Monday, June 29सत्यम खबर
Shadow

आर्थिक

३३ किलो सुन काण्डका फरार प्रतिवादी कृष्णगोपाल अग्रवाल पक्राउ

३३ किलो सुन काण्डका फरार प्रतिवादी कृष्णगोपाल अग्रवाल पक्राउ

अपराध, आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २० मंसिर – इन्टरपोलबाट रेड नोटिस जारी गरिएका ३३ किलो सुन तस्करी प्रकरणमा मुछिएर फरार रहेका कृष्णगोपाल अग्रवाललाई आइतबार पक्राउ गरिएको छ । ५० वर्षीय अग्रवाललाई इन्टरपोल शाखाबाट खटिएको टोलीले पक्राउ गरेको हो । झापा साविक शिवगंज गाविस–१ ठेगाना भएका अग्रवाल दुबईबाट नेपाल आउँदैछन् भन्ने सूचनाका आधारमा इन्टरपोलको टोलीले उनलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय मोरङलेअग्रवाललाई २०७५ साउन ८ गते अन्तर्राष्ट्रिय स्तरमा खोजतलास गरि पक्राउको लागि इन्टरपोल महासचिवालयबाट रेड नोटिस जारी भएको थियो। आइतबार पक्राउ परेका अग्रवाललाई महानगरीय प्रहरी वृत्त गौशाला काठमाडौंमा राखिएको छ ।...
अग्रगामी महिला सहकारीकाे साधारण सभा तथा भवन उद्घाटन

अग्रगामी महिला सहकारीकाे साधारण सभा तथा भवन उद्घाटन

आर्थिक, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १८ मंसिर - अग्रगामी महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड नेपालगन्ज बाँकेको नवौं बार्षिक साधारणसभा तथा भवन उद्घाटन कार्यक्रम शनिवार सम्पन्न भएको छ । दिगो विकास लक्ष्य प्राप्तीका लागि सहकारी भन्ने मुल नाराका साथ सुरु भएको नवौं बार्षिक साधारणसभा कार्यक्रमको अध्यक्षता सहकारी संघका अध्यक्ष उषाकुमारी थापाक्षेत्रीले गर्नुभएको थियो । सहकारीको सात सिद्धान्त अनुसार प्रमुख अतिथि जिल्ला सहकारी संघ बाँकेका अध्यक्ष तथा लुम्बिनी प्रदेश सहकारी संघका अध्यक्ष प्रेम सुवेदीले सातवटा मैनबत्ति बालेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । २०६९ साल चैत्र ५ गते स्थापना भएको सहकारी संस्था ६९ जनाको शेयर सदस्यबाट संकलित रकम ३४ हजार ५ सयबाट कारोबार सुभारम्भ गरेको हो । हालसम्म संस्था नवौं बर्षसम्म पुग्दा १ हजार बढि शेयर सदस्य पुगेको अध्यक्ष थापाक्षेत्रीले बताउनुभयो । संस्थालाई विभिन्न समयमा संस्थाको...
नेपालमा पर्यटक आगमन सुधरिँदा चिनिया पर्यटक नगन्य

नेपालमा पर्यटक आगमन सुधरिँदा चिनिया पर्यटक नगन्य

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
काठमाडौं, १८ मंसिर – कोरोना महामारीको प्रभाव कम र यात्रा प्रतिबन्धहरु खुकुलो बन्दै जाँदा नेपालमा भारतीय र अमेरिकी पर्यटकको आगमन सुधार हुँदै गएको छ । तर, चीनले आफ्ना नागरिकले यात्राको अनुमति नदिएका कारण चीनबाट आउने पर्यटकको संख्या भने अझै नगन्य छ ।चीनबाट कूटनीतिक नियोगका अधिकारी, नेपालका आयोजनामा काम गर्ने कामदार र अन्य अनुमति प्राप्त नागरिक मात्र आएका छन् । तर, अन्य मुलुकबाट भने नेपालमा भ्रमणकै प्रयोजनमा मानिसहरु आउन थालेका छन् । नेपाल पर्यटन बोर्डका निर्देशक मणि लामिछानेका अनुसार नोभेम्बर २०२१ को एक महिनामा कुल २६ हजार १३५ जना विदेशी पर्यटक नेपाल आएका छन् । यसमा १० हजार ४२१ जना भारतीय छन् । यो कुल संख्याको ३९.८७ प्रतिशत हो । अमेरिकाबाट एक महिनामा (३ हजार ७८२ (१४.४७ प्रतिशत) जना पर्यटक नेपाल आएका छन् । एक महिनामा चीनबाट भने मात्र ३६३ जना आएका छन् । यो कुल आगमनको मात्र १.३९ प्रतिशत ह...
नेपालसम्म भारतले रेल ल्याउँदा व्यवसायीहरुलाई फाईदा

नेपालसम्म भारतले रेल ल्याउँदा व्यवसायीहरुलाई फाईदा

अवधी, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
पर्सा, १८ मंसिर – भारतीय रेल्वे कम्पनीबीच सिर्सिया सुक्खा बन्दरगाहमा मालबाहक रेल ल्याउन प्रतिस्पर्धा बढेपछि नेपाली आयातकर्तालाई फाइदा हुन थालेको छ । प्रतिस्पर्धाको कारण तेस्रो मुलुकबाट आयातित मालबस्तु बोकेका कन्टेनर भारतीय बन्दरगाहहरूबाट वीरगन्जसम्म ल्याउने ढुवानी लागत सस्तिँदै गएको छ ।यसअघि भारतीय सरकारी स्वामित्वको कम्पनी कोंकरको १७ वर्ष पुरानो एकाधिकार तोड्दै यसै वर्षको सेम्टेम्बर १५ मा पहिलोपटक भारतको निजी क्षेत्र हिन्द टर्मिनल प्रालिको रेल्वे र्‍याक वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाह आइपुगेको थियो । अढाई महिनाको अवधिमा हिन्द टर्मिनलले मात्रै भारतको विभिन्न बन्दरगाहबाट १५ पटक आफ्नो रेल्वे र्‍याकमा नेपाली आयातकर्ताको मालबस्तु बोकेका कन्टेनर वीरगन्जसम्म ल्याएको बन्दरगाहस्थित इन्टर मोडल यातायात विकास समितिका प्रमुख कमल ज्ञवालीले जानकारी दिए । मंगलबार भारतीय निजी क्षेत्रको अर्को ...
एकसय घरधुरीलाई राहत

एकसय घरधुरीलाई राहत

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
बर्दिया, १७ मंसिर - बर्दिया राजापुरका बाढी प्रभावित एक सय घरपरिवारलाई राहत वितरण गरिएको छ । बासको आयोजना, एनआएनए अष्टेलियाको सहयोग, राजापुर नगरपालिकाको सहकार्य र जिल्ला विपद व्यवस्थापन समिति बर्दियाको समन्वयमा आज उक्त राहत वितरण गरिएको हो । बर्दिया राजापुर नगरपालिका वडा नम्बर ७ मा रहेका प्रभावित ब्यक्तिहरुलाई राजापुर नगरपालिकाका प्रमुख शिव प्रसाद चौधरी, बासका केन्द्रीय अध्यक्ष रमेश सिटौला, निर्वतमान अध्यक्ष मन भण्डारी, कार्यवाहक कोषाध्यक्ष दिला शाह र बासका पूर्ब बरिष्ट उपाध्यक्ष सुरेन्द्र शाहीले राहत वितरण गरेका छन् । राहत वितरण कार्यक्रममा बोल्दै राजापुर नगरपालिकाका नगर प्रमुख शिव प्रसाद चौधरीले समस्यामा परेका घरपरिवारलाई राहत वितरण गरेकोमा धन्याबाद ज्ञापन गरे । उनले खाद्यान्न वितरणले प्रभावित ब्यक्तिहरुलाई केही हद सम्म राहत हुने बताए । प्रभावित ब्यक्तिहरुलाई गैर सरकारी संस्थाहरु...
गढवाको रामनगरमा माछापुच्छ्रे बैंकको शाखा रहित बैंकिङको उद्घाटन

गढवाको रामनगरमा माछापुच्छ्रे बैंकको शाखा रहित बैंकिङको उद्घाटन

आर्थिक, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
दुख हरण यादवदेउखुरी, १५ मंसिर - गढवा गाउपालिका वडा नं ४ रामनगरमा माछापुच्छ्रे बैंकको शाखा रहित बैंकिङ सेवा स्थापना गरिएको छ । माछापुच्छ्रे बैंकको १७९औ शाखा रहित सेवाका रुपमा ग्राहक सेवा केन्द्र अन्तर्गत गढवामा बुधबार एक कार्यक्रमका बिच शाखा रहित बैंकिङ सेवा स्थापना गरिएको हो । कृषि बिकाश बैंकका रिटायर्ड प्रबन्धक तथा स्थानिय समाजसेवि दयाराम यादवको अध्यक्षता तथा गढवा उद्धोग बाणिज्य संघका अध्यक्ष खिम बहादुर बुढामगरको प्रमुख आथित्य र माछापुच्छ्रे बैंक लुम्बिनी प्रदेशका प्रमुख हरिलाल ऐरको बिशिस्ट आथित्यमा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले गढवा बजारभन्दा टाढा ग्रामिण क्षेत्रमा शाखा रहित सेवा स्थापना गरेकोमा खुसी ब्यक्त गर्दै छिटो सेवा बिस्तार गर्ने अनुरोध पनि गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अथिती खिम बुढामगरले यस क्षेत्रमा माछापुछ्रे जस्तो क बर्गको बैंकको शाखा रहित सेवा केन्द्र सञ्च...
नयाँ अफरका साथ लजिज पिज्जा हाउस चौथो बर्षमा प्रवेश

नयाँ अफरका साथ लजिज पिज्जा हाउस चौथो बर्षमा प्रवेश

आर्थिक, प्रदेश ५, श्रम/रोजगार, समाचार
नेपालगन्ज, १५ मंसिर – नेपालगन्जको धम्बोझी चौकमा रहेको लजिज पिज्जा हाउस बुधबार चौथो बर्षमा प्रवेश गरेको छ ।पछिल्लो क्रममा नेपालगन्जमा विभिन्न किसिममा रेष्टुरेन्ट खुलिरहेको बेला युवा पुस्तालाई लक्षित गरि लजिज पिज्जा नेपालगन्ज सञ्चालन गरिएको लजिज पिज्जाका प्रमुख आदित्य गुप्ताले बताउनुभयो । पछिल्लो समयको कोरोना लकडाउन र व्यापारिक घाटाको तेस्रो बर्षमा विभिन्न किसिमका चुनौतीलाई पार गर्दै ग्राहकहरुको ईच्छा अनुसार सञ्चालन गरिएको प्रमुख गुप्ताले बताउनुभयो । आफु चौथो बर्षमा प्रवेश गरेको खुशी व्यक्त गर्दै गर्दा यस अवसरमा २० प्रतिशत छुटको समेत व्यवस्था गरिएको उहा“ले बताउनुभयो । यस तीन बर्षमा लजिज पिज्जालाई मन पराएर पाल्नु हुने सम्पूर्ण ग्राहकलाई धन्यवाद दिंदै ग्राहकको चाहाना नै हाम्रो पहिलो सन्तुष्टिको मुलनारा सहित आउने समयमा लजिज पिज्जा नेपालगन्जलाई अगाडी बढाउने प्रमुख गुप्ताको योजना रह...
भारतको सहयोगमा दार्चुलामा विद्यालयको नयाँ भवन उद्घाटन

भारतको सहयोगमा दार्चुलामा विद्यालयको नयाँ भवन उद्घाटन

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १५ मंसिर – भारत सरकारको आर्थिक सहयोगमा निर्मित दार्चुलाका श्री मोती महिला संघ प्राथमिक विद्यालय र श्री मालिकार्जुन नमुना माध्यमिक विद्यालयका नयाँ विद्यालय भवनहरुको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।भारत सरकारको नेपाली रुपैया १ करोड २७ लाख आर्थिक सहयोगमा दार्चुला जिल्लाको खलंगा, तिंकरमा अवस्थित श्री मोती महिला संघ प्राथमिक विद्यालयको नयाँ विद्यालय भवनको मिति २०७८ मंसिर १२ गतेका दिन भारतीय राजदूतावासका नियोग उप–प्रमुख श्रीमती नामग्य सी. खम्पा, जिल्ला समन्वय सिमिति, दार्चुला, विद्यालय व्यवस्थापन समिति र स्थानीय प्रतिनिधिहरुले उद्घाटन गर्नुभयो । सन् १९६० मा स्थापना भएको यस विद्यालयले लामो समयदेखि गुणस्तरीय प्राथमिक तहको शिक्षा प्रदान गर्दै आएको छ । यस विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थीहरु दार्जुला जिल्लाका सीमान्तकृत तिंकरी र भुटिया समुदायका रहेका छन् । हाल विद्यालयमा अध्...
तातोपानी नाकाबाट व्यापार सहज बनाउन छलफल

तातोपानी नाकाबाट व्यापार सहज बनाउन छलफल

आर्थिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाडौं, १४ मंसिर - सरकारको उच्चस्तरीय टोलीले तोतोपानी नाकाको स्थलगत भ्रमण गरेको छ । प्रधानमन्त्री कार्यालयका सचिव शिशिरकुमार ढुंगानाको नेतृत्वमा भन्सार, पारवहन, परराष्ट्र, गृह र वाणिज्यका अधिकारी सम्मिलित टोलीले आइतबार स्थलगत अनुगमन गरेको हो । नाका सहजीकरण र व्यापार दोब्बर बनाउन गर्न सकिने सबै उपायबारे सरोकारवालासँग प्रतिनिधि मण्डलले छलफल गरेको भन्सार विभागका महानिर्देशक नारायणप्रसाद सापकोटाले बताए ।महानिर्देशक सापकोटाले भने, ‘लामो समयदेखि यो नाकामा समस्या छ । त्यसैले नाकाबाट व्यापार सहज बनाउने विषयमा अनुगमन गर्‍यौं । व्यापार दोब्बर बनाउन सम्बद्ध सबै सरोकारवालासँग छलफल पनि गरेका छौं ।’ स्थलगत अनुगमनमा चिनियाँ पक्षसँग भने भेट नभएको अधिकारीहरुले बताएका छन् । नाकाबाट भइरहेको हालको ९ कन्टेनर सामान भित्रिने अवस्था कसरी दोब्बर बनाउन सकिन्छ भन्नेबारे अध्ययन गरिएको भन्सार विभागले जनाएक...
नेपाली सेनालाई भारतीय सेनाद्वारा ५ ओटा ट्रक सहयोग

नेपाली सेनालाई भारतीय सेनाद्वारा ५ ओटा ट्रक सहयोग

आर्थिक, आस्था, प्रदेश ५, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १० मंसिर – भारतीय सेनाले नेपाली सेनालाई ५ ओटा वर्कसप ट्रक सहयोग गरेको छ । नेपाल–भारत द्विपक्षीय परामर्श समूहको १३औं बैठकमा भएको सहमति अनुसार सेनालाई ती ट्रक बिहीबार हस्तान्तरण गरिएको हो । सैनिक मुख्यालयमा आयोजित कार्यक्रममा भारतका सैनिक सहचारी कर्णेल अमित शर्माले हतियार तथा नियन्त्रित उपकरण व्यवस्था निर्देशनालयका निमित्त निर्देशक सहायक रथी कृष्णदेव भट्टलाई वर्कसप ट्रक हस्तान्तरण गरेका हुन् । यी ट्रक हातहतियार, लजिस्टक उपकरण तथा सामानहरु बोक्न प्रयोग हुने नेपाली सेनाले जनाएको छ ।...