Thursday, November 21सत्यम खबर
Shadow

भारतमा विवाह भएकी नेपाली चेलीको ज्यान जोगाउन भारत स्थित नेपाली राजदूताबास एक्शनमा

शुभम् शर्मा
नेपालगन्ज, २८ मंसिर – भारतमा विवाह भएकी नेपाली चेलीले दाइजोको कारण आफ्नो ज्याज जोखिममा परेको र आफ्नो परिवार सदस्यको ज्यान जोगाउन भारत दिल्ली स्थित नेपाली राजदूताबासमा निवेदन संप्रेषित गर्दा सो नेपाली चेलीको ज्यान जोगाउन भारत स्थित नेपाली राजदूताबास एक्शनमा आएको छ ।


बा“के जिल्ला प्रदेश नं. ५ नेपालगंज ७ का प्रेस स्वतन्त्रता सेनानी स्व.श्रीराम गोपाल वैश्यले वि.सं. २०११ सालमा आफनो छोरी शालिनी गुप्ताको बिहे भारत जिल्ला बरेलीको तहसील बहेडी बस्ने राजेन्द्र प्रसाद गुप्ता र बीना गुप्ताको जेठो छोरा विकास गुप्ता संग गरी दिएका थिए । केहीवर्ष सम्म उनीहरुको वैवाहिक जीवन राम्रो संग व्यतीत भयो । विहेको केही दिनमा नै सासु ससुराले दाइजो दिएको रकम १० लाख कारोबारमा खर्च गरी दिऐ मह“गो मुल्यको लाखोको गहना समेत खोसी लिए ।


अहिले केही वर्षदेखी उनीहरु शालिनी गुप्ता लाई कुटपीट गर्ने र घर निकाला समेत गर्दै आएका छन । अहिले उनीहरु ले उ.प्र. मुख्यमंत्री, प्रधानमन्त्री कार्यालयको सोर्स शिफारिसमा बसेको घर समेत तुरुन्तै खाली गराउन प्रहरीको सहारा लिइन्दा । शालिनी गुप्ताले आफु र आफ्नो पति २ जना नाबालक छोरीको जीवन रक्षाको लागि नेपाली राजवदूताबास न्यू दिल्लीलाई निवेदन पठाई गुहारे की छिन ।


उनीको निवेदनमा दूताबासमा पुगे पछि राजदूताबासका कार्यवाहक अधिकारी रामप्रसाद सुवेदीले बहेडी पुलिस चौकी इन्चार्जलाई फोनबाट सम्पर्क गरी नेपाली चेली माथि दाइजोको कारण भएको ज्यादतीको कडा शब्दमा आपत्ति र विरोध जनाउन्दै पीडित नेपाली चेली माथि कुनै प्रकारको अपराधिक घटना नहोस यस सम्बन्धमा सचेत पार्नु भएको छ ।
काठमाण्डौंमा भारत न्यू दिल्ली नेपाली राजदूताबासका अधिकारी मध्येका सुरेन्द्र थापा यस घटनालाई गहिरीएर नियाल्दै भारत स्थित नेपाली राजदूताबास संग लगातार सम्पर्क गर्दै आएको जानकारी प्राप्त भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *