Wednesday, April 22सत्यम खबर
Shadow

३३ किलो सुन काण्डका फरार प्रतिवादी कृष्णगोपाल अग्रवाल पक्राउ

काठमाण्डौ, २० मंसिर – इन्टरपोलबाट रेड नोटिस जारी गरिएका ३३ किलो सुन तस्करी प्रकरणमा मुछिएर फरार रहेका कृष्णगोपाल अग्रवाललाई आइतबार पक्राउ गरिएको छ ।

५० वर्षीय अग्रवाललाई इन्टरपोल शाखाबाट खटिएको टोलीले पक्राउ गरेको हो । झापा साविक शिवगंज गाविस–१ ठेगाना भएका अग्रवाल दुबईबाट नेपाल आउँदैछन् भन्ने सूचनाका आधारमा इन्टरपोलको टोलीले उनलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय मोरङलेअग्रवाललाई २०७५ साउन ८ गते अन्तर्राष्ट्रिय स्तरमा खोजतलास गरि पक्राउको लागि इन्टरपोल महासचिवालयबाट रेड नोटिस जारी भएको थियो।

आइतबार पक्राउ परेका अग्रवाललाई महानगरीय प्रहरी वृत्त गौशाला काठमाडौंमा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *