Monday, April 20सत्यम खबर
Shadow

कुपनकाे लागि किसानहरूलाई सास्ती नदिन अनुराेध

नेपालगन्ज, २४ मंसिर – कृषि ज्ञान केन्द्र बाँके (नेपालगन्ज) मा आज शुक्रबार बिहानैदेखी धान बिक्रीका लागी सिफारिस लिने कृषकहरुको भीड लागेको थियाे । नेपाल सरकारको स्वामित्वमा भएको खाद्य संस्थानले कृषिको सिफारिस (कुपन) का आधारमा धान खरिद गर्ने भएपछि सिफारिस लिन बाँकेका कृषकहरु बिहानै पुगेका हुन ।

कृषकहरुको भीड बढेपछि कुपन वितरण गर्न नै समस्या देखिएको थियाे । कृषि ज्ञान केन्द्रका कृषि अर्थ बिज्ञ जीवन कुमार केसीले सुरक्षा निकायको सहयोगमा लाइन ब्यवस्थित गरी जग्गाको लालपुर्जा (जग्गा धनी प्रमाण पत्र), नागरिकता लगायतका कागज पत्रको आधारमा एक जना कृषकलाई ३० क्विनटलसम्म धान बिक्री गर्नका लागी सिफारिस (कुपन) दिने कार्यालयको योजना रहेको जानकारी गराउनुभयाे ।

खाद्य संस्थानले यसपालिका कृषकबाट मोटा धान २ हजार ७ सय ५२ रुपैयाँ र मध्यम धान २ हजार ९ सय २ रुपैयाँका दरले खरिद गर्ने भनी मूल्य निर्धारण भएको उल्लेख गरेको छ ।

यता किसानहरूकाे भनाई अनुसार कार्यालयले २४ गते कुपन दिने भनी सुचना जारी गरेकाे हुँदा हामी बिहान ४ बजेबाट लाईनमा बसेकाे तर कर्मचारी आफै ११ बजे आएकाे बेला भिड देखेर पुन: मंसिर २६ गते कुपन वितरण गरिने भनी सुचना निकालेकाे बताएका छन् ।

हामी किसानद्वारा नै उत्पादन गरिएकाे खाधान्नबाट सबैकाे भाेक मेटिने भएकाे हुँदा बेमाैसम वर्षातबाट समेत पीडित भएकाे तथा पीडित किसानहरूलाई सास्ती दिनु उपयुक्त नभएकाे उपस्थित किसानहरूले गुनासाे गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *