
नेपालगन्ज, २५ बैशाख – काेराेना भाईरस संक्रमितहरूकाे हटस्पटकाे रूपमा स्थापित रहेकाे नेपालगन्जमा एकपछि अर्काे दुखद खबर सुन्दै दिन बित्ने गरेकाे छ । केही समय अगाडि मात्र नेपालगन्जका नेता तथा पुर्वमन्त्री एवम् संघीय सांसद माेहम्मद ईस्तियाक राईकाे परिवारकाे सदस्यहरूमा काेराेना संक्रमण देखिएकाे छ ।
जनता समाजवादी पार्टी (जसपा)का नेता तथा संघीय सांसद राईको परिवारका १४ जना सदस्यहरूमा एकैपटक काेराेना संक्रमण पुष्टि भएको केही समय अगाडि स्वयं स्टाटस लेखी पुर्वमन्त्री राईले जानकारी गराउनु भएकाे छ ।
काेभिड-१९ काेराेना भाईरसकाे संक्रमितहरूकाे ‘हटस्पट’ बनेको नेपालगन्जमा रहेका उनका बुबा, श्रीमती, छोरी, छोराहरु, भाई, भतिज, भतिजी, बुहारीलगायतलाई संक्रमण भएको पुर्वमन्त्री राईले जानकारी गराउनु भएकाे छ ।
उनको संयुक्त परिवारमा रहेका १७ जनाको परीक्षण गर्दा तीन जनाको रिपोर्ट मात्र नेगेटिभ आएको देखिएकाे छ भने बाँकी सदस्यहरूकाे पाेजेटिभ देखिएकाे छ । संक्रमण देखिएका सबैजनाको अवस्था सामान्य रहेको र डाक्टरको सल्लाह बमोजिम घरमै आइसोलेसनमा बसेको पनि उनले जानकारी दिएका छन् ।
