नरैनापुरलाई सि.एस.डि.आर.द्वारा, बिपद जोखिम न्यूनीकरण तथा ब्यवस्थापनका लागि सामग्री हस्तान्तरण !
CoVid19, अपराध, अवधी, आर्थिक, आस्था, कला/साहित्य, प्रदेश ५, बिचार, मौसम, यता पनि, राजनीति, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
आज नरैनापुर गाऊँ पालिकामा मौसम पूर्वानुमानमा आधारित बाढीपूर्व तयारी कार्यक्रम अन्तर्गत स्थानिय आपत कार्य सञ्चालन केन्द्र नरैनापुरलाई पूर्व सूचना सञ्चार, खोज तथा उद्धार, प्राथमिक उपचारका लागि क्षमता अभिबृद्धि गराई प्रभावकारी मौसम पूर्वानुमानमा आधारित बाढीपूर्व सूचनालाई सुदृढिकरण गर्न सहयोग पु¥याउने हेतु सामग्री हस्तान्तरण गरिएको हो ।
बिश्व खाद्य कार्यक्रमको आर्थिक सहयोग, नरैनापुर गाऊँ पालिकाको समन्वय र सामाजिक बिकास तथा अनुसन्धान केन्द्र (सी.एस.डी.आर.) बाँकेको आयोजनामा पूर्व सूचना सञ्चार, खोज तथा उद्धार, प्राथमिक उपचारका लागि लाईफ जाकेट, हाते माईक, खोज तथा उद्धार डोरी, प्राथमिक उपचार बाकस, अग्नी नियन्त्रण सिलेण्डर, बेल्चा, गो ब्याग, टर्च लाईट, गमबूट (जुत्ता), फोल्डिङ्ग स्टे«चर, लाईफ ब्वाय रिङ्ग, टेन्ट, मेनुवल साईरन र थ्रो ब्याग आदि सामग्री नरैनापुर गाऊँ पालिकालाई हस्तान्तरण गरिएको छ ...








