Sunday, April 26सत्यम खबर
Shadow

नगर प्रमुख राणा विरामी भेट्न अस्पताल र आईसोलेसन

नेपालगन्ज, २७ बैशाख – नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणाले जमूनाह नाकामा भारतबाट नेपाल प्रवेश गर्नेहरुको लगत संकलन कार्य थप व्यवस्थित बनाउन निर्देशन दिनुभएको छ ।


सोमबार नगर स्वास्थ्य शाखा प्रमुख रामवहादुरसहित नाकामा स्थलगत अनूगमनमा पुग्नुभएका नगर प्रमुख राणाले हाल नाकामा भारतबाट फर्किनेहरुको लगत संकलन कार्य विगतको भन्दा राम्रो भएको भन्दै थप व्यवस्थित बनाउन निर्देशन दिनुभएको छ ।


नगर प्रमुख राणाले नाकासँगै, होल्डिङ्ग सेन्टर, रामलिला मैदानस्थित आईसोलेसन वार्ड, भेरी अस्पताल र ह्वाईटहाउसस्थित आईसोलेसन सेन्टरको स्थलगत अनूगमन गर्नुभयो । सो क्रममा नगर प्रमुख राणाले भेरी अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र विरामीहरुसँग छलफल गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *