Monday, April 27सत्यम खबर
Shadow

स्वास्थ्यकर्मी भर्ना गरि भेरीमा खटायो

नेपालगन्ज, २० बैशाख – नेपालगञ्जमा कोभिड– १९ रोकथाम र नियन्त्रणलाई प्रभावकारी रुपमा अघि बढाउन नेपालगन्ज उपमहानगरपालिकाले स्वास्थ्यकर्मीहरु करारमा भर्ना गरेको छ ।

नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामवहादुर चन्दले स्वास्थ्य सहायक, स्टाफ नर्स, पारामेडिक्स र नर्सिङ गरि ४१ जना स्वास्थ्यकर्मी भर्ना गरिएको जानकारी दिनुभयो ।नेपालगन्जले भर्ना लिएका मध्ये १५ जनालाई भेरी अस्पताल नेपालगन्जमा खटाइएको छ ।

यसैगरी जमुनाहस्थित हेल्थडेस्कमा १३ जना स्वास्थ्यकर्मीलाई खटाइएको छ । भेरी अस्पतालमा जनशक्ति अभाव हुन नदिन उपमहानगरपालिकाले कर्मचारी भर्ना गरि खटाएको हो ।

नेपालगन्ज विमानस्थलमा रहेको हेल्थडेस्क, विभिन्न आईसोलेसन केन्द्र र वडास्थित स्वास्थ्य संस्थाहरुमा नयाँ स्वास्थ्यकर्मीहरु परिचालन गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *