खेल्ने मनसायले गरिएको यस्तो कार्य पक्कै राम्रो होइन र निजामुद्दीन इद्रीसीले सो गुठी निजीकरण गरेको कुनै प्रमाण समेत पनि छैन तसर्थ समाजमा यस्ता अशान्ति फैलाउन झै झगडा गराउ...
नागरिक अभियान बारे छलफल, नयाँ रणनिति तय

नागरिक अभियान बारे छलफल, नयाँ रणनिति तय

CoVid19, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ३० श्रँवण – नागरिक स्तरबाट सार्वजनिक सरोकारका साझा सवाललाई उठान गरि समास्या समाधानका लागि बाँकेमा भईरहेका पहलका बारेमा छलफल गरि थप रणनिति बनाइएको छ ।सूचना र मानवअधिकार अनुसन्धान केन्द्र नेपालगन्जद्वारा आयोजित छलफल कार्यक्रममा सहभागि नागरिक समाजका अगुवाहरुले जिल्लाका समस्याप्रति सरोकारवाला निकायको ध्यानाकर्षण गराउँदा केही सुधार भएको बताएका थिए । उनीहरुले सार्वजनिक सरोकारको सवालामा उच्च अदालतमा दयार गरिएको मुद्दाबाट भएको आदेशको पुर्ण कार्यान्वयनमा अझै समस्या रहेको भन्दै सरोकारवाला निकायलाई सोको कार्यान्वयनका लागि आग्रह समेत गरेका थिए । छलफलमा बाँकेमा कोभिड संक्रमणको व्यवस्थापन, विभिन्न ज्ञापन तथ ध्यानाकर्षण, अदालतमा दायर गरिएको रिटमाथीको आदेश, दबाब जस्ता कार्यक्रमले सुधार तथा परिवर्तन ल्याएकोले नागरिक समाजको भुमिका प्रभावकारी रहेको ठहर गरिएको थियो । जिल्लाका विभिन्न सवाललाई...
फुल्टेक्राका युवाहरुको पहलमा भब्य रुपमा मनाईयो गुडिया र नागपञ्चमी पर्व

फुल्टेक्राका युवाहरुको पहलमा भब्य रुपमा मनाईयो गुडिया र नागपञ्चमी पर्व

CoVid19, अवधी, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ३० श्रावण – नेपालगन्ज उपमहानगरपालिका वडा नंं. ६ फुल्टेक्रामा रहेको पर्यटकीय स्थल १००८ हडियाबाबा आश्रमको प्रा·णमा गत शनिबार गठन गरिएको युवा नागरिक समितिले पहल गरी विभिन्न सकारात्मक कार्यहरुलाई अग्रता दिएको छ ।युवा नागरिक समिति गठन भएदेखि स्थानीय पर्यटकीय स्थल हडिया बाबा आश्रममा सरसफाई, रंगरोगनलगायत कार्य सम्पन्न गरिसकेको तथा शुक्रबार सोही आश्रम प्रा·णमा भब्यता साथ नागपञ्चमी पूजा समेत मनाएका छन् । नागपञ्चमी पूजा हिन्दू धर्मावलम्बीहरुको आस्थाको रुपमा वातावरण मैत्री पुजा रहेको बताईन्छ । हिन्दू धर्मावलम्बीहरुले बिहान उठेर नाग मन्दिर वा नाग स्थानमा गई धार्मिक परम्परा अनुसार दुध चढाउने, फुल, अगरबत्ती, चन्दन, टिका लगायत पुजाका सामाग्री प्रयोग गरी हडियाबाबा आश्रममा रहेको नाग मन्दिरमा पुजा गरेका छन् । सोही अनुसार गुडिया पर्व समेत भब्य रुपमा मनाएका छन् । स्थानीय युवाहरुको पहल...
नयाँ नेतृत्वद्वारा गुठीको १६ वर्षको हिसाब सार्वजनिक गर्न माग

नयाँ नेतृत्वद्वारा गुठीको १६ वर्षको हिसाब सार्वजनिक गर्न माग

CoVid19, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ३० श्रावण – नेपालगन्ज उपमहानगरपालिका वडा नं. १७ का वडाअध्यक्ष अजय पाठकको रोहवरमा परसपुर स्थित रहेको सहादत मस्जिद गुठी इदगाह कर्बला व्यवस्थापन समितिले नयाँ नेतृत्व चयन गरेको छ । १६ वर्षपछि मस्जिद गुठीले नयाँ नेतृत्व चयन गर्न पाएको प्रति कार्य समितिले खुशी व्यक्त गरेको छ । कौसर अलि बेहना अध्यक्षमा नयाँ नेतृत्व चयन भएको जनाईएको छ ।पछिल्लो समय गुठीको जग्गाको बिषयमा अहिले विभिन्न खाले आरोप प्रत्यारोप भइरहेका छन् । सो गुठीलाई निजामुद्दिन इद्रीसीको पुर्खाले जग्गा दान गर्नुभएको थियो । सहादत मस्जिद गुठीको नाममा दर्ता भएको उक्त जग्गाका बिषयमा राजनीतिकरण गरिएको भन्दै नेपाल मुस्लिम इतेहाद संगठनले दुख व्यक्त गरेको छ । संगठनका अध्यक्ष उमर हलवाई कबाडीले विज्ञप्ती निकालेर समाजमा यस्ता झै झगडा गराउने क्रियाकलाप नगर्न नगराउन उहाँको आग्रह छ ।तर समाजवादी मुस्लिम संघले भने इद्रीसीले गुठीलाई ए...
मदरसा बाेर्ड गठनको मांग गर्दै अर्थ मंत्रीलाई ज्ञापन पत्र

मदरसा बाेर्ड गठनको मांग गर्दै अर्थ मंत्रीलाई ज्ञापन पत्र

CoVid19, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
अजय मिश्राकपिलवस्तु, २६ श्रावण - लामो समयदेखि अल्पसंख्यक मुस्लिम समुदाय नेपालमा बसोबास गर्दै आएका इतिहास छ । देशको हरेक परिर्वतनमा अल्पसंख्यक मुस्लिम समुदायले निस्वर्थ र निडरताका साथ देशको हक हितका लागि ठूलो भूमिका खेल्दै आएको छ । तर नेपाल सरकारले अल्पसंख्यक मुस्लिम समुदायलाई उसको वास्तविक हक अधिकार दिएको छैन । शिक्षा रोजगारी, चाड पर्व विदा लगायत बिषयहरुमा शुरूदेखि अहिलेसम्म पनि सौतेलाे व्यबहार गरेको सबैलाई अवगत नै छ। अल्पसंख्यक मुस्लिम समुदायको हक हित तथा अधिकार दिलाउनको लागि लामो समयदेखि निस्वार्थ रुपमा समय समयमा नेपाल सरकारको ध्यानाकर्षण गराउँदै आफ्नो समुदायको हकहित अधिकारको लागि लडदै आएकाे राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय महासचिव तथा लुम्बिनी प्रदेश मदरसा बोर्डका उपाध्यक्ष मौलाना मशहूद खां नेपालीले समुदायको हकहित अधिकारको लागि लड़ने क्रममा भारतको मदरसा शिक्षा परिषदकाे मान्यता द...
जनमतद्वारा ईस्लामिक नयाँवर्ष १४४३ काे शुभकामना

जनमतद्वारा ईस्लामिक नयाँवर्ष १४४३ काे शुभकामना

CoVid19, आस्था, प्रदेश ५, राजनीति, समाचार
नेपालगन्ज, २६ श्रावण - जनमत पार्टी जिल्ला समन्वय समिति बाँकेले ईस्लामिक नयाँ बर्ष १४४३ काे शुभकामना दिएकाे छ । बाँके जनमत पार्टीकाे जिल्ला समन्वय समिति कार्यालय चारबाहिनीबाट सरेर हाल वडा प्रहरी कार्यालयकाे पछाडी पट्टि भएकाे जानकारी गराउँदै ईस्लामिक नयाँबर्ष १४४३ काे शुभ अवसरमा समस्त देशबासी लगायत बाँकेबासीलाई शुभकामना दिएकाे जनमत बाँकेका उपाध्यक्ष जाबिर हलवाईले जानकारी गराउनुभयाे । उपाध्यक्ष हलवाईका अनुसार जनमत पार्टी जिल्ला समन्वय समिति कार्यालयलाई केन्द्रले मान्यता दिएकाे छ । बाँकेमा दुईटा पार्टी कार्यालय नरहेकाे तथा आम बाँकेबासीहरू भ्रममा नपर्न समेत आग्रह गरेका छन् । जनमत पार्टी जिल्ला समन्वय समिति बाँकेमा केन्द्रबाट कार्यकारिणी पदाधिकारीहरुमा अध्यक्षमा प्रहलाद यादव, उपाध्यक्षद्वयमा माे हुसेन खान, जाविर हलवाई, सचिवमा राजितराम बर्मा लगायत ७ जनाकाे समिति चयन भएकाे उपाध्यक्ष हलवाई...