
नेपालगन्ज, १७ बैशाख – सिक्टा सिंचाई आयोजनामार्फत किसानहरुको खेत खेतमा पानी पु¥याउने उद्देश्यका साथ नरैनापुर गाउँपालिकामा नहर निर्माणको कार्य शुरु गरिएको छ । फत्तेपुर र राजकुलोमा पुरानो सिस्टम अन्तर्गत अपग्रेट गरिने जानकारी गराउँदै नरैनापुरका ४० हेक्टर जमिनमा सिंचाईको पानी पु¥याउने उद्देश्य रहेको बताउनुभयो ।
त्यस क्षेत्रमा सिक्टा सिंचाई आयोजनामार्फत करीब ९ हजार टेक्टर जमिनमा सिंचाईको लागि पानी पु¥याउने उद्देश्यका साथ नरैनापुरमा नयाँ शाखा नहर निर्माण कार्य शुरु गरिएको आयोजना निर्देशक राजु आचार्यले बताउनुभयो ।
सिक्टाको पुर्वी नहरको ४२ किलोमिटर सम्पन्न भएपछि नरैनापुर गाउँपालिकामा शाखा नहर निर्माण कार्य शुरु गरिएको सिक्टा सिचाई आयोजनाको आयोजना निर्दैशक आर्चायले बताउनुभयो । अहिले सिक्टा नहरमा ११ वटा शाखाहरु विस्तार कार्य भैरहेको छ । जसमा ६ वटा लिफ्ट नहरहरु रहेका छन् । शाखा नहरहरुलाई समुहमा विभाजन गरेर काम गरिरहेको छ । जस मध्ये ११ वटामा एस वन र एस टु को काम भइरहेको आयोजना निर्देशक आर्चायले बताउनुभयो ।
उहाँले गुरुवागाउँ अन्तर्गत ३६ करोडको लागतमा काम सम्पन्न भइरहेको पनि बताउनुभयो । सिक्टा नहर अन्तर्गत पर्ने डुडुवा नहरको २ अर्व बजेट विनियोजित गरेर काम अगाडि बढाउने भएको छ । सिक्टा भन्दा पहिला निर्माण भएका तर प्रयोगमा नआएको डुडुवा नहरलाई पुनः निर्माण गर्नका लागि बजेट छुट्याइएको निर्देशक आर्चायले बताउनुभयो ।
डुडुवा नहर वरिपरि वातावारण प्रदुषण धेरै भएको कारणले एक अर्व ५५ करोड छुट्याइएको छ, जुन बातावारण सरसफाईका लागि खर्च गरिने छ । अरु बर्ष भन्दा अरु बर्षको अनुपातमा बढी भएपनि मुआब्जा लिनका लागि जग्गाधनी आएका छैनन् । समय मै मुआब्जा लिन नआए बजेट फिर्ता हुन्छ र जग्गा धनीहरुलाई मुआब्जा लिन समय लाग्ने हुन्छ ।
निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना सिक्टाबाट बाँकेको २२ हजार हेक्टर जमिनमा सिंचाइ सुविधा पुगेको छ । आर्थिक वर्ष २०८०÷८१ को फागुन मसान्तसम्म पश्चिमी मूल नहरतर्फ १७ हजार हेक्टर, सिधनिया शाखामा १ हजार हेक्टर र पूर्वी मूल नहरतर्फ ४ हजार हेक्टर गरी २२ सिँचाइ आयोजनाका सूचना अधिकारी सन्देश पौडेलले जानकारी दिए ।
आयोजनाको निर्माणाधीन पश्चिमी मूल नहरले बाँकेको राप्ती नदी पश्चिम भेगको ३३ पु¥याउने लक्ष्य छ सूचना अधिकारी पौडेलले भने, ‘आयोजना सुरु भएदेखि हालसम्म भौतिक प्रगति ४०.२२ प्रतिशत र वित्तीय प्रगति ३९.३८ प्रतिशत रहेको छ ।’
विनियोजित ७५ करोड ४८ लाखमध्ये फागुन मसान्तसम्म ३० करोड २६ लाख ३२ हजार रुपैयाँ खर्च भएको पौडेलले बताए । ‘चालु आवमा आयोजनाको पूर्वी मूल नहरको बाँकी काम गर्न ठेक्का व्यवस्थापनका लागि तयारी शाखाको ठेक्का सम्झौता भइ निर्माण सुरु गर्ने तयारी भएको छ ।’
गुरुवागाउँ शाखा अन्तर्गत नहर निर्माण, जग्गा अधिग्रहण बाँकेको राप्तीका देवराज निरौलाले बताए । आव २०८९÷९० मा सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाको लागत ५२ अर्ब ८९ करोड रुपैयाँ रहेको छ ।