
नेपालगन्ज, २७ बैशाख – कशौधन बैश्य समाज अन्तर्गतको युवा मञ्चले नेपालगन्ज उपमहानगरपालिकाका लागि मेडिकल सामग्री सहयोग गरेको छ । समाजका अध्यक्ष नन्दलाल बैश्यको अगुवाईमा सोमबार नगर प्रमुख डा. धवलशम्शेर राणालाई सामग्री हस्तान्तरण गरिएको हो ।
लंग्स एक्सरसाईजर ४० थान, स्ट्रिम १५० थान, केएन ९५ मास्क २०० थान, अक्सिजन मास्क ६० थान र फेसशिल्ड १०० पिस हस्तान्तरण गरिएको नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख रामवहादुर चन्दले जानकारी दिनुभयो ।
नगर प्रमुख राणाले महामारीको अवस्थामा सबैपक्षको साथ र सहयोग चाहिएको भन्दै अस्पतालका लागि आवश्यक सहयोग उपमहानगरपालिकाबाट पनि भईरहेको बताउनुभयो । उहाँले नाकामा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरुसँग उनीहरुका समस्या बारेमा समेत छलफल गर्नुभयो ।

