Wednesday, April 22सत्यम खबर
Shadow

कुर्मीलाई तत्काल पक्राउ गरि छानविन नगरे २५ गतेदेखि आन्दाेलन गर्ने: खान

नेपालगन्ज, २३ कार्तिक – बाँकेकी निर्मला कुर्मी बेपत्ता प्रकरणमा आरोपित ७ जना प्रहरी कार्यालयमा आफै उपस्थित भएका छन् । मुख्य आरोपी मानिने पूर्वसांसद बादशाह कुर्मीलाई भने प्रहरीले सहयोग गरेको भन्दै मंगलवार महिला अधिकार मञ्च बाँकेले पत्रकार सम्मेलन गरि कुर्मीलाई तत्काल पक्राउ गरि छानविन गर्न माग गरेकाे छ ।

२० दिनको पैदलयात्रा र हप्ता बढीको आमरण अनसनपछि अनुसन्धानको दायरमा आएको बाँकेकी निर्मला कुर्मी बेपत्ता प्रकरणमा आरोपित ७ जना प्रहरी कार्यालयमा आफै उपस्थित भएका छन् । अपहरण गरेर कर्तव्य गरेको आरोपमा किटानी जाहेरीका आधारमा बाँके जिल्ला अदालतबाट पक्राउ पुर्जि जारी भएकाे मध्ये ७ जना प्रहरी कै सल्लाहमा प्रहरी समक्ष गिरफ्तारी भएका छन् ।

मुख्य आरोपीलाई प्रहरीले सघाईरहेको भन्दै महिला अधिकार मञ्च बाँकेले पक्राउ नगरे तत्काल आन्दोलन चर्काउने जानकारी गराएको छ । छानविन समितिले आरोपित सबैलाई पक्राउ गरि छानविन गर्न भनिएपनि प्रहरीले भने मुख्य आरोपी कुर्मीलाई सहयोग गर्दै आएको पत्रकार सम्मेलनमा मानव अधिकारकर्मी खानले बताउनुभयो ।

मुद्दाको गम्भीरतालाई मध्ये नजर गरि सरकारी वकिलको कार्यालयले पुन पक्राउ आदेश दिने प्रावधान मुलुकी फौजदारी कार्यबिधी सहितामा रहेको खानले उल्लेख गर्नुभयो । विधवा महिलाको अपहरण, शरिर बन्धक गरि कर्तव्य ज्यान गरिएको गम्भीर मुद्दामा समेत मुख्य आरोपितलाई सरकारी वकिल कार्यालयबाट हाजिरी जमानीमा छोडनु दुखद रहेको खानले उल्लेख गर्नुभयो । मुख्य आरोपी कुर्मीलाई २४ घण्टा भित्र पक्राउ नगरे २५ गतेदेखि आन्दोलनको घोषणा गरिने अधिकारकर्मी खानले बताउनुभयो ।

गत भदौ १० गते अदालत उपस्थित भएका कर्मीलाई सरकारी वकिल कार्यालयले हाजिरी जमानीमा छाड्ने निर्णय गरेको थियो । प्रहरी अनुसन्धानमा निर्मला कुर्मीले ७ वर्षअघि अर्जुन कुर्मीसँग विवाह गरेर भारत गएको र भारतमै उनको मृत्यु भएको खुलेको प्रहरीले दाबी गरेपनि अधिकारकर्मी रुबी खान सहितको निर्मलाका आफ्न्तीहरुले नेपालगन्जबाट काठमाडौंसम्म पैदल पुगेर आमरण अनसन बसेपछि गठित छानविन आयोगले घटनाको अनुसन्धान गर्ने सिफारिस गरेपछि सो प्रकरण अनुसन्धानको दायरामा आएको हो ।

अधिकारकर्मी रुबी खान सहितको टोलीले भने निर्मलाको सम्पत्ती हड्पेर पूर्वसांसद बादशाह कुर्मी सहितको समूहले अपहरण गरेको र अपहरणपछि हत्या भएको भन्दै आन्दोलन गरिरहेको छ । निर्मलाको बिबाह नाटकिय रुपमा गराईएको र मजदुरी गर्ने व्यक्तिलाई आर्थिक प्रलोभन देखाई जग्गा हडपेपछि भारत पठाइएको मोहम्मद शेर वागवानको भनाई छ । बिबाह गरेको भनिएका अर्जुनले समेत प्रहरी समक्ष आरोपी रमेश थापाको प्लाई उद्योगमा २० दिन बढी बन्धक बनाएर सहीछाप गर्न लगाएको बयान दिएबाट अपहरणको मुद्दा पुष्टी हुने बागवानको भनाई छ ।

जमिन हडपेर, शरिर बन्धक बनाएर जालझेल गरेको कोही पनि आरोपितलाई कानुनी कारवाही हुनु पर्ने बागवानले माग गर्नुभएको छ । पावर र शक्तिको भरमा कसैलाई काखा कसैलाई पाखा बनाउन कानुनले नदिने भएको हुनाले कारवाही अभिलम्ब होस भन्ने उहाँले पत्रकार सम्मेलनमा भनाई राख्नुभयो ।

निर्मलाका आफ्न्तले प्रहरीलाई अपहरण पछि हत्या भएको दावी गर्दै किटानी जाहेरी दिएका थिए । निर्मलाको अपहरण गरेर हत्या गरेको किटानी जाहेरी परेको मध्येका रमेश थापा, पार्वती विष्ट, कृष्णमुरारी सिंह, उर्मिला कनोजिया, अमरलाल कुर्मी, धीरेन्द्र सिंह र कुँवर बबन सिंहले गिरफ्तारी दिएको बाँकेका प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले बताउनुभयो ।

आरोपीहरुलाई जिल्ला अदालतबाट ७ दिनको अनुमति लिएर हिरासतमा राखिएको छ उहाँले भन्नुभयो ।
आरोपी मध्य पूर्वसाँसद एवम् नेपाली काँग्रेसका नेता बादशाह कुर्मी यस अघिनै अदालतमा उपस्थित भएर हाजिरी जवानीमा रहेका छन् भने बुधवार गिरफ्तारी दिन आएका कुँवर बबन सिंहलाई ८० वर्ष पुगेको हुनाले अदालतले हाजिरी जमानीमा छाड्न आदेश गरेको डीएसपी न्यौपानेले बताउनुभयो ।

नेपालगन्जमा मजदुरी गर्न आएका अर्जुनसँग घरजम गरेर बसेकी कुर्मीको भारतमा २०७६ चैतमा मृत्यु भएको अनुसन्धानबाट थाहा भएको प्रहरीको दाबी छ । बाँके प्रहरीले निर्मलाको नाममा रहेको सम्पत्ती हडप्न जोर जबर्जस्ती गरेको, बिभिन्न जाल झेल गरेको देखिएपनि हत्या भएको पुष्टी हुन नसक्ने दाबी गर्दे आएको छ । सम्पत्ती हडप्ने कार्यमा अनुसन्धान गर्न सकिने भएपनि निर्मलाको अपहरण र हत्याको पुष्टी हुन नसकेको डीएसपी न्यौपानेले बताउनुभयो ।

यद्यपी प्रहरी अनुसन्धान जारी रहेकाले अनुसन्धानको पछिल्लो परिणामबाट सत्यतथ्य उजागर हुने उहाँले अपेक्षा गर्नुभयो । यता आन्दोलनरत पक्षले भने आरोपितलाई तत्काल कारवाही नगरे यही २५ गते प्रमुख जिल्ला अधिकारीलाई कलम दिएर आन्दोलनको पुन सुरुवात गर्ने जानकारी गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *