Monday, June 29सत्यम खबर
Shadow

आर्थिक

चिनियाँ कम्पनीले आयोजना पुरा हुन ढिलाई

चिनियाँ कम्पनीले आयोजना पुरा हुन ढिलाई

आर्थिक, प्रदेश ५, श्रम/रोजगार, समाचार
सिन्धुपाल्चोक, १६ कार्तिक – चिलिमे जलविद्युत कम्पनीको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्य भोटेकोसी जलविद्युत आयोजनाको निर्माण ७५ प्रतिशत सकिएको छ । २०७९ पुसभित्र सक्ने लक्ष्य राखी आयोजनाको निर्माण धमाधम भइरहेको छ ।आयोजनाको बाँध, बालुवा थिग्य्राउने पोखरीलगायतका मुख्य संरचनाको निर्माण वर्षा सुरु हुनुभन्दा अगाडि नै सक्ने लक्ष्य राखिएको छ । विद्युतगृह भवन निर्माण आगामी पुसभित्र र ७.२ किलोमिटर सुरुङमध्ये खन्न बाँकी ४१५ मिटर तीन महिनाभित्र सक्ने लक्ष्य राखिएको छ ।जुरे पहिरो, विनाशकारी भूकम्प, भारतीय नाकाबन्दी, भोटेकोसी नदीमा पटक पटक आएको बाढी र कोभिड–१९ को महामारीको चपेटामा आयोजना परेको थियो । यस्तै, ठेकेदार चिनियाँ कम्पनी क्वाङसी हाइड्रो एण्ड इलेक्ट्रिकल कन्स्ट्रक्सनको कमजोर कार्य सम्पादनका कारण आयोजनाको निर्माण सम्पन्न हुने तालिका प्रभावित हुँदै आएको छ । फोटो गुगल आयो...
राजनितिक षड्यन्त्रका मोहरा बनेका लडाई चौधरीले म र विद्यालयको मानमर्दन गरेका छन: प्रअ हसन

राजनितिक षड्यन्त्रका मोहरा बनेका लडाई चौधरीले म र विद्यालयको मानमर्दन गरेका छन: प्रअ हसन

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
कपिलवस्तु १६ कार्तिक – स्थानीय राजनितिक षड्यन्त्रका मोहरा बनेका लडाई चौधरीले विद्यालय र मेरो मानमर्दन गर्न आर्थिक लेनदेनको निरधार, झुठो अफवाह फैलाएको प्रअ मुनिजर हसन बताएका छन ।जिल्लाको विजयनगर गाउ“पालिकामा केही दिन देखि वडा ३ मा रहेको भुवनेश्वरी मावि जगदीशपुरमा ल्याब असिस्टेन्ट पदको भर्ना गर्न आर्थिक चलखेलको समाचार विभिन्न संचारमाध्यममा आईरहँदा प्रधानाध्यापक मुनिजर हसनले सोमबार पत्रकार सम्मेलन गरि आफुले कुनै प्रकारको रकम माग नगरेको बताएका छन् । उनले म दोषी भएको प्रमाणित भयो भने कानुनमा रहेको सजाय प्रवधान सहर्ष स्विकार गरि प्रअ पदबाट समेत राजिनामा दिने बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गाप्रसाद यादवले लडाई चौधरी आफ्नो छोराका लागि निरन्तर म लगायत अन्य पदाधिकारीलाई भेटेर ल्याब असिस्टेन्ट पदमा भर्ना गर्नु हुन निरन्तर दबाव दिंदै आएको बताउनुभयो । उनी जसरी पनि गरिदिनुस भनेका ...
सरसफाई सामाग्री बितरण

सरसफाई सामाग्री बितरण

CoVid19, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १५ कार्तिक - बर्दिया जिल्लाको बासगढीमा बिद्यार्थीहरुलाई व्यक्तिगत सर सफाईका लागी हाथ धुने सम्बन्धि जनचेतनामूलक कार्यक्रमका साथै साबुन, मञ्जन लगायतका व्यक्तिगत सरसफाई सामाग्री बितरण गरिएको थियो । एसओएस सामाजिक सेवा केन्द्र बर्दिया भकारीको सहयोगमा लायन्स क्लब अफ नेपालगन्ज सेन्ट्रल, लियो क्लब अफ नेपालगन्ज सेन्ट्रल तथा एसओएस युवा क्लबको संयुक्त आयोजनामा बिद्यार्थीहरुलाई व्यक्तिगत सरसफाई सामाग्री आज साेमबार बितरण गरिएको छ । एसओएस युवालय नेपालगन्जका नायब निर्देशक तुलारामबिश्वासको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा एसओएसको सहयोगमा प्रभात तथा शिव आधारभूत बिद्यालय र पृथ्वी माध्यमिक बिद्यालयको कक्षा ४ र ७ मा अध्ययनरत व्यक्तिगत सर सफाईका लागी ६० जना विद्यार्थीहरुलाई हाथ धुने सम्बन्धि जनचेतनामूलक कार्यक्रम, साबुन, मञ्जन लगायतका व्यक्तिगत सरसफाई सामाग्री बितरण गरिएको थियो । एसओएस ...
पन्चशिलद्वारा हालसम्म १५ सय परिवारलाई खाधान्न सहयाेग

पन्चशिलद्वारा हालसम्म १५ सय परिवारलाई खाधान्न सहयाेग

CoVid19, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १३ कार्तिक - काेभिड-१९ काेराेना भाईरसकाे दाेस्राे संक्रमणकालमा लायन्स क्लब अफ नेपालगन्ज पन्चसिलद्वारा सञ्चालित पन्चशिल फुड बैंक अभियान हालसम्म सञ्चालन रही गरिब, दुखीहरूलाई खाधान्न सहयाेग गर्दै आईरहेकाे छ । यसै क्रममा आज शनिबार लायन्स क्लब अफ नेपालगन्ज पन्चसिलले नेपालगन्ज स्थित गायत्री नगरमा रहेको अपाङ्ग बस्तीमा २० जना परिवारहरूलाई खाधान्न सामाग्री वितरण गरेको क्लबका अध्यक्ष भावना सापकाेटाले जानकारी गराउनुभयाे । खाधान्न वितरण कार्यक्रममा क्लवका अध्यक्ष सापकोटा, उपाध्यक्ष कृष्णा पाण्डे तथा कोषाध्यक्ष केवलकुमार वैश्यको उपस्थित रहेको भने स्थानीय समाजसेवी बिन्दु चर्तिमगरले सहजीकरण गर्नु भएकाे थियो । क्लबका अध्यक्ष सापकाेटाका अनुसार कोभिड १९ को दोस्रो लहरको विकराल स्थितिमा जेष्ठ ११ गतेबाट फुड बैंक सञ्चालनमा आएदेखि अहिलेसम्म अति बिपन्न ज्यालादारी मजदुर अपाङ्ग लगायत १५ सय घर पर...
चितुवाको छाला र हाडसहित तीन जना पक्राउ

चितुवाको छाला र हाडसहित तीन जना पक्राउ

अपराध, आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १३ कार्तिक – चाडपर्व नजिकिएसँगै विभिन्न अपराधी घटनामा बृद्ध हुँदै जानु र त्यसमा बाँके प्रहरीले सफलता पाउनुलाई सकारात्मक रुपमा लिन सकिन्छ । कोहलपुर ईलाका प्रहरी कार्यालयले चितुवाको छाला र हाडसहित तीन जनालाई पक्राउ गरेको छ । अपराध अनुसन्धानमा अब्बल मानिएका ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डीएसपी रविन्द्र खनालका अनुसार चितुवाको छाला एक थान र १ किलो ४० ग्राम चितुवाको हाडसहित नियन्त्रणमा लिन सफल भएको हो । वन्युजन्तु चितुवाको छाला र हाडको ओसार पसार भैरहेको भन्ने विशेष सुचनाका आधारमा प्रहरी टोलीले कोहलपुर ११ स्थित सागर गेष्ठ हाउसको कोठा नम्बर २०५ मा छापा मार्दा तीनजनालाई प्रकाउ गरेको छ । पक्राउ परेकाहरुमा बाँके राप्तीसोनारी ९ का ३५ वर्षिय हिरासिंह विक, सुर्खेत पञ्चपुरी नगरपालिका ७ बस्ने २४ वर्षका रमेश बयक र सोही ठाउँका २८ वर्षका बसन्त बिसी रहेका छ । उनिहरु माथी थप अ...
जापानले बनायो उड्ने बाइक, ८ करोड १७ लाखमा पाईने

जापानले बनायो उड्ने बाइक, ८ करोड १७ लाखमा पाईने

आर्थिक, विदेश, श्रम/रोजगार, समाचार
टोकियो, १० कार्तिक – जापानको एउटा कम्पनीले उड्ने बाइक बनाएको छ । समाचार संस्था रोयटर्सका अनुसार फुटबल खेलाडी केउसुके होन्डाले सुरू गरेको स्टार्टअप कम्पनीले बनाएको उक्त बाइक मंगलबार बिक्रीका लागि राखिएको छ । उक्त बाइकको मूल्य ६ लाख ८० हजार अमेरिकी डलर (८ करोड १७ लाख रुपैयाँ) राखिएको छ । टोकियोको ड्रोन स्टार्टअप एएलआई टेक्नोलोजीले बाइकमा परम्परागत इन्जिन राखेको छ भने ब्याट्रीबाट चल्ने चार वटा मोटर जोडेको छ । यो बाइक एक पटकमा ४० मिनेट उड्न सक्छ। यसको गति प्रतिघन्टा सय किलोमिटर रहेको समाचारमा उल्लेख गरिएको छ । जापानका व्यस्त सडकहरूमा उड्ने बाइक चलाउन सरकारले अनुमति दिएको छैन । अहिले उक्त बाइकको प्रयोग उद्धार कार्य र दुर्गम ठाउँमा जानलाई हुनेछ । (एजेन्सी)...
कोभिड नियन्त्रणमा सहयोगीको भुमिका खेल्दैै बी–ग्रुप

कोभिड नियन्त्रणमा सहयोगीको भुमिका खेल्दैै बी–ग्रुप

CoVid19, आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ९ कार्तिक - बाँके र बर्दिया जिल्लामा कोभिड नियन्त्रणमा बी–ग्रुपले नेपाल सरकारलाई सहयोग गरि  सहयोगीको भुमिका खेलिरहेको छ । भेरी वातावरणीय विशिष्टता समूह (बी–ग्रुप) ले अष्ट्रलियन एडको आर्थिक सहयोगमा केयर नेपालसँग साझेदारी गरी बाँके र बर्दिया जिल्लामा सञ्चालन भइरहेको कोभिड–१९ आपतकालिन प्रतिकार्य तथा पुर्नलाभ परियोजना अन्तर्गत कोभिड–१९ भ्याक्सिनको सेवा प्रवाहलाई प्रभावकारी बनाउन आवश्यक कोल्ड चेन सबलीकरण गर्न २२५ लिटर क्षमताको आइस ल्याण्ड रेफ्रिजेरेटर तीन थान र १६० लिटर क्षमता चेस्ट रेफ्रिजेरेटर तीन थान सहयोग उपलब्ध गराएको छ । स्वास्थ्य कार्यालय बर्दिया, स्वास्थ्य कार्यालय,बाँके र खजुरा गाउँपालिकाको स्वास्थ्य शाखालाई कोभिड–१९ भ्याक्सिनको सेवा प्रवाहलाई प्रभावकारी बनाउन आवश्यक कोल्ड चेन सबलीकरण गर्न २२५ लिटर क्षमताको आइस ल्याण्ड रेफ्रिजेरेटर एक थान र १६० लिटर क्षमता चेस्ट रेफ्रि...
गर्ल्स कालेजमा शैक्षिक सामाग्री वितरण

गर्ल्स कालेजमा शैक्षिक सामाग्री वितरण

आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
कपिलवस्तु, ९ कार्तिक - कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ३ मा रहेको आइशा गर्ल्स कालेजमा युनिसेफद्वारा दिइएको शैक्षिक सामाग्री विद्यार्थीहरूलाई वितरण गरिएको छ । डा. मन्जुर खाँको अध्यक्षता तथा प्रमुख अतिथिमा लुम्बिनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष मौलाना मशहूद खाँ नेपाली, विशिष्ट अतिथिमा डा. सलमान खान, राष्ट्रिय मदरसा संघ नेपालका राष्ट्रिय अध्यक्ष डा. अब्दुल गनि अल्कुफी, नेकपा माओबादी केन्द्र कृष्णनगर नगर कमिटी अध्यक्ष जावेद आलम खाँ, शैख अब्दुल रशीद मदनी, शैख अबरार मक्की, अब्दुल अजिम मदनी अतिथिहरूमा राष्ट्रिय मदरसा संघ नेपालका उपाध्यक्ष शैख जैश मक्की, सदस्य मोहम्मद मुस्लिम, सल्लाहकार अब्दुल अजिज, मौलाना अब्दुल नूर, डा. सइद, अब्दुल सत्तार, मौलाना एहसानुल्ला रहमानी लगायत रहनुभयो । कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश मदरसा बोर्ड उपाध्यक्षले मदरसाको सवालमा मदरसा बोर्ड गम्भीर रहेको ...
नपाईने भो सरकारी खर्चमा भोज भतेर

नपाईने भो सरकारी खर्चमा भोज भतेर

CoVid19, आर्थिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, ९ कार्तिक –चालु आर्थिक वर्ष २०७८/७९ मा सार्वजनिक खर्चलाई मितव्ययी बनाउन अर्थ मन्त्रालयले मापदण्ड तोकेको छ । तोकिएको मापदण्ड अनुसार विदेशी अतिथि तथा पाहुनाका लागि बाहेक सरकारी खर्चमा भोज भतेर गर्न रोक लगाइएको छ । फाईल फोटो अर्थ मन्त्रालयले सार्वजनिक खर्चलाई मितव्ययी तथा प्रभावकारी बनाउनेसम्बन्धी मापदण्ड सार्वजनिक गर्दै यस्तो व्यवस्था गरिएको जनाएको हो । नियमित प्रकृतिका कामलाई कार्यक्रम खर्चमा राखि सञ्चालन गर्न नपाइने र कार्यक्रम खर्चबाट मर्मत, इन्धन, बैठक भत्ता जस्ता खर्चमा समेत लेख्न नपाइने गरी अर्थले मापदण्ड तोकेको छ ।...
‘अब म कहाँ जाँऊ छोरा उपचार र न्यायको लागि ?’ अन्सारी

‘अब म कहाँ जाँऊ छोरा उपचार र न्यायको लागि ?’ अन्सारी

CoVid19, अपराध, अवधी, आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ९ कार्तिक – नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालको समस्या समाधानमा ढिलाई भएको छ । आन्दोलनरत कर्मचारीहरुको माग व्यवस्थापन पक्षले ठाडै अस्वीकार गरेको छ । कर्मचारीहरु आन्दोलन मै रहँदा सेवाग्राहीहरु भने समस्यमा रहेका छन् ।आन्दोलनरत कर्मचारीहरु मन्त्रालयले गठन गरेको समितिको पर्खाईमा रहेको बताउँछन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालययले मध्यस्थता समिति गठन गर्ने नाममा आफूहरुलाई झुलाएको कर्मचारीहरु बताउँछन् । करीब चार वर्षदेखि श्रम कार्यालय बाँकेमा परेका उजुरीको छिनोफोनो हुन नसकेपछि र कर्मचारीहरुले तलब भत्ता बृद्धिको माग राखेर आन्दोलन घोषणा गरेपछि मन्त्रालयले गत १८ असोजमा उपसचिवको संयोजकत्व रहेको ३ सदस्यीय मध्यस्थता समिति गठन गरेको थियो । तर गठन भएको समिति हालसम्म आफूहरुको सम्पर्कमा नआएको आन्दोलन समितिका सहसंयोजक मुनिर खाँ बताउँछन् ।कर्मचारीहरु इमरजेन्सी बाहेकको सबै सेव...