Thursday, May 22सत्यम खबर
Shadow

CoVid19

राप्ती घाट रोई कराई रहेको छ ? सुन्ने कसले ?

राप्ती घाट रोई कराई रहेको छ ? सुन्ने कसले ?

CoVid19, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
चन्द्रेश्वर राज त्रिपाठीनेपालगन्ज, २३ बैशाख – हामी जुन देशको नागरिक हुन्छौं, सोही देशको संविधानमा पहिलो प्राथमिकताको रुपमा आम सर्वसाधारणदेखि सम्पूर्ण देशबासीहरुको लागि महत्वपूर्ण विषयको रुपमा गाँस, बास र कपास व्यवस्था रहेको पाईन्छ । सोही अनुसार नै नेपालको संविधानमा प्राथमिकता साथ आम सर्वसाधारणहरुको ग्यारेन्टी गरिएको छ गाँस, बास र कपासको ।तर नेपालको कानुनमा ग्यारेन्टी गरिएको विषयमा कतिसम्म प्रतिबद्ध छन् यहाँका कर्ताधर्ता नेताहरु ? हालको अवस्थामा सजिलै बुझ्छ सकिन्छ । जहाँ आम व्यक्तिले सामान्य औषधिको समेत कालोबजारी मार्फत चर्को मूल्य तिरी औषधि उपचार गराईरहेको छ भने नेताहरु आ–आफ्नो सत्तामा पहुँच र कुर्चीको लडाईमा दिन बिताई रहेका छन् । आम व्यक्ति जन्म लिएदेखि सरकारलाई कर दिईरहेको हुन्छ । उसले जन्मदर्ता शुल्क, विवाह दर्ता शुल्क, जग्गा पास शुल्क, घर कर शुल्क, साधनस्रोत शुल्क, व्यवसायिक शुल...
आइसोलेशन केन्द्रलाई सामाग्री सहयोग

आइसोलेशन केन्द्रलाई सामाग्री सहयोग

CoVid19, आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
डुडुवा, २३ बैशाख – डुडुवा गाउँपालिकाले निर्माण गरेको आइसोलेशन वार्डलाई व्यवस्थापन गर्न स्वास्थ्य सामाग्री उपलब्ध गराइएको छ । नेपाल रेडक्रस सोसाइटी बाँके शाखाले आइसोलेशन वार्डमा कोभिड संक्रमणका बिरामीलाई उपचार सेवामा सहजताका लागि स्वास्थ्य सामाग्री उपलब्ध गराएको हो ।बिजुलीका लागि १० वटा सोलार लाइट सेट, तीन वटा औषधी स्प्रे मेसिन र दुई थान अस्थायी शौचालयका लागि प्यान आज बिहीबार गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीलाई शाखाका मन्त्री अजिज अहमद सिद्दिकीले हस्तान्तरण गर्नुभयो । समाग्री बुझ्दै पालिका अध्यक्ष चौधरीले गाउँपालिकाले निर्माण गरेको आइसोलेशन वार्डका बिरामीहरुलाई सेवा प्रदान गर्नमा सहजता हुने विश्वास व्यक्त गर्नुभयो । पालिकामा सञ्चालित आपतकालिन प्रतिकार्यका लागि पुर्वतयारी कार्यक्रम अन्तर्गत सञ्चालित आइसोलेशन सेन्टरका लागि उक्त सामाग्री हस्तान्तरण गरिएको जिल्ला आपतकालिन कार्यसञ्च...
औषधीमा कालोबजारी, २४ हजार पर्ने औषधि १ लाख २० हजारमा बिक्री

औषधीमा कालोबजारी, २४ हजार पर्ने औषधि १ लाख २० हजारमा बिक्री

CoVid19, अपराध, आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २३ वैशाख – बाँके जिल्ला मात्र नभई देशभरी कोरोना संक्रमित बिरामीहरुको लागि प्रयोग हुने औषधिहरुमा कालोबजार शुरु भएको देखिएको छ ।कोभिड–१९ को महामारीबाट विश्व नै आक्रान्त भईरहेको बेला हाल कोरोना भाइरस संक्रमितलाई दिइने औषधीमा कालोबजारी गरेको आरोपमा प्रहरीले बसुन्धराबाट एक जनालाई पक्राउ गरेको छ ।२४ हजार रुपैयाँ पर्ने रेम्डिसिभिर औषधी १ लाख २० हजार रुपैयाँमा बिक्री गरेको आरोपमा प्रहरीले गोरखाका रफिक मियाँलाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाका अनुसार उनी खुला रूपमा औषधी बिक्री गरिरहेका थिए । उनले टिचिङ अस्पतालको सेवक फर्माबाट औषधी लगेर खुला रूपमा बिक्री गर्ने गरेको खुलेको छ ।महाशाखाका प्रहरी उपरीक्षक कृष्ण पंगेनीका अनुसार सेवक फर्माका सञ्चालक दीपक ढकाल फरार छन् । रेम्डिसिभिर कोरोनाको उपचार गर्ने सीमित अस्पताललाई मात्र दिइने गरिएको छ ।उक्त फर्माले त्यो औषधी कसरी ल्यायो भन्...
राप्तीसोनारीमा जनप्रतिनिधिलाई टेर्दैनन् कर्मचारी, वडाअध्यक्षको स्वाब संकलन भएन

राप्तीसोनारीमा जनप्रतिनिधिलाई टेर्दैनन् कर्मचारी, वडाअध्यक्षको स्वाब संकलन भएन

CoVid19, अपराध, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
शमशेगन्ज, २२ बैशाख – बाँकेको राप्तीसोनारी गाउँपालिकामा जनप्रतिनिधिलाई कर्मचारीले नटेरेको पाइएको छ । वडा नम्बर २ का वडाअध्यक्ष मदनकुमार ओलीले बारम्बार पीसीआरका लागि स्वाब संकलन गरिदिन आग्रह गरे पनि स्वास्थ्य शाखा प्रमुख सुरेश शर्माले स्वाब संकलन नगरेको बताइएको छ ।बुधबार कोरोना भाइस (कोभिड–१९) को लक्षण देखिएका ४५ जनाको स्वाब संकलन गरिएको थियो । कोरोना संक्रमित कर्मचारी र उनीहरुसँग सम्पर्कमा आएका गरी ४५ जनाको स्वाब संकलन गरेर भेरी अस्पताल पठाइएको भए पनि स्वास्थ्य शाखा प्रमुख शर्माको लापरबाहीका कारण वडा अध्यक्ष ओलीको स्वाब संकलन हुन नसकेको हो । ‘बारम्बार फोन गर्दा पनि स्वाब संकलन गरिने आश्वासन पाए पनि स्वाब संकलन गर्ने बेला नियतवश छुटाए,’ वडा अध्यक्ष ओलीले भने ।वडा अध्यक्ष ओलीका अनुसार स्वास्थ्य शाखा प्रमुखले उनको स्वाब संकलन गर्न आवश्यक नभएको बताउँदै ४५ जना स्वाब संकलन भएपछि ओलीले आपत्ति जनाए...
शिवसेनाद्वारा अञ्जनी माता रसोईलाई १०० पेटी खानेपानी

शिवसेनाद्वारा अञ्जनी माता रसोईलाई १०० पेटी खानेपानी

CoVid19, अवधी, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २१ बैशाख – विगत वर्ष झै यसवर्ष पनि नेपाल शिवसेना र अवधी पत्रकार संघ नेपाल जिल्ला शाखा बाँके बीच मानवता प्रेमी कार्यमा सहकार्य भई आज मंगलबार भेरी अस्पताल परिसरमा रहेको अञ्जनी माता रसोईलाई १०० पेटी शुद्ध खानेपानी उपलब्ध गराईएको छ । भेरी अस्पतालमा हाल कोभिड–१९ कोरोना भाईरस संक्रमितहरुको अत्याधिक चाप बढेसँगै सोही परिसरमा रहेको अञ्जनी माता रसोई घर मै कोरोना संक्रमित बिरामी र उनका कुरुवाहरुको साँझ–बिहान खाना खाने व्यवस्थापन रहेको हुँदा खानेपानीमा कोही कसैलाई पनि समस्या नहोस् भनी निःशुल्क पानीको व्यवस्थापन गरिएको बताईएको छ ।केही दिन अगाडी गत बुधबार मात्र नेपाल शिवसेनाले बाँकेमा २४ औं घण्टा दिनरात नभनी डियुटीमा खटेका सुरक्षाकर्मीहरुलाई पानी वितरण गरेको थियो । उक्त पानी वितरणमा नेपाल शिवसेनाका केन्द्रीय अध्यक्ष राजकुमार रौनियार र मदनराज शर्मालगायतको टीमले १०० पेटी पानी कोभि...
उच्च मनोवलका साथ स्वास्थ्यकर्मीलाई काम गर्न उपमहानगरको निर्देशन

उच्च मनोवलका साथ स्वास्थ्यकर्मीलाई काम गर्न उपमहानगरको निर्देशन

CoVid19, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २१ बैशाख – नेपालगन्ज उपमहानगरपालिकाले कोभिड –१९ संक्रमण रोकथाम र नियन्त्रणका लागि अग्रभागमा खटिएका स्वास्थ्यकर्मी लगायत अन्य कर्मचारीलाई उच्च मनोवलका साथ काम गर्न निर्देशन दिएको छ ।कोभिड रोकथाम र नियन्त्रणका लागि उप–महानगरपालिकाबाट सञ्चालित कार्यक्रमहरुको अनूगमनका लागि गठित समितिको बैठकमा नगर प्रमुख डा. धवलशम्शेर राणाले कोभिड रोकथाम र नियन्त्रणका लागि यहा“का स्वास्थ्यकर्मी, सरसफाईकर्मी र अन्य कर्मचारीहरुले खेलेको भूमिकाको प्रशंसा गर्दै संकटको समयमा अग्रभागमा खटिएर काम गर्ने सबैजनालाई आभार प्रकट गर्नुभयो । बैठकमा उपप्रमुख उमा थापामगरले स्वास्थ्यकर्मी लगायतका अन्य कर्मचारी र जनप्रतिनिधीहरुले उच्च जोखिमका बीचमा पनि कोभिड रोकथाम र नियन्त्रणमा अहिलेसम्म महत्वपूर्ण जिम्मेवारी वहन गरेको भन्दै आगामी दिनमा झन उच्च मनोवलका साथ कार्यक्षेत्रमा खटिन आग्रह गर्नुभयो । कार्यक्षेत्रमा कुन...
होम आईसोलेसनमा बसेकालाई किट उपलब्ध गराउने

होम आईसोलेसनमा बसेकालाई किट उपलब्ध गराउने

CoVid19, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २१ बैशाख – नेपालगन्ज उपमहानगरपालिकाले होम आईसोलेसनमा बसेका कोभिड संक्रमितहरुलाई घरघरमा पुगेर मेडिसिन किट र हाईजिन किट उपलब्ध गराउने भएको छ ।नगर प्रमुख डा. धवल शम्शेर राणाको अध्यक्षतामा मंगलबार बसेको कोभिड व्यवस्थापन अनुगमन समितिको बैठकले नगर क्षेत्रभित्र होम आईसोलेसनमा बसेका सबैलाई मेडिसिन र हाईजिन किट उपलब्ध गराउने निर्णय गरेको छ । फाईल फोटो स्वास्थ्यकर्मी र जनप्रतिनिधीहरुको टोली घरमै पुगेर हरेक संक्रमितलाई किट उपलब्ध गराउने नगर उपप्रमुख उमा थापा मगरले जानकारी दिनुभयो । पिसिआर परीक्षणको तथ्यांक अनुसार नेपालगन्जमा हाल २ हजार ४ सय जना होम आईसोलेसनमा बसेका छन् ।बैठकमा होम आईसोलेसन बसेकाहरुलाई नियमित परामर्श दिने र उनीहरुको समस्यामा कसरी केन्द्रीत हुन सकिन्छ भनेर छलफल भएको थियो । बैठकमा वडा स्तरीय फोकलपर्सनहरुले रिपोर्टिङ गरेका थिए । स्वास्थ्यकर्मीहरुको समस्या समितिले तत्काल ...
स्वास्थ्यकर्मी भर्ना गरि भेरीमा खटायो

स्वास्थ्यकर्मी भर्ना गरि भेरीमा खटायो

CoVid19, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २० बैशाख - नेपालगञ्जमा कोभिड– १९ रोकथाम र नियन्त्रणलाई प्रभावकारी रुपमा अघि बढाउन नेपालगन्ज उपमहानगरपालिकाले स्वास्थ्यकर्मीहरु करारमा भर्ना गरेको छ । नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामवहादुर चन्दले स्वास्थ्य सहायक, स्टाफ नर्स, पारामेडिक्स र नर्सिङ गरि ४१ जना स्वास्थ्यकर्मी भर्ना गरिएको जानकारी दिनुभयो ।नेपालगन्जले भर्ना लिएका मध्ये १५ जनालाई भेरी अस्पताल नेपालगन्जमा खटाइएको छ । यसैगरी जमुनाहस्थित हेल्थडेस्कमा १३ जना स्वास्थ्यकर्मीलाई खटाइएको छ । भेरी अस्पतालमा जनशक्ति अभाव हुन नदिन उपमहानगरपालिकाले कर्मचारी भर्ना गरि खटाएको हो । नेपालगन्ज विमानस्थलमा रहेको हेल्थडेस्क, विभिन्न आईसोलेसन केन्द्र र वडास्थित स्वास्थ्य संस्थाहरुमा नयाँ स्वास्थ्यकर्मीहरु परिचालन गरिएको हो ।...
भेरीमा खाना खुवाउन नेपालगन्जले सहयोग गर्ने

भेरीमा खाना खुवाउन नेपालगन्जले सहयोग गर्ने

CoVid19, आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २० बैशाख – भेरी अस्पताल नेपालगन्जमा उपचाररत कोभिड संक्रमित र अन्य विरामीका कुरुवालाई लक्षित गर्दै सञ्चालित अञ्जनी माता रसोईलाई नेपालगन्ज उपमहानगरपालिकाले मासिक एकलाख ५० हजार रुपियाँ सहयोग गर्ने भएको छ ।विगतमा अस्पतालमा उपचाररत विपन्न विरामी र कुरुवाहरुलाई २० रुपियाँमा प्रति छाक बिहानको खाना खुवाईरहेको रसोईलाई उपमहानगरपालिकाले मासिक ५० हजार रुपियाँ सहयोग गरिरहेको छ । पछिल्लो समय कोभिडका बिरामीको संख्या बढेपछि रसोईले प्रति छाक ८० रुपियाँमा साँझको खाना खुवाईरहेको छ । रसोईले साँझको खाना खुवाउन आर्थिक अभाव भएको भन्दै उपमहानगरपालिकामा अनुरोध गरेपछि सोमबार बसेको कार्यपालिका बैठकले मासिक एकलाख ५० हजार रुपियाँ सहयोग गर्ने निर्णय गरेको छ ।नगर प्रमुख डा. धवलशम्शेर राणाको अध्यक्षतामा बसेको बैठकले कोभिड–१९ संक्रमण रोकथाम र नियन्त्रणका लागि नगरभित्र उपचार तथा अन्य सेवा प्रभावकारी रुपमा...
जुन नेताले बढी गाली खान्छ, उसले ठूलै पद पाउँछ होईन अध्यक्ष ज्यू ?

जुन नेताले बढी गाली खान्छ, उसले ठूलै पद पाउँछ होईन अध्यक्ष ज्यू ?

CoVid19, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १९ बैशाख – कोभिड–१९ कोरोना भाईरसको संक्रमणबाट हाल बाँके जिल्ला नै त्राहीत्राही गरिरहेको अवस्थामा सबै पालिकाहरुले आ–आफ्नो स्थानबाट गर्ने कार्यमा अहोरात्र खटिएका छन् । सामाजिक संघसंस्थाहरुले आर्थिक सहयोगदेखि डाक्टर, नर्स, अस्पताललाई चाहिने सामानहरु समेत उपलब्ध गराई सहयोग गरिरहेका छन् ।यसै सन्दर्भमा नेपालगन्ज उपमहानगरपालिकाले ५० बेड अक्सिजनसहित सञ्चालनमा ल्याईसकेको छ भने थप सञ्चालनमा ल्याउने तयारीमा जुटेका छन् । आज मात्र वडा नं. ४ मा १० बेडको अक्सिजनसहित आईसोलेसन वार्ड तयार गरी उद्घाटन गरिएको छ । यसैगरी गरी डुडुवा गाउँपालिकामा समेत आईसोलेसन वार्ड सञ्चालनमा ल्याउने तयारी भईरहेको जानकारी गराईएको छ । हाल नेपालगन्जमा मात्र ६ हजार बढी कोरोना संक्रमित रहेको तथा ४३ बढीको कोरोना संक्रमित भई मृत्यु भईसकेको तथ्यांक समेत नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य शाखाद्वारा सार्वजनिक गरिएको छ ...