
नेपालगन्ज, २४ बैशाख – हालको अवस्था धेरै नै भयावाह रहेको छ । भेरी अस्पताल नेपालगन्जमा कोरोना संक्रमितहरुको चाप थामी नसक्नु अवस्थामा भए पनि त्यहाँ कार्यरत डाक्टर, नर्सहरुले अहोरात्र नभनी आम सर्वसाधारण जनताहरुको सेवामा दिनरात खटिरहेको पाईन्छ ।
बिरामीहरुको चाप धेरै र कार्यरत नर्स, डाक्टरहरु थोरै भएर पनि हाल बिरामीहरुको जनगुनासो आउने गरेको कुरुवाहरु बताउँछन् । तर सलाम छ सेवामा कार्यरत स्वास्थ्यकर्मीहरुलाई यस्तो अवस्थामा समेत हामी सबैले देखाउनु पर्ने संयमता र मानवीयता हराउनु हुँदैन भनी कुरुवाहरुको भनाई रहेको छ ।
हालको महामारी नियन्त्रणमा संक्रमितहरुको सेवामा दिनरात नभनी खटिने स्वास्थ्यकर्मीहरु रोगबाट मात्र नभई कतिपय अवस्थामा संक्रमितका आफन्तहरुबाट पनि असुरक्षित बन्ने गरेको तथ्य आजको घटनाले देखाएको छ ।
भेरी अस्पताल नेपालगन्ज हाल केही समयदेखि कोरोना संक्रमितको उपचारमा अत्याधिक चाप खेपिरहेको भेरी अस्पताल हो । आज भेरी अस्पतालमा यस्तै खालको एउटा घटना घटेको छ । अस्पतालमा उपचारका क्रममा संक्रमितको मृत्यु भऐपछि स्वास्थ्यकर्मी कुटिएका छन् ।
भेरी अस्पतालको कोभिड वार्डमा बिरामीको निधन भएपछि आक्रोशमा आएर आपतकालीन कक्षका स्वास्थ्यकर्मी कुटपिट गरेको बताईएको छ । इमरजेन्सीमा कार्यरत हेल्थ असिस्टेण्ट पुपेन्द्र शाहीलाई आफन्त गुमाएका एकजना कुरुवाले डाक्टर खै भन्दै २ झापड हानेर भागेको पीडित स्वास्थ्यकर्मीले बताएका छन् ।
उनले भने म इमरजेन्सीमा एउटा सिरिएस केश डाक्टरसँगै हेरिरहेको थिए, एक्कासी मृतकका कुरुवा आएर मलाई कुटपिट गरे । यस्तो महामारीमा आफ्नो ज्यानका बाजि लगाएर अरुको ज्यान जोगाउने हामी नै यसरी असुरक्षित बनेपछि कसरी काम गर्ने भन्दै पीडित स्वास्थ्यकर्मी शाहीले दुखेसो पोखेका छन् ।
उक्त घटनापछि सोही कोभिड वार्डमा रहेका एक जना कुरुवाले भने भगवानको ईच्छा अगाडी केही चल्दैन, जानेलाई कसैले रोक्न सक्दैन तर यस्तो अवस्थामा हामीले पनि धैर्यतासाथ मानवीय व्यवहार स्वास्थ्यकर्मीहरुसित गर्नुपर्ने हुन्छ ।
स्वास्थ्यकर्मीहरुबाट कुनै लापरवाही नभएको अवस्थामा समेत स्वास्थ्यकर्मीलाई कुट्नु अरु संक्रमितहरुको लागि समस्य खडा गर्नु शिवाय थप केही होईन भनी बताउँदै भन्नुभयो– “हाम्रै सेवामा दिनरात खटिएका स्वास्थ्यकर्मीप्रति सकारात्मक व्यवहार गर्न सबैको दायित्व हो” बताउनुभयो ।

