Monday, June 29सत्यम खबर
Shadow

आर्थिक

चीनले आर्थिक भार थुप्रदै विभिन्न देशमा जालो बुन्दै

चीनले आर्थिक भार थुप्रदै विभिन्न देशमा जालो बुन्दै

आर्थिक, आस्था, प्रदेश ५, विदेश, श्रम/रोजगार, समाचार
काठमाण्डौ, २९ मंसिर – विगत १५-२० वर्षमा चीनले धेरै विकास गरेको छ। ऋण र पैसाको बलमा यसको आर्थिक जादू चलेको छ। धेरै लगानी गरेर आफ्नो अर्थतन्त्र बलियो बनाएको छ र विश्व राजनीतिको मैदानमा प्रवेश गरेको छ । यो ध्यान दिन लायक छ कि केही अनुमानहरू अनुसार, आज चीनको कुल ऋण यसको कुल गार्हस्थ उत्पादन (जीडीपी) को 300 प्रतिशत छ र विश्वव्यापी ऋणको 15 प्रतिशत अमेरिकी डलर 40 ट्रिलियन अनुमान गरिएको छ। चिनियाँ पक्षको साथ अर्को कथा जुन अस्वीकार गर्न सकिँदैन। यो अन्य देशहरूमा चिनियाँ लगानीसँग सम्बन्धित छ। एक रणनीति जुन आर्थिक नीति भन्दा विदेश नीति द्वारा संचालित देखिन्छ। अमेरिकी इन्टरप्राइज इन्स्टिच्युट एण्ड हेरिटेज फाउन्डेसनले तयार पारेको तथ्याङ्कअनुसार विगत १५ वर्षमा यो लगानीको विशाल अमेरिकी डलर २ ट्रिलियन रहेको छ । USD 2 ट्रिलियन सामान्यतया 2004 र 2019 को बीचमा भारतको कुल GDP को आकारमा भएको वृद्धि बराब...

जाेखिम न्यूनीकरणका लागि माैसम पूर्वानुमानमा आधारित, पूर्वसुचना तालीम सम्पन्न !

CoVid19, अपराध, अवधी, आर्थिक, आस्था, कला/साहित्य, खेल, धार्मिक, प्रदेश ५, मौसम, यता पनि, राजनीति, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाज, सूचना-प्रबिधि
मौसम पूर्वानुमानमा आधारित बाढीपूर्व तयारी कार्यक्रम अन्तर्गत सुरक्षा शर्तकता अपनाई नरैनापुर गाऊँ पालिकाको वडा नं.६ मा मौसम पूर्वानुमानमा आधारित बाढी पूर्व सूचना बिषयक दुई दिने तालीम सम्पन्न भएको छ । बिश्व खाद्य कार्यक्रम (WFP) को आर्थिक सहयोग, नरैनापुर गाऊँ पालिकाको समन्वय र सामाजिक बिकास तथा अनुसंधान केन्द्र (CSDR) को आयोजनामा भएको उक्त तालीममा नरैनापुर गाऊँ पालिका वडा नं.६ का वडा अध्यक्ष बिरेन्द्र पाल सिंह ठाकुरको अध्यक्षता तथा नरैनापुर गाऊँ पालिका प्रमुख इस्तियाक अहमद शाहको प्रमुख आतिथ्यमा शुरु भएको तालिमलाई प्रमुख अतिथी शाहले ब्यानर खोली उदघाटन गर्नु भएको हो । यसै गरी अतिथीहरुमा इलाका प्रहरी कार्यालय भगवानपुरका प्रतिनिधी, नरैनापुर गाऊँ पालिकाको बिपद फोकल परसन लक्ष्मीकान्त मिश्र, जय किसान माध्यमिक बिद्यालय नरैनापुरको शिक्षक अरुन यादव, कार्यक्रम संयोजक विनय राज त्रिपाठी, CSDR क...
चीनको अघोषित नाकाबन्दीले चिनियाँ सामानको मूल्य दोब्बरसम्म वृद्धि

चीनको अघोषित नाकाबन्दीले चिनियाँ सामानको मूल्य दोब्बरसम्म वृद्धि

आर्थिक, प्रदेश ५, श्रम/रोजगार, समाचार
काठमाण्डौ, २८ मंसिर –चिनियाँ सामानको सस्तो हुन्छ भन्ने परम्परागत मान्यता अब तोडिन थालेको छ । गुणस्तरको विषयमा शंका भए पनि सस्तो हुने कारण सामान्य उपभोक्ताको रोजाइमा चिनियाँ सामान पर्ने गर्थे । तर, भूकम्प र कोरोनाका कारण नाकाहरूमा चीनले लगाएको अघोषित प्रतिबन्धले नेपालमा चिनियाँ सामानको मूल्य अत्यधिक वृद्धि भएको छ । व्यवसायीका अनुसार चीनबाट आउने रेडिमेड सामानको मूल्य शतप्रतिशतसम्म वृद्धि भएको छ । आयात गर्नुपर्ने सामान समयमै नाकामा नआउनु, खरिद गरेको समय र सामान आइपुग्ने समयमा डलरको मूल्यका कारण बढी लागत लाग्नु, चीनमा नै सामानको मूल्य बढ्नु, ढुवानी भाडा महँगो पर्नु, भन्सारको सन्दर्भमूल्यमा वृद्धि हुनुलगायत कारण चिनियाँ सामग्रीको मूल्य अत्यधिक बढेको व्यवसायीहरू बताउँछन् । व्यापारी धर्म पौडेलका अनुसार चीनमा जुत्ता–चप्पलमा ६० प्रतिशत र रेडिमेड सामानमा ४० प्रतिशतसम्म मूल्यवृद्धि भएको छ । सोही क...
भारतमा विवाह भएकी नेपाली चेलीको ज्यान जोगाउन भारत स्थित नेपाली राजदूताबास एक्शनमा

भारतमा विवाह भएकी नेपाली चेलीको ज्यान जोगाउन भारत स्थित नेपाली राजदूताबास एक्शनमा

अपराध, अवधी, आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
शुभम् शर्मानेपालगन्ज, २८ मंसिर – भारतमा विवाह भएकी नेपाली चेलीले दाइजोको कारण आफ्नो ज्याज जोखिममा परेको र आफ्नो परिवार सदस्यको ज्यान जोगाउन भारत दिल्ली स्थित नेपाली राजदूताबासमा निवेदन संप्रेषित गर्दा सो नेपाली चेलीको ज्यान जोगाउन भारत स्थित नेपाली राजदूताबास एक्शनमा आएको छ । बा“के जिल्ला प्रदेश नं. ५ नेपालगंज ७ का प्रेस स्वतन्त्रता सेनानी स्व.श्रीराम गोपाल वैश्यले वि.सं. २०११ सालमा आफनो छोरी शालिनी गुप्ताको बिहे भारत जिल्ला बरेलीको तहसील बहेडी बस्ने राजेन्द्र प्रसाद गुप्ता र बीना गुप्ताको जेठो छोरा विकास गुप्ता संग गरी दिएका थिए । केहीवर्ष सम्म उनीहरुको वैवाहिक जीवन राम्रो संग व्यतीत भयो । विहेको केही दिनमा नै सासु ससुराले दाइजो दिएको रकम १० लाख कारोबारमा खर्च गरी दिऐ मह“गो मुल्यको लाखोको गहना समेत खोसी लिए । अहिले केही वर्षदेखी उनीहरु शालिनी गुप्ता लाई कुटपीट गर्ने र घर निक...
चिनियाँ निर्माण कार्य यूएईले रोक्यो

चिनियाँ निर्माण कार्य यूएईले रोक्यो

आर्थिक, प्रदेश ५, विदेश, श्रम/रोजगार, समाचार
काठमाण्डौ, २७, मंसिर – संयुक्त अरब इमिरेट्स (यूएई) मा चीनले प्रयोग गर्दै आइरहेको बन्दरगाहमा थप भइरहेको निर्माण कार्यमा रोक लगाएएको छ । बेइजिङले सैन्य गतिविधि सञ्चालन गर्ने उद्देश्यले त्यहाँ थप निर्माण काम गरिरहेको भन्दै अमेरिकाले सो कार्य रोक्न यूएईलाई निर्देशन दिएको थियो । यद्यपि गत महिना नै यूएईले सो निर्माण कार्यमा रोक लगाएका रिपोर्टहरू आए पनि अहिले मात्रै त्यहाँका अधिकारीले पुष्टि गरेका हुन् । युएईका कूटनीतिक सल्लाहकार अनवर गर्गासले निर्माण कार्यमा रोक लगाइएको पुष्टि गरेका हुन् । चीनले सैन्य गतिविधिको उद्देश्यले निर्माण कार्य गरिरहेको आफूलाई नलागेको युएईले जनाएको छ । अमेरिकी र यूएईका अधिकारीहरूबीच पटक पटक भएको वार्तापछि अबुधाबी नजिकको बन्दरगाहमा भइरहेको निर्माण कार्यमा रोक लगाएको हो । अमेरिकी खुफिया एजेन्सीहरूले सो बन्दरगाहमा चीनले सैन्य रणनीति अनुसार थप निर्माण कार्य गरिरहेक...
अवैध काठ बरामद, घरमालिक खाँ फरार

अवैध काठ बरामद, घरमालिक खाँ फरार

अपराध, आर्थिक, प्रदेश ५, समाचार, समाज
डुडुवा, २४ मंसिर - डुडुवा गाउँपालिका वडा नं. २ जाफरपुर्वाबाट अवैध काठ बरामद गरिएकाे छ । विशेष सुचनाकाे आधारमा नेपालगन्ज सव-डिभिजन वन कार्यालय राँझा, झाेरा सामुदायिक वन उपभाेक्ता समितिका पदाधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरीकाे संयुक्त टाेलीद्वारा डुडुवा गाउँपालिका वडा नं. २ जाफरपुर्वाका कमाल खाँकाे घर भित्र लुकाई राखेकाे अवस्थामा अवैध काठ बरामद गरिएकाे जनाईएकाे छ ।मंसिर २३ गते विहिबारका दिन काठ बरामद गरिएकाे थियाे । बरामद काठ ३१.७/६ क्युफुट गाेलिया भएकाे तथा काठकाे बजार मूल्य एक लाख बढी पर्ने जानकारी गराउँदै कमाल खाँ हाल फरार रहेकाे सवडिभिजन वन कार्यालयद्वारा जनाईएकाे छ । अवैध बरामद काठकाे मुचुल्का उठाई मुद्दा अनुसन्धान प्रक्रियामा रहनुका साथै फरार घरमालिक कमाल खाँकाे खाेजी कार्य भईरहेकाे जनाईएकाे छ ।...
पुस्तक तथा स्टेशनरी व्यवसायी संघकाे प्रदेश अधिवेशन भाेलि हुने

पुस्तक तथा स्टेशनरी व्यवसायी संघकाे प्रदेश अधिवेशन भाेलि हुने

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
नेपालगन्ज, २४ मंसिर - प्रदेश भरका पुस्तक, स्टेशनरी, मसलन्द लगायत सम्पुर्ण शैक्षिक सामाग्री प्रकाशन उत्पादन तथा बिक्री वितरण गर्ने व्यवसायीहरूकाे हकहित संरक्षण र प्रर्वद्वन गर्ने प्रमुख उद्देश्यका साथ मंसिर २५ गते लुम्बिनी प्रदेश समितिकाे तेस्राे साधारण सभा तथा दाेस्राे प्रदेश अधिवेशन गर्ने जानकारी गराईएकाे छ । आज शुक्रबार पत्रकार सम्मेलन गरि उक्त जानकारी गराउँदै प्रविधिकाे अत्याधिक प्रयाेगका कारण पठन संस्कृति हराउँदै गएकाे अवस्थामा हामीले प्रदेश भरीका प्रत्येक जिल्लामा अत्याधुनिक ई लाईब्रेरीकाे अवधारणालाई अघि सार्दै बुटवलमा रूपन्देही शाखाले आफ्नै भवनमा अत्याधुनिक पुस्तकालय सञ्चालनमा ल्याउने बताउनुभयाे । व्यवसायीहरूकाे व्यवसायिक सुरक्षा तथा जाेखिम न्युनिकरणका लागि सामुहिक बिमा याेजना गराई व्यवसायीहरूकाे सम्पतिकाे सुरक्षालाई विशेष जाेड दिने याेजना रहेकाे जानकारी गराईएकाे थियाे । भाे...
कुपनकाे लागि किसानहरूलाई सास्ती नदिन अनुराेध

कुपनकाे लागि किसानहरूलाई सास्ती नदिन अनुराेध

अवधी, आर्थिक, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २४ मंसिर - कृषि ज्ञान केन्द्र बाँके (नेपालगन्ज) मा आज शुक्रबार बिहानैदेखी धान बिक्रीका लागी सिफारिस लिने कृषकहरुको भीड लागेको थियाे । नेपाल सरकारको स्वामित्वमा भएको खाद्य संस्थानले कृषिको सिफारिस (कुपन) का आधारमा धान खरिद गर्ने भएपछि सिफारिस लिन बाँकेका कृषकहरु बिहानै पुगेका हुन । कृषकहरुको भीड बढेपछि कुपन वितरण गर्न नै समस्या देखिएको थियाे । कृषि ज्ञान केन्द्रका कृषि अर्थ बिज्ञ जीवन कुमार केसीले सुरक्षा निकायको सहयोगमा लाइन ब्यवस्थित गरी जग्गाको लालपुर्जा (जग्गा धनी प्रमाण पत्र), नागरिकता लगायतका कागज पत्रको आधारमा एक जना कृषकलाई ३० क्विनटलसम्म धान बिक्री गर्नका लागी सिफारिस (कुपन) दिने कार्यालयको योजना रहेको जानकारी गराउनुभयाे । खाद्य संस्थानले यसपालिका कृषकबाट मोटा धान २ हजार ७ सय ५२ रुपैयाँ र मध्यम धान २ हजार ९ सय २ रुपैयाँका दरले खरिद गर्ने भनी मूल्य निर्धारण भएको उल्...
गाउँपालिका भवनको निर्माण कार्य तिब्र, योजनाको धमाधम अनुगमन

गाउँपालिका भवनको निर्माण कार्य तिब्र, योजनाको धमाधम अनुगमन

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
डुडुवा, २२ मंसिर – डुडुवा गाउँपालिकाले आफ्ना विभिन्न विकास निर्माणका योजनाहरुको अनुगमन गरिरहेको छ ।गाउँपालिकाद्वारा निर्मित विभिन्न ठुला तथा साना योजना अन्तर्गतका भौतिक पुर्वाधारहरुको अनुगमन गर्ने कार्य गरिरहेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत परशुराम उपाध्यायले बताउनुभयो । उहाँका अनुसार सबैभन्दा ठुलो योजना गाउँपालिकाको प्रशासनिक भवन, विद्यालय भवन, तथा विभिन्न धार्मिक स्थलमा निर्मित भौतिक पुर्वाधारको अनुगमन गरिएको हो । गाउँपालिकाको प्रशासनिक भवनको निर्माणको काम करिब ८० प्रतिशत पुरा भएको छ । तिब्र गतिमा निर्माण भईरहेको भवन अब केही महिनाभित्रै सञ्चालनमा ल्याइने गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो । अध्यक्ष चौधरीले गाउँपालिकाको भवनको अभावले गुणस्तरिय सेवा प्रवाह र साधन स्रोतको परिचालन तथा व्यवस्थापन गर्न समस्या भएकाले नयाँ भवनबाट छिट्टै सेवा प्रवाह हुने विश्वास दिला...
आफूखुशी मापदण्ड बनाई बाटो निर्माण गर्दा स्थानीयको बिरोध

आफूखुशी मापदण्ड बनाई बाटो निर्माण गर्दा स्थानीयको बिरोध

अवधी, आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २० मंसिर – नेपालगन्ज उपमहानगरपालिका वडा नं. २ घरवारी टोलमा सडक विस्तार गर्ने नाममा जबरजस्ती डोजर चलाउने काम गरिएको आरोप लगाईएको छ ।नेपालगन्ज उपमहानगरपालिका वडा नं. २ वडा कार्यालयद्वारा मंसिर २ गते सडक विस्तार सम्बन्धमा का.वा.अध्यक्ष आशा बिष्टद्वारा सूचना जारी गरिएको थियो । जुन सूचनामा कही कतै पनि ६ मिटर सडक बिस्तार गरिने भएको हुँदा आ–आफ्नो संरचना भत्काउने बारे उल्लेख नगरिए पनि सूचनामा रामकुमार कोरीको घरदेखि सेतुर बि.क.चोक जोड्ने बाटोमा दुबैतर्फ ढक्कनसहितको नाला बाटो पि.सि.सि. कार्य गर्नको लागि उपभोक्ता समितिसँग सम्झौता भईसकेको र सडक संचरना भत्काई विकास निर्माण कार्यमा सहयोग गरि दिनु हुन सम्पूर्ण टोलबासीहरुमा अनुरोध भनी उल्लेख गरिएको थियो । त्यस सूचनामा समय सीमा समेत तोकिएको थिएन् । तर उसको ठिक उल्टो गठित उपभोक्ता समितिले कुनै ताकेता समेत नगरी नाला, बाटो निर्माणका लागि डोज...