बाल विवाह न्यूनीकरणको अवस्था
नेपालगन्ज, १८ भाद्र – बाल विवाह न्यूनीकरणका लागि सरोकारवालाहरुसँगको सम्वाद सम्पन्न भएको छ । सामाजिक सचेतन सरोकार मञ्च (स्याक) नेपाल, बाँकेको आयोजना तथा प्लान इन्टरनेशनल नेपाल क्षेत्रीय कार्यालय सुर्खेतको सहयोग र जिल्ला प्रहरी कार्यालय, बाँकेको समन्वयमा वडा स्तरमा सो बारे सचेतनात्मक सहजीकरण गरिएको हो ।बाल विवाह रोकथाम परियोजना अन्तर्गत कार्यक्रममा ५ वटा पालिकाहरुबाट वडा अध्यक्ष तथा प्रहरी प्रमुखहरुको लगायत ३५ जनाको उपस्थित रहेको थियो । जानकी गाउँपालिका वडा नं.४ का अध्यक्ष विश्राम बर्मा, खजुरा ३ का अध्यक्ष कन्तुराम गौतम, नेपालगन्ज उप–महानगरपालिका वडा नं. ७ वडा अध्यक्ष जुमन खा“, नेपालगन्ज २२ का वडा अध्यक्ष विद्याराम बर्मा, नेपालगन्ज १० का वडा अध्यक्ष विन्दुभुषण बस्नेत, २ का वडा अध्यक्ष सुरेन्द्रसिंह हमाल, १२ वडा अध्यक्ष बुद्धिसगर सुवेदी, नरैनापुर, डुडुवा, बाल क्लब, युवा क्लबलगायतका रहेका थिए ...









