
नेपालगन्ज, २४ मंसिर – प्रदेश भरका पुस्तक, स्टेशनरी, मसलन्द लगायत सम्पुर्ण शैक्षिक सामाग्री प्रकाशन उत्पादन तथा बिक्री वितरण गर्ने व्यवसायीहरूकाे हकहित संरक्षण र प्रर्वद्वन गर्ने प्रमुख उद्देश्यका साथ मंसिर २५ गते लुम्बिनी प्रदेश समितिकाे तेस्राे साधारण सभा तथा दाेस्राे प्रदेश अधिवेशन गर्ने जानकारी गराईएकाे छ ।
आज शुक्रबार पत्रकार सम्मेलन गरि उक्त जानकारी गराउँदै प्रविधिकाे अत्याधिक प्रयाेगका कारण पठन संस्कृति हराउँदै गएकाे अवस्थामा हामीले प्रदेश भरीका प्रत्येक जिल्लामा अत्याधुनिक ई लाईब्रेरीकाे अवधारणालाई अघि सार्दै बुटवलमा रूपन्देही शाखाले आफ्नै भवनमा अत्याधुनिक पुस्तकालय सञ्चालनमा ल्याउने बताउनुभयाे ।
व्यवसायीहरूकाे व्यवसायिक सुरक्षा तथा जाेखिम न्युनिकरणका लागि सामुहिक बिमा याेजना गराई व्यवसायीहरूकाे सम्पतिकाे सुरक्षालाई विशेष जाेड दिने याेजना रहेकाे जानकारी गराईएकाे थियाे ।

भाेलि मंसिर २५ गते शनिबार बिहान ११ बजेदेखि कार्यक्रमकाे शुभारम्भ हुने जानकारी गराउँदै नयाँ नेतृत्व समेत चयन गरिने बताईएकाे थियाे । अधिवेशनमा प्रदेशका १२ जिल्लाका १५० जना प्रतिनिधि, ५० जना पर्यवेक्षक तथा पाहुनाहरू गरि २०० जना बढीकाे सहभागिता रहने छन् ।
लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनद्वारा कार्यक्रमकाे समुदघाटन गरिनुका साथै नेपालगन्ज घाेषणापत्र जारी तथा स्मारिका बिमाेचन समेत गरिने जानकारी गराईएकाे थियाे ।
