Sunday, June 28सत्यम खबर
Shadow

अपराध

चिनियाँ नागरिकसहित ३७ पक्राउ

चिनियाँ नागरिकसहित ३७ पक्राउ

अपराध, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाडौं, १०, फागुन –कल बाइपास र अनलाइन जुवाको धन्दा चलाएको आरोपमा महानगरीय प्रहरी परिसर काठमाडौंले चिनियाँ नागरिकसहित ३७ जनालाई पक्राउ गरेको छ । उनीहरुलाई महानगरीय प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त नयाँ बानेश्वरको संयुक्त टोलीले साेमबार राती नयाँ बानेश्वरकाे एक घरमा छापा मारी उनीहरूलाई पक्राउ गरेको हो ।प्रहरीले उनीहरुबाट कल बाइपासमा प्रयोग हुने उपकरणहरूसमेत बरामद गरेको छ । प्रहरीले उनीहरुको बारेमा थप अनुसन्धान भइरहेको जनाएको छ । प्रहरीका अनुसार उनीहरूले अनलाइनमा जुवा खेलाउने, त्यसैका आधारमा धम्क्याएर रकम असुल्ने गरेको तथा अन्य गैरकानुनी काम गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।दुई वर्षअघि पनि राजधानीबाट १ सय २० चिनियाँ नागरिकहरू गैरकानुनी रुपमा बसी अपराध गरेको कसुरमा पक्राउ परेका थिए । उनीहरूलाई अध्यागमन विभागले जरीवाना तिराएर चीन ‘डिपोर्ट’ गरेको थियो । (खबरहब)...
राप्रपा नेपालका केन्द्रिय सदस्य मोहन सिंह केसी पुत्र शोकमा

राप्रपा नेपालका केन्द्रिय सदस्य मोहन सिंह केसी पुत्र शोकमा

अपराध, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
– रमेश चन्द्र कुमालनेपालगन्ज, ९ माघ – राप्रपा नेपालका केन्द्रिय सदस्य मोहन सिंह केसी पुत्र शोकमा पर्नु भएको छ ।बुधवार १०ः२५ बजे राती कोहलपुर–१४ पार्वतीपुरस्थित भेरी टूक यातायात प्रालिद्वारा सञ्चालित धर्मकाँटामा कार्यरत रापपाका नेता केसीको ४८ वर्षीय छोरा त्रिलोक सिंह केसीलाई भे१क १९९९ नं.को टिप्परले ठक्कर दिइ भागेको थियो ।त्रिलोक सिंहले टिप्पर चालकलाई टर्च बाली बाटो देखाएका थिए तर टिप्पर चालक अनियन्त्रित गतिले टिप्पर डिभाइडरमा ठोक्काएर केसीलाई किचेको कुरा जानकारीमा आएको छ । फोटोः गुगल बाँकेको राप्तीसोनारी गाउँपालिका– २ बस्ने टिप्पर चालक टिप्पर लिएर भागेका थिए तर मृतक केसीको कपडाको केही भाग टिप्परको पांग्रामा फेला परे पछि सोही टिप्परबाट केसीको मृत्यु भएको कुरा पुष्टि भएको थियो । यसमा पनि सो टिप्पर चालकले आफूबाट केसीको मृत्यु नभएको दावी गर्दै आएका थिए । तर पछि उनले मेरै टिप्परबाट किचिएर...
प्रहरीकाे ६ महिने कार्य प्रगति विवरण सार्वजनिक, ९ करोड बढीको राजस्व संकलन, बरामद लागूऔषधहरु नष्ट

प्रहरीकाे ६ महिने कार्य प्रगति विवरण सार्वजनिक, ९ करोड बढीको राजस्व संकलन, बरामद लागूऔषधहरु नष्ट

अपराध, आर्थिक, प्रदेश ५, श्रम/रोजगार, समाचार
नेपालगन्ज, ४ माघ - जिल्ला प्रहरी कार्यालय बाँकेले मंगलवार पत्रकार भेटघाट मार्फत चालू आर्थिक वर्ष २०७८/०७९ को पहिलो ६ महिनाको कार्य प्रगति विवरण सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालय बाँकेमा गत असारमा प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारी प्रहरी प्रमुखको रुपमा सरुवा भै आएपछि उनको कार्यकालको यो आर्थिक वर्षको ६ महिनाको कार्य प्रगति विवरण सार्वजनिक गरिएको हो । जिल्ला प्रहरीले बितेको ६ महिनामा ९ करोड बढीको राजस्व संकलन गरेको सार्वजनिक गरेकाे छ । प्रहरीले भन्सार चोरी पैठारीबाट ४ करोड ३६ लाख २६ हजार ६ सय ८ रुपैयाँ, सुन तस्कर कारवाहीबाट ३ करोड १३ लाख ९७ हजार ६ सय ७५ रुपैयाँ, ट्राफिक कारवाहीबाट १ करोड १२ लक्ख ३४, हजार ५ सय रुपैयाँ, नदिजन्य पदार्थ उत्खननबाट ३ लाख ३० हजार रुपैयाँ, जुवातास कारवाहीबाट ९ लाख ५१ हजार ६ सय १० रुपैयाँ, काठ तस्कर कारवाहीबाट ६ लाख ५३ हजार ९ सय रुपैयाँ, क्वारेन्टाईन नगर...
प्रहरीद्वारा मानसिक सन्तुलन ठीक नभएका युवकलाई कूटपिट

प्रहरीद्वारा मानसिक सन्तुलन ठीक नभएका युवकलाई कूटपिट

अपराध, आस्था, प्रदेश ५, समाचार, समाज
नेपालगन्ज, २४ पाैष - आफुलाई बर्दियाको प्रहरी बताउने दुई जना प्रहरीद्वारा मानसिक सन्तुलन ठीक नभएको युवकलाई हेलमेटले कूटपिट गरेको छन् । नेपालगन्ज उप महानगरपालिक वडा नं. ४ सल्यानी बाग बस्ने वर्ष २४ का मो.अरिफलाई मोटरसाइकल चोरीको आरोपमा कूटपिट गरेका हुन । बिगत ७ वर्षदेखि मानसिक सन्तुलन ठीक नभएका निज अरिफलाई मोटरसाइकलमा बसी हेलमेट लगाएको निहुमा बर्दियाको प्रहरी बताउने २ दुई जनाले हेलमेट टाउकोमा प्रहार गरि कूटपिट गरेका थिए । कूटपिट गर्ने बेलामा ति २ दुईले आफुलाई प्रहरी बताउने मादक पदार्थ सेवन गरेकाे प्रत्यक्षदर्शी टोलवासी बताएका छन् ।...
सीमावर्ती जिल्लाहरुमा चीनद्वारा अवैध भूभाग अतिक्रमण

सीमावर्ती जिल्लाहरुमा चीनद्वारा अवैध भूभाग अतिक्रमण

अपराध, प्रदेश ३, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २३ पौष – चिनियाँ विस्तारबाद नीति अनुसार नेपालका कतिपय भूभागहरु कब्जा गरिएको तथ्य पटक पटक बाहिर आउने गरेको भएपनि नेपाल सरकार चुप लाग्नुको अर्थ के छ बुझ्न गाह्रो भईरहेको छ । नेपालको हुम्ला, गोरखा, दारचुला, दोलखा, सिंधुपालचौकलगायत सीमावर्ती जिल्लाहरुमा चीनद्वारा अवैध भूभाग अतिक्रमण गरिएको तथ्यहरु रहेका छन् ।गतवर्षमा नेपाल सरकारद्वारा हुम्लाको उत्तर भागमा नेपाल–चीन सीमाको अध्ययनका लागि गृह सचिवको अध्यक्षतामा सात सदस्यीय समिति गठन गरिएको थियो । सीमा अध्ययन समितिद्वारा नेपाल–चीन सीमा क्षेत्रको अध्ययन गरियो, जसमा लिमी घाटीमा दुबै देश बीच सीमासँग सम्बन्धित विषयहरु रहेका थिए ।स्रोतका अनुसार नेपाल–चीन सीमा क्षेत्रको अध्ययन समितिद्वारा तयार गरिएको प्रतिवेदन सार्वजनिक गर्नु पूर्व गृहमन्त्रालयद्वारा रोक लगाईएको छ । किनभने चीनद्वारा त्यसबारे कुनै प्रतिक्रिया नआएपछि रोक लगाईएको जनाईएको छ । ...
चीनले ताईवान माथि आक्रमण गरे जापान र अमेरीकाको संयुक्त सेनाले कडा प्रतिरोध गर्ने

चीनले ताईवान माथि आक्रमण गरे जापान र अमेरीकाको संयुक्त सेनाले कडा प्रतिरोध गर्ने

अपराध, आस्था, प्रदेश ५, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
नेपालगन्ज, २० पौष – विस्तारवादी नीति राखेको चीनले ताईवानमाथि आक्रमण गर्ने तयारी गी रहेकोले जापान र अमेरिकाको संयुक्त सेनाले त्यसको कडा प्रतिरोध गर्ने तयारीमा जुटेको छ ।चीन अगामी केही समयमा ताईवान माथि आक्रमण गर्ने तयारीमा लागेको देखिन्छ । चीनको यस आक्रमणलाई विफल पार्न अमेरिका, जापान र ताईवान मिलेर आपसी सैन्य गठबन्धन गरेका छन् । फोटोः गुगल यस बीच चीन र जापानको बीच काकु दीप समूहको विषय लिएर मतभिन्नता छ । कारण यो छ कि जापानको शेन्काकु दीप समूहमाथि चीनले यो दीप हाम्रो हो भनेर दाबी गरेको छ । यसमा त्यसले शेन्काकु दीप समूह आफ्नो रहेको नक्सा समेत सार्वजनिक पनि गरेको छ । तर जापानले यो नक्सा फर्जी रहेको भन्दै त्यस दीपबाट हट्न चाहेको छैन । जसको कारण एक तर्फ ताईवान र अर्को तर्फ जापानसँग चीनको शत्रुता बढिरहेको छ । ताईवान, जापानको शत्रुता चीनसँग बढेपछि अमेरिका यस विवादमा हाम फालेको छ । अमेरिकाले आ...
सरकारी प्रतिवेदन नै भन्छ– निर्मलालाई बादशाह कुर्मीले अपहरण गरी बेपत्ता पारेका हुन्

सरकारी प्रतिवेदन नै भन्छ– निर्मलालाई बादशाह कुर्मीले अपहरण गरी बेपत्ता पारेका हुन्

अपराध, अवधी, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २० पौष – काठमाण्डौको जाडो र हिउँदको चिसो झरीबीच पनि उनीहरू हरेक दिन बिहान ११ बजे माइतीघर आइपुग्छन् र बेलुकी अबेरसम्म धर्नामा बस्छन् । धर्नामा बसेको ४०औं दिन आईतबार गृह मन्त्रालयको एउटा टोली उनीहरूको हालखबर बुझ्न आयो ।रूबी र उनका साथीहरूले टोलीलाई सोधे, ‘हाम्रो हालखबर त तपाईंहरूले देखिरहनु भएकै छ । यत्ति भन्नुस्, हाम्रो माग कसरी पूरा गर्नुहुन्छ ?’टोलीमा आएका गृहका अधिकारीहरूले भने, ‘तपाईंहरूका कुरा राख्नुहोस्, हामी सरकार समक्ष पु¥याइदिन्छौं ।’जवाफमा सबै महिलाका तर्फबाट रूबी खानले भनिन्, ‘निर्मला कुर्मीलाई बेपत्ता गरी हत्या गरिएकोबारे अस्ति भर्खरै गृह मन्त्रालयले नै गठन गरेको छानबिन समितिले आफ्नो प्रतिवेदन दिएको छ । सरकारले आफ्नै प्रतिवेदन कार्यान्वयन गरोस्, हाम्रो माग त्यत्ति हो ।’ धर्ना स्थलमा न्यायका लागि धर्ना दिईएका, फाईल फोटो गृहका सहसचिव हिरालाल रेग्मीको संयोजकत्वमा ब...
“राज्यस्तरबाट उद्धारको संयन्त्र नहुँदा भारतबाट उद्धार गर्न गाह्रो”- संयाेजक काेईराला

“राज्यस्तरबाट उद्धारको संयन्त्र नहुँदा भारतबाट उद्धार गर्न गाह्रो”- संयाेजक काेईराला

अपराध, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १६ पाैष - माइती नेपाल, नेपालगन्जमा सन् २०२१ मा ५ सय २५ जनाको खोज तलासको निवेदन परेको आज जानकारी गराईएकाे छ । माइती नेपाल, नेपालगन्जका संयोजक केशव कोइरालाले आज शुक्रबार पत्रकार सम्मेलन गरेर दिएको जानकारी अनुसार, यो वर्ष ५ सय २५ जनाको खोज तलासको निवेदन परेकोमा २ सय ३ जना फेला परेका छन् । माइती नेपालले नेपालगन्ज नाकामा बसेर जोखिमपूर्ण यात्रामा जान थालेका महिला तथा बालबालिकालाई रोक्ने काम गर्दछ । नेपालगन्ज नाकाबाट यो वर्ष ४ सय ३४ जनालाई घर फिर्ता गरिएको छ । चार सय ३२ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ । विगतमा नाकाबाट उद्धार गर्ने बढी र खोज तलासको निवेदन कम पर्ने गरेकोमा यो वर्ष त्यसको विपरित भएको छ । कोभिडका कारणले गर्दा यस्तो भएको कोइरालाको भनाई छ । माइती नेपालमा महिला तथा बालबालिका सम्पर्क विहीन भएको भन्दै खोज तलासको निवेदन पर्ने गरेकोमा यो वर्ष तीन जना पुरुष भारतमा बन...
चिनियाँ विमान खरिदमा नराम्रो ढंगले फँस्यो नेपाल !

चिनियाँ विमान खरिदमा नराम्रो ढंगले फँस्यो नेपाल !

अपराध, आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
नेपालगन्ज, १५ पौष – चिनियाँ विमान खरीदमा नराम्रो ढंगले नेपाल फँसेको छ । नेपालको छिमेकी देश हो चीन, यो छिमेकी देश विज्ञान तकनिकी र इलेक्ट्रोनिक्स उत्पादनमा अहिलेसम्म अग्रणी रहेको देखिन्छ तर चीन विस्तारवादी नीति राखेको देश हो । रकम कमाउने यो आफ्नो मित्र देशसँग ‘गद्दारी’ गर्दै त्यसको जमीन माथि दशकौंदेखि कब्जा गर्दै आएको छ ।चीन विज्ञान, तकनीक र इलेक्ट्रोनिक्स माथि अनुसन्धान गरेर अगाडी बढेको होइन अरु देशको डेटा चोरी गरी त्यसले यो क्षेत्रमा अग्रणी भएको हो । अरु देशको तकनीकी चोरी गरेर सधैं नयाँ–नयाँ वस्तु उत्पादन गर्दै आएकोले चीनबाट उत्पादित वस्तु टिकाऊ र गुणवत्तापूर्ण हुँदैन । यस बारे भन्ने गरिन्छ ‘चिनियाँ वस्तु चली हालोस् भने चाँदसम्म नचले भने साँझसम्म’ । फोटो गुगल त्यसको यस कार्यको पर्दाफास हुन केही वर्षदेखि शुरु भएको छ । जसको कारण चीनबाट उत्पादित वस्तुको विश्व भरी नै बहिष्कार हुन शुरु भ...
निर्मला कुर्मी घटनाको छानबीन गर्ने गठित समितिको भूमिका संदिग्ध बन्दै

निर्मला कुर्मी घटनाको छानबीन गर्ने गठित समितिको भूमिका संदिग्ध बन्दै

अपराध, आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
– मनोज कुमार कौशलनेपालगन्ज, १२ पौष – नेपालगन्जको बहुचर्चित निर्मला कुर्मी बेपत्ते घटना प्रकरणको छानबीन गर्न गृहमन्त्रालयका सहसचिव हिरा रेग्मीको अध्यक्षतामा बनेको छानबीन समितिले जनसाधारणको ध्यान अर्काेतर्फ आकर्षित पार्न र छानबीन कार्यलाई अन्यौलमा पार्ने प्रयासमा जुटेको देखिन्छ ।समितिले निर्मला कुर्मीको मृत्युपछि उनीको ४ बिघा ८ का जग्गा र २ का जग्गामा बनेको पक्की घर समेत नेपाल सरकारको नाउमा आउने उल्लेख गरेको छ । यसको कारण छ कि उनीको अपुताली खाने व्यक्ति कोही पनि जिउँदो छैन । नेपाली काँग्रेसका नेता बादशाह कुर्मी लगायत मिलेर अनेकौं षडयन्त्र गरी भारतमा निर्मलाले विवाह गरेको र त्यहीं कालगतिले मरेको कागजात देखाएर केही व्यक्ति समेत खडा गरेर प्रहरी मार्फत सरकारी वकीलको कार्यायमा अन्य विभिन्न सरकारी कागजात तयार गराएर पहिले करोडौंको सम्पत्ति आफ्नो व्यक्तिको हात पारे । यो करोडौंको सम्पत्तिको लागि बादश...