Thursday, May 15सत्यम खबर
Shadow

सार्वजनिक हरियो रुख कट्ने वडा अध्यक्ष इशाक जोलाहलाई कारवाही मांग गर्दै जाहेरी दर्ता

नरैनापुर, १० बैशाख – केही दिन अगाडी नरैनापुर गाउँपालिका वडा नं. १ कटकुईयामा रहेको सार्वजनिक सरकारी जग्गामा लागेको रुख कटान गरेकोमा आवश्यक कारवाही गरी जिउ ज्यानको सुरक्षा गरी पाउँ भनी नरैनापुर गाउँपालिका वडा नं. १ बस्ने बालकराम चमारले जिल्ला प्रशासन कार्यालय बाँकेमा जाहेरी दर्ता गरेका छन् ।

उक्त जाहेरीमा “उपरोक्त मुद्दामा श्री बाँके जिल्ला कटकुईया गा.वि.स. वडा नं. ३ ख कि.नं. ३४५ को जग्गामा सार्वजनिक÷सरकारी कुलो रहेको छ । उक्त कुलोको दुबै देउमा आप सिसौ जामुन लगायत विभिन्न जातका लागेका रुख मध्ये पुरानो लगभग २० फिट गोलाईको हरियो फलेको आंपको रुख थान–१ र करीब १० फिल गोलाईको सिसौ थान–१ र सोही ठाउँमा रहेको म निवेदकको कि.नं. ३३७ को जग्गामा लागेको सिसौं थान–१ गरी ३ थान रुखहरु नरैनापुर वडा नं. १ का वडा अध्यक्ष इशाक जोलाहले ०८१ चैत्र २३ गते काटी नरैनापुर–५ मा निज इशाक जोजाहले सञ्चालन गरेको इट्टा भट्टामा लगेकोले र सो रुखहरुका ठुटाहरुमा ०८२ बैशाख ९ गते राती ८ बजे समयमा निज वडा अध्यक्षले आगो लगाई प्रमाण समेत नष्ट गर्ने प्रयास गरेका ह्न ।” भनी उल्लेख गरिएको छ ।

अगाडी थप गर्दै “स्थानीय प्रशासन ऐन २०२८ तथा मुलुकी देवानी संहिता २०७४ को दफा ३०४ (२) मा सरकारी तथा सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने दायित्व सम्बन्धित जिल्ला स्तरीय प्रशासनिक कार्यालयको हुनेछ भनी भएको कानूनी प्रावधान अनुसार उक्त सार्वजनिक सरकारी कुलोको किनारमा लागेको आंपको रुख थान–१ र सिसौको रुख थान–१ को सम्बन्धमा नाप जाँच गराई निज वडा अध्यक्ष उपर कानून बमोजिम कारवाही गरी पाउँ । साथै सो कुलोमा लागेको अन्य रुख बिरुवाहरु समेत निजले कटान सक्ने सम्भावना भएकोले कुलोको किनार कि.नं. ६४५ मा रहेको रुख, बिरुवाको संरक्षण समेत गरी पाउँ ।” भनी जाहेरीमा उल्लेख गरेका छन् ।

उक्त जाहेरीमा थप गर्दै “म निवेदकको कि.नं. ३३७ जग्गामा लागेको सिसौ थान–१ म निवेदकको सहमति मंजुरी बिना काटी लागेकोले छानबिन गरी कारवाही गरी क्षतिपूर्ति समेत दिलाई पाउँ । उक्त सरकारी कुलोमा लागेको निज इशाक जोलाहले काटी सकेको रुखको सम्बन्धमा कहिं कतै उजुर बाजुर ग¥यो भने निज वडा अध्यक्ष इशाक जोलाहले म निवेदकलाई ज्यानले मारी दिने धम्की समेत दिएकाले म निवेदकको जिउ ज्यानको समेत सुरक्षा गरी पाउँ ।” भनी जाहेरी मार्फत सुरक्षाको मांग समेत गरेका छन् ।

सोही विषयलाई लिएर केही समय अगाडी सोही क्षेत्रका कानून व्यवसायी रामकुमार दीक्षितले सार्वजनिक सञ्जालमा स्टाटस लेख्दा समेत वडाअध्यक्षद्वारा धम्की दिईएको थियो ।

कानून व्यवसायी दीक्षितले– “नरैनापुर वडा नं. ०१ को सार्बजनिक जग्गामा रहेको तस्बीरमा देखिएको काटिएको अवस्थामा रहेको हरियो फलेको रूखलाई वडा नं. ०१ का बडाध्यक्ष इशाक जोलाहले काटी नरैनापुर–५ स्थित आफ्नै इट्टा भट्टामा पुर्याएको भनि केही ब्यक्तिबाट तस्बीर र गुनासो प्राप्त भएपछि मैले एउटा वाट्स एप ग्रुपमा गरेको पोष्ट एक जना गद्दारको कारणले लीक भइ इशाक जोलाहसम्म पुगेपछि इशाक जोलाहले आज सांझ ०४ बजेर ११ मिनेटमा फोन गरी फेसबुकमा किन हालेको ? भनि काटेर फाली दिने धम्की समेत दिए । मध्य युगीन बिचार र संस्कारबाट ग्रसित बडाध्यक्ष इशाक जोलाहलाई फेसबुक र वाट्स एपको बारेमा थाहा नहुन सक्छ तर काटेर फाली दिने धम्कीको बारेमा अवश्य नै थाहा होला । एउटा बडाध्यक्षको नाताले बडामा रहेका सार्बजनिक सम्पत्तिको संरक्षण गर्ने दायित्व उनकै हो तर उनकै बडामा उनकै घर कै अगाडीको हरियो फलेको रूख काटिनु र वडाध्यक्षले चासो नलिनुले उनले नै काटेको वा मिलोमतोमा काटिएको सार्बजनिक चर्चा हुनु स्वाभाविक बिषय हो । रूख काटिएको बिषयमा मैले यस अघि फेसबुकमा पोष्ट नगरेको भएपनि उनले काटी दिने धम्की दिएपछि कानून र संबिधान नमान्ने बडाध्यक्ष पनि नरैनापुरमा रहेछन भन्ने कुराको सार्बजनिक जानकारी गराउनु मेरो दायित्व भएकोले यो घट्ना सार्बजनिक गरेको ।” भनी आफ्नो सार्वजनिक सञ्जाल प्रयोग गर्दै स्टाटस लेखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *