नेपालगन्ज म्याराथनको उपाधि एपीएफका बोगटीले जिते
नेपालगन्ज, ४ मंसरि – धारा सातौँ नेपालगन्ज म्याराथनको उपाधि एपीएफका किरणसिंह बोगटीले जितेका छन् । उनले २ घण्टा २९ मिनेट ४१ सेकेन्डमा ४२ किलोमिटर पूरा गरी उपाधि हात पारेका हुन् । योसँगै उनले एक लाख रूपैयाँ पुरस्कार जिते । किरण गत दक्षिण एसियाली खेलकुद (साग) मा ४२ किलोमिटर म्याराथनतर्फ नेपाललाई स्वर्ण दिलाएका खेलाडी हुन् ।बोगटीलाई पछ्याएका नेपाली सेनाका नरेन्द्र रावलले उपविजेतामा चित्त बुझाए । रावलले २ घण्टा ३३ मिनेट २८ मिनेटमा म्याराथन पूरा गरे । उनले ५० हजार नगद पुरस्कार पाएका छन् ।
तेश्रो स्थानमा एपिएफ कै सन्तोष बिष्ट भएका छन । उनले २ घण्टा ३३ मिनेट ३४ सेकेन्डमा सो दुरी पार गरेका छन् ।यसैगरी, नेपालगन्ज हाफ म्याराथनको उपाधि सन्तोषी श्रेष्ठले हात पारिन् । एक घण्टा १८ मिनेट ४८ सेकेन्डमा हाफ म्याराथन पूरा गरेकी उनले ५१ हजार पुरस्कार पाइन् । उनी पनि १३ औँ सागमा १० किलोमिटरतर्फ स्वर्णविजे...








