
नेपालगन्ज, २८ कार्तिक – आफ्नो वडाध्यक्षलाई लात्तीले कुटेको घटना ७ नं. वडाको घर–घरसम्म चर्चाको विषय बन्न पुगेको छ । यसकारण अब वडाध्यक्षलाई कुट्ने वडासदस्य किशोर थापाको चर्चा सबैतर्फ भईरहेको छ ।
वडाध्यक्ष जुम्मन खाँको कुटाई घटनाबाट खुशी वडाबासीहरुले अब किशोर थापा वडाध्यक्ष पदमा चुनाव लड्नु पर्ने माग गर्न शुरु गरेका छन् । गत विहिबार एउटा सिफारिसको विषयलाई लिएर ७ नं. वडासमिति कार्यालयमा विवाद चलि रहँदा वडाध्यक्ष खाँले वडा सदस्य थापालाई पहिले एक मुक्का मुखमाथि हानेका थिए, सो पछि आक्रोशित वडा सदस्य थापाले वडाध्यक्ष खाँमाथि लात्ती मुक्काले वर्षा गरेका थिए । दुबै जनाबीच हानाहान चलिरहँदा त्यहाँ बसेका केही महिलाहरुले मौकाको फाईदा उठाउँदै वडाध्यक्ष खाँमाथि चप्पल, सैण्डिल हान्न शुरु गरिन् यो सबै घटनाको दृश्य वडासमिति कार्यालयमा जडान गरिएको सिसि टिभि क्यामराबाट देखिएको छ ।

वडाध्यक्ष र वडा सदस्य बीच भएको कुटाकुट घटना ७ नं. वडाको घरघरसम्म पुगेको छ । घटनाको समय खाँको भाई जुन कि ई–रिक्सा चालक हुन । उनले वडा सदस्य थापालाई भारतबाट गुण्डा ल्याई घाटी कटाई दिने धम्कीका कारण सदस्य थापा त्रसित बनेको देखिन्छन् ।
वडाध्यक्ष खाँ विगतमा भारतको जिल्ला बहराईच बस्ने बासिन्दा हुन । यस घटनाबाट सो वार्ड की महिला मतदाता र मुस्लिम मतदाता धेरै खुशी भएको देखिन्छन् । यसको कारण हो वडाध्यक्ष खाँ जब टा“गा चलाई आफ्नो जीवन यापन गर्दै पार्टीको लागी काम गर्थे, यस बेला वडामा बसोबास गरिरहेका मुस्लिम मतदाताहरु उनलाई चन्दा उपलब्ध गराई वडाध्यक्ष पदमा चुनाव लडाई विजयी गराएका थिए ।
तर त्यही मुस्लिम समुदाय जब–जब आफ्नो विभिन्न काम गराउन वडा कार्यालयमा पुग्थे उनले झुठो बयान दिँदै ‘म हिन्दु समुदायको भोट पाई विजयी भएको छु’ भन्दै तमाम प्रकारको बाधा–व्यवधानहरु पैदा गर्थे । हिन्दु समुदाय वडाध्यक्षसँग काम गराउन पुग्दा आफूले मुस्लिम समुदायको भोट पाई विजयी भएको छु भन्दै काममा बाधा अडचन पु¥याउँथे । यसरी अहिले वडाध्यक्षको कुटाईबाट प्रायः सबै समुदायको मतदाता अति नै खुशी रहेको देखिन्छन् । अहिले जतिजति स्थानीय निर्वाचनको समय नजिकिंदै छ, विभिन्न राजनीतिक दलका तर्फबाट वडाध्यक्ष पदको लागि उम्मेदवारहरु देखा पर्न थालेका छन् ।
उनी उम्मेदवार अहिले एक्कासी देखा पर्न शुरु भएका हुन । आफ्नो कार्यकालमा अन्य वडा सदस्यको काम कार्वाही वडामा देखिएन । तर वडा सदस्य थापा यस्ता व्यक्ति हुन्, जुन कि दैनिक बिहानै उठी, मतदाताको घरदैलो अगाडी पुगी, थुप्रो लागेको फोहोर मैला सफाईकर्मीहरुबाट व्यवस्थापन गर्न लगाउँथे । दिउँसो तर्फ कुन–कुन विद्युत पोलमा बत्ती बलेको छैन्, त्यसको निरिक्षण गरी त्यहाँ बल्ब, टियुबलाईट आदि जडान गराउँथे ।
उनको यस्तो कार्यको प्रशंसा विगतदेखि वर्तमानसम्म हुने गरेको छ । यस बेला वडाध्यक्ष खाँ खुल्ला नालीमाथि ढक्कन हाल्ने सम्म कार्य सम्पन्न नगराई लाखौंलाख बजेट फ्रिज गराए । यसरी वडाको विकास निर्माण कार्य हुन सकेन ।
७ नं. वडाको प्रगतिशिल मार्गमा रहेको ऐतिहासिक भगवान तलाऊ, जुनकी विभिन्न व्यक्तिको नाममा थियो, त्यो तलाऊमा माटो पुरी त्यहाँ वडासमिति कार्यालय र स्वास्थ्य जाँच चौकीको निर्माण गर्ने योजना ल्याई लाखौंलाख रकम तलाऊमा माटो पटान गर्न खर्च गरे । अहिले माटो पटानमा खर्च गरिएको रकम वडासमितिको कार्यालयमा फिर्ता गराएनन् । तर सो जमिन सम्बन्धितलाई फिर्ता दिने सिफारिस दिए । लुकीछिपी ढंगले माटो पटानको लाखौंलाख रकम आफ्नो पकेटमा हाले । ७ नं. वडामा भन्सार छलेर रोजिन्दा १०० औं खच्चड (जनावर) आउने गर्छन् । यस्तो खच्चड विभिन्न पहाडी क्षेत्रसम्म लैजान उनले घर दैलोमा पुगी सिफारिस पत्र दिई करोडौ रकम अबैध ढंगले कुम्ल्याएको चर्चा वडाबासीहरुले गर्ने गरेका छन् । अब उनको यस्तो कृयाकलापहरु विवाद चलेसँगै बाहिर आउन थालेको छ ।
वडाध्यक्ष खाँ र वडा सदस्य थापा एउटै पार्टीका कार्यकर्ता हुन । जानकारी अनुसार यो सबै विवाद सम्बन्धित पार्टीले गहिरिएर नियाली रहेको छ । यसकारण सो पार्टी अब खाँलाई पुनः अर्को पटक उम्मेदवार बनाउन हुँदैन भनी निष्कर्षमा पुगी आफ्नो पार्टीको लोकप्रिय कार्यकर्ता किशोर थापालाई वडाध्यक्ष पदको उम्मेदवार बनाउने सोच बनाएको देखिन्छ । अहिले स्थिति यो छ कि किशोर थापाभन्दा लोकप्रिय यस वार्डमा अन्य कुनै राजनीतिक दलको कार्यकर्ता छैनन् ।
थापाको लोकप्रियता एक्कासी बढ्दा अन्य पार्टीको उम्मेदवार आतंकीत बनेको देखिन्छ । तर थापा भने यसपटक पनि आफू वडा सदस्य पदमा नै चुनाव लड्ने सोच बनाएको पाईन्छ । तर ७ नं. वडाका मतदाता जसमा विशेषकर महिला वर्ग छन्, उनीहरुले अब थापा वडाध्यक्ष पदमा चुनाव लड्नु पर्छ, यस्तो माग गर्न शुरु गरेका छन् । वडा सदस्य थापा अति गरिब वर्गका व्यक्ति हुन । उनी आज पनि मतदाताको काम गर्न दिनरात खटिन्छन् । उनले यसपटक मात्र वडाबासीको सिफारिस सम्बन्धमा वडाध्यक्षसँग विवाद गरेका होईनन । यसअघि पनि कैयन पटक उनले विवाद गरी वडाबासीको काम गराएका छन् ।
अहिले वडाबासीले उनलाई वडाध्यक्ष पदमा चुनाव लडाउने माग उठाएका छन् । यसको लागि चन्दा संकलन गर्ने सम्म कुराहरु उठ्न थालेको छ । स्मरणीय छ विगतमा वडाध्यक्ष खाँ गरिब वर्गका व्यक्ति थिए ।
