Monday, April 27सत्यम खबर
Shadow

कोरोना रोकथाम र नियन्त्रणका लागि वडास्तरमा कार्यक्रम

नेपालगन्ज, २७ बैशाख – कोरोना रोकथाम र नियन्त्रणका लागि नेपालगन्जमा वडा कार्यालयहरुको सक्रियता बढेको छ ।
उपमहानगरपालिकासँगै वडा कार्यालयले समेत रचनात्मक कार्यक्रम गरिरहेको उपप्रमुख उमा थापा मगरले जानकारी दिनुभयो ।


उपप्रमुख मगरका अनुसार वडा नम्बर १ र १८ ले चिकित्सक सहित कोभिड संक्रमित विरामीहरुलाई घरदैलोमा पुगेर स्वास्थ्य उपचार तथा परामर्श सेवा दिएका छन् ।
वडा नम्बर १३ र १४ मा समेत चिकित्सक सहित कोभिड संक्रमितलाई घरदैलो मै पुगेर सेवा दिइएको छ । वडा नम्बर ३ र ७ मा सेनिटाईजर गरिएको छ । वडा नम्बर २ ले स्वास्थ्यकर्मी माग गरेको छ । केहीदिन मै स्वास्थ्यकर्मी सहित घरदैलो कार्यक्रम गरिने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *