Wednesday, April 22सत्यम खबर
Shadow

गाउँपालिका भवनको निर्माण कार्य तिब्र, योजनाको धमाधम अनुगमन

डुडुवा, २२ मंसिर – डुडुवा गाउँपालिकाले आफ्ना विभिन्न विकास निर्माणका योजनाहरुको अनुगमन गरिरहेको छ ।
गाउँपालिकाद्वारा निर्मित विभिन्न ठुला तथा साना योजना अन्तर्गतका भौतिक पुर्वाधारहरुको अनुगमन गर्ने कार्य गरिरहेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत परशुराम उपाध्यायले बताउनुभयो । उहाँका अनुसार सबैभन्दा ठुलो योजना गाउँपालिकाको प्रशासनिक भवन, विद्यालय भवन, तथा विभिन्न धार्मिक स्थलमा निर्मित भौतिक पुर्वाधारको अनुगमन गरिएको हो ।


गाउँपालिकाको प्रशासनिक भवनको निर्माणको काम करिब ८० प्रतिशत पुरा भएको छ । तिब्र गतिमा निर्माण भईरहेको भवन अब केही महिनाभित्रै सञ्चालनमा ल्याइने गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो । अध्यक्ष चौधरीले गाउँपालिकाको भवनको अभावले गुणस्तरिय सेवा प्रवाह र साधन स्रोतको परिचालन तथा व्यवस्थापन गर्न समस्या भएकाले नयाँ भवनबाट छिट्टै सेवा प्रवाह हुने विश्वास दिलाउनुभयो ।


गाउँपालिका अध्यक्ष चौधरी नेतृत्वको समुहले निर्माण सम्पन्न भएको वार्ड नं. ४ स्थित मस्जिद र नवनिर्मित वार्ड नंं ६ स्थित श्री सरस्वती मावि भंघोटनामा दुई कोठे भवनको अनुगमन गरिएको हो । वार्ड नं. ४ मोल्हुपुर्वामा मस्जिद निर्माणका लागि ८ लाख र हिरिमिनियाको विद्यालयको दुई कोठे भवन रु २६ लाखको लागतमा निर्माण सम्पन्न भएको प्रमुख प्रशासकिय अधिकृत उपाध्यायले जानकारी दिनुभयो ।


पालिकाद्वारा हाल धमाधम विभिन्न भौतिक पुर्वाधारहरु निर्माण भईरहेका छन् । अनुगमन टोलीमा गाउँपालिका अध्यक्ष चौधरी, उपाध्यक्ष शाहिदा बानो, कार्यपालिका सदस्यसहितको जनप्रतिनिधी, प्रमुख प्रशासकिय अधिकृत उपाध्याय, प्राविधिक प्रमुख लगायतको समुहको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *