Wednesday, June 17सत्यम खबर
Shadow

सूचना-प्रबिधि

संरक्षणका लागि सामुहिक एक्येबद्धता हुन जरुरी रहेकोमा जोड

संरक्षणका लागि सामुहिक एक्येबद्धता हुन जरुरी रहेकोमा जोड

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, सूचना-प्रबिधि
नेपालगन्ज, ११ जेष्ठ – बाँके राष्ट्रिय निकुञ्जको जैविक विविधता संरक्षणका लागि सामुहिक एक्येबद्धता जरुरी रहेको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । क्रियाशिल पत्रकार महिला बाँकेको आयोजना तथा बाँके राष्ट्रिय निकुञ्जको सहकार्यमा शनिबार बाँके राष्ट्रिय निकुञ्जमा पत्रकार महिलाहरु संग गरीएको अन्तत्र्रिmया कार्यक्रमका सहभागी पत्रकार महिलाहरुले यस्तो बताएका हुन । उनिहरुले बाँके राष्ट्रिय निकुञ्जले संरक्षणका लागि बनाएका योजना तथा कार्यक्रममा ऐक्यबद्धता जनाउँदै सहभागी हुन सकेमा पर्यावरणीय संरक्षण हुनुका साथै पर्यापर्यटनले पनि फड्को मार्ने बताएका हुन । कार्यक्रममा बाँके राष्ट्रिय निकुञ्जका प्रमुख बरिष्ठ संरक्षण अधिकृत बिरेन्द्र प्रसाद कडेलले अहिले बन्यजन्तुको संख्यामा बृद्धि भएको बताउँदै स्थापनाको उदेश्य अनुसार कार्य भइरहेको बताउनुभयो । उहाँका अनुसार बाघ संरक्षणमा निकुञ्जले सफलता हासिल गरेको...
पत्रकार आचारसंहिता र हकहितको लागि प्रतिबद्ध छु : अध्यक्ष अधिकारी

पत्रकार आचारसंहिता र हकहितको लागि प्रतिबद्ध छु : अध्यक्ष अधिकारी

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
नेपालगन्ज, ९ जेष्ठ – अनलाईन टिभी पत्रकार संघ नेपालका लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णराज अधिकारीले पत्रकार आचारसंहितालाई पुर्ण रुपमा कार्यान्वयन गर्नु आजको आवश्यकता मात्र नभई नीती नियम संगत पत्रकारिता गर्न सबैलाई आग्रह गर्नुभएको छ । अनलाईन टिभी पत्रकार संघ नेपाल लुम्बिनी प्रदेशको आज नेपालगन्जमा सम्पन्न पहिलो बैठकलाई सम्बोधन गर्दे अध्यक्ष अधिकारीले डिजिटल मिडियाको युगमा अनलाईन टेलीभिजन पत्रकारितामा आउनेलाई स्वागत गर्दे पत्रकारिताका सिद्धान्त अनुरुप मार्गदर्शन गर्न, काम गर्ने, अनलाईन पत्रकारिता विकासका लागि भुमिका निर्वाह गर्ने र पत्रकारिता गरिरहेका पत्रकारहरुका लागि सिप प्रदान गर्ने बताउनुभयो । उहाँले पत्रकार आचारसंहिता र पत्रकारको हकहितका लागि आफू सधै प्रतिबद्ध रहेको समेत बताउनु भएको छ । उहाँले भन्नुभयो ,“जवाफदेहीता र पारदर्शिताका लागि अनलाईन टेलीभिजनले प्रस्तुत गरिरहेको भाषा र शै...
अनलाइन टिभी पत्रकार संघ नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा अधिकारी

अनलाइन टिभी पत्रकार संघ नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा अधिकारी

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, सूचना-प्रबिधि
नेपालगन्ज, ६ जेष्ठ – अनलाइन टीभी पत्रकार संघ नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा कृष्णराज अधिकारी निर्विरोध निर्वाचित हुनु भएको छ । अनलाइन टीभि पत्रकार संघ नेपाल लुम्बिनी प्रदेशको सोमबार नेपालगन्जमा सम्पन्न प्रथम भेलाले अधिकारीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरको हो । जसको बरिष्ठ उपाध्यक्षमा दिपक न्यौपाने, उपाध्यक्षमा रञ्जित शाह, सचिवमा साबित्री गिरी, सहसचिवमा मनबहादुर सहकारी र कोषाध्यक्षमा भावना बुढा मल्ल निर्वाचित हुनु भएको छ । यस्तै सदस्यहरुमा चन्द्रेश्वरराज त्रिपाठी, इरफान अली, कुशल बिक र स्वेता गिरी निर्वाचित हुनुभएको छ । ११ जना कार्यसमिति मध्ये १ जनालाई नयाँ कार्यसमितिको बैठकले मनोनित गर्ने जनाएको छ । कार्यसमिति चयन अगाडी डिजीटल एआईको प्रयोग सम्बन्धी अभिमुखीकरण कार्यक्रम तथा अधिवेशन उदघाट्न कार्यक्रम गरीएको थियो । अनलाइन टिभि पत्रकार संघका केन्द्रीय प्रतिनिधि रोहि...
तारालाल श्रेष्ठको साइकल सौन्दर्य किताब बिमोचित

तारालाल श्रेष्ठको साइकल सौन्दर्य किताब बिमोचित

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
काठमाण्डौं, ५ जेष्ठ – तारालाल श्रेष्ठको पाँचौं अनुसन्धान पुस्तक साइकल सौन्दर्य नेपाल पर्यटन बोर्ड काठमाडौंमा बिमोचन सम्पन्न भएको छ । कार्यक्रममा लेखक, कलाकार तथा साहित्यकारसँगै साइक्लिस्टहरुको बाक्लो उपस्थिति थियो । नेपालको साइकल संस्कृति इतिहास, वर्तमान र भविश्यबारे साङ्गोपाङ्गो दस्तावेजीकरणको अभाव खडकिरहेको सन्दर्भमा श्रेष्ठको यस किताबले नयाँ खालका पाठकलाई आकर्षित गर्न र नेपाली साहित्यलाई फराकिलो पार्न गहन योगदान पु¥याउने विश्वास कार्यक्रममा सहभागी अतिथिहरुले व्यक्त गरे । कार्यक्रममा भुइतहबाट साइकल शिक्षक तथा सिर्जनात्मक साइकल अभियान सञ्चालनमा ओगदान गरिआएका अगुवाहरु वक्ताका रुपमा उपस्थित थिए । जेन जी पुस्तालाई साइकल शिक्षणमा सघाइ आएका युवा अभियन्ता तानिया श्रेष्ठदेखि विश्व साइकल यात्री पुस्कर शाहसम्म कार्यक्रममा उपस्थित भई साइकल साहित्य तथा अभियानबारे विभिन्न कोणबाट विमर्श गरिएको ...
डुडुवामा अनलाईन घरधुरी सर्भेक्षण शुरु

डुडुवामा अनलाईन घरधुरी सर्भेक्षण शुरु

प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
डुडुवा, ३१ बैशाख – डुडुवा गाउँपालिकाले अनलाईन घरधुरी सर्भेक्षण शुरु गरेको छ । अनलाईन सफ्टवेयरको प्रयोग गरी गाउँपालिकामा रहेका सम्पुर्ण घरहरुको विवरण संकलन गर्न थालिएको हो । जिपिएस प्रर्णालीमार्फत पालिकाका ६ वटै वडामा सर्भेक्षक परिचालन गरी सम्पुर्ण विवरण संकलन गर्न लागिएको पालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो । उहाँले पालिकाले सम्पूर्ण घरधुरीको विवरण अनलाईन गरेर स्थानीयका समस्या, तथा अवस्था पहिचान गर्नमा सहज हुने र त्यसैका आधारमा पालिकालाई योजना, कार्यक्रम तथा बजेट बनाउन सजिलो हुने बताउनुभयो । अध्यक्ष चौधरीले हरेक नागरिकको वास्तविकता पहिचान गर्नुका साथै सम्पुर्ण तथ्यांक विवरण अनलाईन प्रर्णालीमा आउने भएपछि जुनसुकै बेला पनि प्रयोग गर्न मिल्ने बताउनुभयो । पालिकाको ६ वटै वडामा १८ जना घरधुरी सर्भेक्षकलाई तालिम दिएर तीन महिनाभित्र सम्पुर्ण विवरण संकलन गर्ने गरि खटाइएको प...
भारत नेपाल सीमा पूर्ण रूपमा खुला, अफवाह पछाडी नलाग्न आग्रह

भारत नेपाल सीमा पूर्ण रूपमा खुला, अफवाह पछाडी नलाग्न आग्रह

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
रुपैडीहा, २५ बैशाख - भारत नेपाल सीमा बन्द हुने अफवाह मात्र भएकाे सशस्सात्र सीमा बलले बताएकाे छ । स्थानीय र एसएसबीका अधिकारीहरूले स्पष्ट गरे कि रुपैडीहा सीमानाकामा आवागमन र व्यापारले सामान्य रूपले जारी रहेकाे जनाएका छन् । दुबै देशका नागरिकहरूले आफ्नाे परिचय खुल्ने कार्ड देखाउँदै सीमानाका पार गरिरहेकाे बताए । बुधबार राती भारतद्वारा पाकिस्तान माथि चलाईएकाे सिन्दुर अपरेशनले गर्दा सीमानाका बन्द भएकाे झुठाे अफवाह मात्र फैलाईएकाे भएपनि हाल व्यापारिक आवागमनका साथै बाहनहरू समेत ओहाेरदाेहाेर भईरहेकाे रूपैडीहा स्थित सञ्चारकर्मी सन्ताेष शुक्लाले बताएका छन् ।...
सिक्टा सिंचाई आयोजनाको पूर्व नहर निर्माण कार्य शुरु

सिक्टा सिंचाई आयोजनाको पूर्व नहर निर्माण कार्य शुरु

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
नेपालगन्ज, १७ बैशाख – सिक्टा सिंचाई आयोजनामार्फत किसानहरुको खेत खेतमा पानी पु¥याउने उद्देश्यका साथ नरैनापुर गाउँपालिकामा नहर निर्माणको कार्य शुरु गरिएको छ । फत्तेपुर र राजकुलोमा पुरानो सिस्टम अन्तर्गत अपग्रेट गरिने जानकारी गराउँदै नरैनापुरका ४० हेक्टर जमिनमा सिंचाईको पानी पु¥याउने उद्देश्य रहेको बताउनुभयो । त्यस क्षेत्रमा सिक्टा सिंचाई आयोजनामार्फत करीब ९ हजार टेक्टर जमिनमा सिंचाईको लागि पानी पु¥याउने उद्देश्यका साथ नरैनापुरमा नयाँ शाखा नहर निर्माण कार्य शुरु गरिएको आयोजना निर्देशक राजु आचार्यले बताउनुभयो । सिक्टाको पुर्वी नहरको ४२ किलोमिटर सम्पन्न भएपछि नरैनापुर गाउँपालिकामा शाखा नहर निर्माण कार्य शुरु गरिएको सिक्टा सिचाई आयोजनाको आयोजना निर्दैशक आर्चायले बताउनुभयो । अहिले सिक्टा नहरमा ११ वटा शाखाहरु विस्तार कार्य भैरहेको छ । जसमा ६ वटा लिफ्ट नहरहरु रहेका छन् । शाखा नहरहरुलाई समुहमा...
छापा पत्रकारिता: सम्भावना र रणनीति

छापा पत्रकारिता: सम्भावना र रणनीति

आस्था, प्रदेश ५, बिचार, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाज, सूचना-प्रबिधि
रमेश कुमार बोहोरा मितिः २०८२ बैशाख १६ गते, मंगलबार समयले हरेक क्षेत्रमा परिवर्तन ल्याउँछ। प्रकृतिदेखि सामाजिक क्षेत्रमा समेत परिवर्तनले आफ्नो प्रभाव छाडेर गएको हामी देख्न सक्छौँ । मानव जीवनमा शारीरिक विकाससँगै सीप, सोच, बौद्धिकता र व्यवहारमा समेत परिवर्तन आउँछ । अहिलेको समयमा मानव समुदाय प्रविधिमय बन्दै गएको छ । सबै विषयमा प्रविधिको बोलवाला बढिरहेको अवस्थामा कतिपय नयाँ कार्यक्षेत्रहरू फैलँदै गएका छन् भने कतिपय पुराना प्रविधिमा आधारित कार्यहरू ओझेल पर्दै गएका छन् । अहिलेको युग प्रविधिमैत्री बन्ने र तदनुरूप चल्ने समय हो । नत्र समयको गतिले मानिसलाई पछि पार्छ ।नेपालमा पनि यो परिवर्तनको प्रभाव सञ्चार क्षेत्रमा गहिरो देखिएको छ । विशेषतः छापा पत्रकारिता, जसले कुनै समय राजनीतिक सचेतना र सामाजिक परिवर्तनका लागि महत्वपूर्ण भूमिका खेलेको थियो, अहिले प्रविधि र डिजिटल माध्यमसँगको प्रतिस्पर्धामा...
सार्वजनिक हरियो रुख कट्ने वडा अध्यक्ष इशाक जोलाहलाई कारवाही मांग गर्दै जाहेरी दर्ता

सार्वजनिक हरियो रुख कट्ने वडा अध्यक्ष इशाक जोलाहलाई कारवाही मांग गर्दै जाहेरी दर्ता

अपराध, आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज, सूचना-प्रबिधि
नरैनापुर, १० बैशाख – केही दिन अगाडी नरैनापुर गाउँपालिका वडा नं. १ कटकुईयामा रहेको सार्वजनिक सरकारी जग्गामा लागेको रुख कटान गरेकोमा आवश्यक कारवाही गरी जिउ ज्यानको सुरक्षा गरी पाउँ भनी नरैनापुर गाउँपालिका वडा नं. १ बस्ने बालकराम चमारले जिल्ला प्रशासन कार्यालय बाँकेमा जाहेरी दर्ता गरेका छन् । उक्त जाहेरीमा “उपरोक्त मुद्दामा श्री बाँके जिल्ला कटकुईया गा.वि.स. वडा नं. ३ ख कि.नं. ३४५ को जग्गामा सार्वजनिक÷सरकारी कुलो रहेको छ । उक्त कुलोको दुबै देउमा आप सिसौ जामुन लगायत विभिन्न जातका लागेका रुख मध्ये पुरानो लगभग २० फिट गोलाईको हरियो फलेको आंपको रुख थान–१ र करीब १० फिल गोलाईको सिसौ थान–१ र सोही ठाउँमा रहेको म निवेदकको कि.नं. ३३७ को जग्गामा लागेको सिसौं थान–१ गरी ३ थान रुखहरु नरैनापुर वडा नं. १ का वडा अध्यक्ष इशाक जोलाहले ०८१ चैत्र २३ गते काटी नरैनापुर–५ मा निज इशाक जोजाहले सञ्चालन गरेको इट्ट...
साढे ५ करोड बराबर ईट्टा नोक्सानः अध्यक्ष वली

साढे ५ करोड बराबर ईट्टा नोक्सानः अध्यक्ष वली

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
नेपालगन्ज, २९ चैत – नेपाल ईट्टा उद्योग व्यवसायी संघ बाँकेका अध्यक्ष देवबहादुर वलीले गत चैत २७ र २८ गते आएको हावाहुरी तथा पानीले बाँके जिल्लामा रहेका ६० बढी ईट्टा उद्योगहरु मध्ये आधा भन्दा धेरै ईट्टा उद्योगहरुमा नोक्सानी भएको बताउनु भयो । अध्यक्ष वलीले विभिन्न ठाउँमा रहेका ईट्टा उद्योगीहरुबाट संकलन गरिएको तथ्यांक अनुसार करीब–करीब १ करोड ५० लाख काँचो ईट्टा नोक्सानी भएको बताउँदै सोको अनुमानित मूल्य जोड्दा करीब ५ करोड ५० लाख बराबर नोक्सानी भएको बताउनुभयो । अध्यक्ष वलीका अनुसार श्रद्धा ईट्टा उद्योग, चाचा ईट्टा उद्योग, चाँद ईट्टा उद्योग, देउती ईट्टा उद्योगलगायत ३० बढी ईट्टा उद्योगहरुद्वारा तयार गरिएको कच्चा पदार्थमा हावाहुरी तथा पानीले नोक्सानी भएको बताए । एउटा काँचो ईट्टा तयार गर्दा करीब–करीब ५ रुपैयाभन्दा बढी खर्च लाग्ने गरेको बताईएको छ । सोमा प्रयोग हुने माटो, पानी, मजदुरीलगायत...